कुनै समय नेपालमा औलो तथा मलेरिया एक महामारीको रोगको रुपमा व्याप्त थियो । अझ भनौ तराईतिर यो महामारी नियन्त्रण बाहिर थियो । त्यतिबेला हजारौं मान्छे औलोका कारण मृत्यु भए । समयसंँगै यसको डायोगोनिसस र उपचार पद्धतिलाई तीब्र पारेपछि अहिले यस्तो अवस्था छैन । यसको रोगको नियन्त्रण र निराकरणका लागि सरकारले गरेको प्रयासले औलो उन्मुलनतिर उन्मुख छ । पहिलेको तुलनामा यो रोग ७५ प्रतिशत कम भएको स्वास्थ्यकर्मीहरुको भनाई छ ।
सबै क्षेत्र, सरोकारवालाहरुले प्रभावकारी रुपमा काम गरेका छन ।यो रोगको कमी ७५ प्रतिशत कम भएको स्वास्थ्यकर्मीहरुको भनाई छ । एनोफिलिज नामको लामखुट्टेले मलेरिया भएको बिरामीलाई टोकेर अन्य समान्य व्यक्तिलाई टोक्दा यो रोग सर्ने गर्दछ । यो रोगको प्रमुख लक्षण ज्वरो आउने गर्दछ । नेपाल सरकारले सन् २०१४ देखि २०२५ भित्र शुन्यमा झार्ने लक्ष्य दिएपनि पूर्णरुपमा यो रोगलाई नियन्त्रण गर्न भने सकिएको छैन ।
औलोलाई नियन्त्रण र निराकरण गर्न सरकारको एकल प्रयासले मात्र सम्भव हुंँदैन । हामीले हाम्रो घरवरपर सरसफाई र पानी जम्ने ठाउंँ राख्न हुंँदैन । साथै जनचेतनाका कार्यक्रमलाई पनि तीब्र पार्नुपर्ने हुन्छ । लामखुट्टे बाट बच्नुनै यस रोगबाट बच्ने उक्तम उपाय हुन् । औलो एवं मलेरिया के कसरी सर्छ ? यसका लक्षणहरु र बच्ने उपायहरु के के हुन् ? सरकारले जिल्ला देखि तल्लोतहसंँगै यसको नियन्त्रणका लागि के कस्तो प्रयास गरिरहेको छ ? लगायतका बिषयमा केन्द्रित रहेर जनस्वास्थ्य कार्यालय मकवानपुरका ल्याब टेक्निसियन निरीक्षक काञ्जय कुमार चौधरीसंँग गरिएको कुराकानी । विस्तृत जानकारी तलको भिडियोमा उपलब्ध छ ।
