• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १४ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १५ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १७ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १७ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १८ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १८ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १९ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • २० घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • २० घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • १०. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

तुलसीपुरका विकट बस्तीमा स्वास्थ्य सेवा

  •  मङ्गलबार, फागुन २०, २०८१ मा प्रकाशित

तुलसीपुर (दाङ) । तुलसीपुर उपमहानगरपालिका–१ काफलठुटाका नागरिक उपचारका लागि चार घण्टा हिँडेर स्वास्थ्य चौकी पुग्नुपर्ने अवस्था थियो । सडक सञ्जाल पनि प्रभावकारी नभएकाले यहाँका नागरिक हिँडेरै स्वास्थ्य संस्था पुग्नुपर्ने अवस्था थियो ।

“वर्षात्मा सडक सञ्जाल झन हुने कुरै थिएन, अन्य समयमा पनि दैनिक एउटा गाडी चल्छ, त्यो पनि प्रभावकारी छैन”, काफलठुटाका चेतबहादुर केसीले भन्नुभयो, “हिँडेरै स्वास्थ्य संस्था जाँदा चार घण्टा हिँड्नुपर्ने अवस्था थियो ।”

आधारभूत स्वास्थ्य सेवा पाउन पनि निकै कठिन अवस्था व्यहोर्नु परेको तुलसीपुर–१ कै रानीटाकुरा निवासी तुलसी थापाले गुनासो गर्नुभयो । “ज्वरो आयो, चोट पटक लाग्यो भने पनि सामान्य उपचार पाउन चार घण्टा हिँड्नुपर्ने अवस्था थियो”, उहाँले भन्नुभयो “तर, अब यो अवस्था हटेको छ ।”

यस्तै समस्या रहेका तुलसीपुर–१ र ३ का विकट बस्तीलाई लक्षित गरी तुलसीपुर–१ को ठाँटीगाउँमा सामुदायिक स्वास्थ्य इकाइ सञ्चालनमा ल्याइएको छ । सोमबारदेखि यहाँ इकाइ सञ्चालनमा आएपछि विगत जस्तो चार घण्टा हिँड्नुपर्ने अवस्थाको अन्त्य भएको हो । हाल सञ्चालनमा आएको स्वास्थ्य इकाइमा पुग्न पनि केही बस्तीबाट दुई घण्टासम्म हिँड्नुपर्ने अवस्था भने रहेको तुलसीपुर–१ का वडाध्यक्ष हुमकान्त सापकोटाले बताउनुभयो ।

उहाँका अनुसार वडा नं १ का रानीटाकुरा, गैरासिरे, काफलठुटा, चुरेघाँटी, तुलसीपुर–३ को थापापानी, पन्ननपुर, कालामारेजस्ता ठाउँबाट अझै पनि दुई घण्टा लाग्ने अवस्था हेरेको भन्दै सडक सञ्जाल विस्तार आवश्यक रहेकामा उहाँले जोड दिनुभयो । “पहिले चार घण्टा लाग्ने ठाउँमा ठाँटीगाउँमा स्वास्थ्य इकाइ स्थापना गरेपछि अब दुई घण्टा लाग्छ”, उहाँले भन्नुभयो, “सडक सञ्जाल भएमा सहज हुन्थ्यो ।”

उक्त स्वास्थ्य इकाइमा एक अहेब, एक अनमी र एक जना कार्यालय सहयोगी कार्यरत छन् । स्थानीय दाता शेरबहादुर आलेले १० कठ्ठा जग्गा प्रदान गरेपछि सोही स्थानमा स्वास्थ्य इकाइ स्थापना गरिएको हो । जहाँ दुई सय ३० भन्दाबढी घरधुरीका एक हजार बढी नागरिक लाभान्वित भएका छन् ।

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले उक्त स्वास्थ्य इकाइलाई स्तरवृद्धि गर्नतर्फ ध्यान दिने बताउनुभयो । विकट क्षेत्रमा स्वास्थ्यको सहज पहुँच हुनुपर्ने भन्दै सोहीअनुरुप ठाँटीगाउँमा स्वास्थ्य इकाइ स्थापना गरिएको उहाँको भनाइ छ ।

“कहिल्यै हैजा, कहिल्यै कोभिडको महामारी हुन्छ”, उहाँले भन्नुभयो, “त्यस्तो अवस्थामा स्वास्थ्य चौकी नपुगी ज्यान गुमाउनुपर्ने अवस्था थियो, त्यो अवस्था अन्त्य गर्ने हाम्रो प्रयत्न हो ।” यो स्वास्थ्य इकाइ वडा नं १ को मात्र नभई वडा नं ३ का विकटका नागरिकलाई पनि सेवा प्रवाह गर्ने भन्दै आफूले स्वास्थ्य इकाइको आधा दायित्व पूरा गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । पवननगर स्वास्थ्य चौकी मातहत रहनेगरी उक्त स्वास्थ्य इकाइ सञ्चालन गरिएको हो । रासस

मङ्गलबार, फागुन २०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.