• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

‘पाठेघर मुखको क्यान्सर’ खोजी गर्न अभियान सञ्चालन

  •  बुधबार, चैत ०६, २०८१ मा प्रकाशित

भोजपुर । पौवादुङमा गाउँपालिकाले महिलामा हुने ‘पाठेघर मुखको क्यान्सर’ खोजी गर्न अभियान सञ्चालन गरेको छ । बढ्दो पाठेघरको मुखको क्यान्सर नियन्त्रण, रोकथाम तथा उपचार गर्न गाउँपालिकाले अभियान सञ्चालन गरेर बिरामीको खोजी थालेको हो ।

शिविरमार्फत गाउँपालिकाका सबै वडाका ३० देखि ४५ वर्ष उमेर समूहका करिब छ सय महिलाको पाठेघरको मुखको क्यान्सर जाँच गर्ने लक्ष्य रहेको पौवादुङमा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गेहेन्द्रप्रसाद उपाध्यायले जानकारी दिनुभयो । यही चैत ३ गतेदेखि १५ गतेसम्म अभियान नै सञ्चालन गरेर पाठेघरको मुखको क्यान्सरका बिरामीको खोजी भइरहेको उहाँले जानकारी दिनुभयो ।

“हामीले अभियान नै सञ्चालन गरेर पाठेघरको मुखको क्याक्सरको परीक्षण थालेका छौँ” शाखा प्रमुख उपाध्यायले भन्नुभयो, “यो अभियानअन्तर्गत सबै वडाका महिलाको स्वास्थ्य परीक्षण गर्ने लक्ष्य छ । परीक्षणका क्रममा रोग देखिएमा उनीहरूलाई उपचारका लागि बाहिरको अस्पतालमा पठाउने व्यवस्था मिलाएका छौँ ।”

यो अभियानअन्गर्तत वडा नं १ श्यामशिलामा एक सय ४४ महिलाको स्वास्थ्य परीक्षण सम्पन्न भएको उहाँले बताउनुभयो । परीक्षणका क्रममा तीन जनाको स्वास्थ्य अवस्था जटिल देखिएकाले थप परीक्षणका लागि अन्य अस्पताल पठाएको प्रमुख उपाध्यायले बताउनु्भयो । अभियानका क्रममा पाठेघरको मुखको क्यान्सरबाट बच्ने सकिने उपाय, रोकथाम तथा उपचार पद्धतिका विषयमा चेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको उहाँले बताउनुभयो ।

गाउँपालिकाले महिलामा हुने पाठेघर मुखको क्यान्सरको अवस्था विश्लेषण, खोजी, पहिचान तथा निःशुल्क उपचारको व्यवस्था गर्ने उद्देश्यले स्वास्थ्य परीक्षण गरिरहेको प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले बताउनुभयो । समयमा नै रोगको पहिचान गरेर उपचारसँगै यसबाट बच्नका लागि सचेत गराउन कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाइ छ ।

“पाठेघरको मुखको क्यान्सरका कारण धेरै महिलाको अकालमा नै ज्यान गइरहेको छ”, प्रशासकीय अधिकृत भट्टराईले भन्नुभयो, “यसको मुख्य कारणका रूपमा रोगीकोे समयमा खोजी तथा पहिचान नगरिनु पनि हो । हामीले शिविर नै सञ्चालन गरेर कसैमा यस्तो रोग छ कि भनेर खोजी थालेका हौँ । रोग देखिएमा त्यसको निःशुल्क उपचारको व्यवस्थासमेत मिलाएका छौँ ।”

किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप अभियान सञ्चालन सम्पन्न भएकाले ३० देखि ४५ वर्ष उमेर समूहका महिलालाई लक्षित गरेर स्वास्थ्य परीक्षण थालिएको गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो । छवटै वडामा शिविरमार्फत महिलाको स्वास्थ्य परीक्षण गरेर रोगको खोजी भइरहेको अध्यक्ष राईले जानकारी दिनुभयो । महिला, वालबालिका तथा ज्येष्ठ नागरिकलाई लक्षित गरेर स्वास्थ्य तथा पोषणको क्षेत्रमा गाउँपालिकाले प्राथमिकताका साथ कार्यक्रम सञ्चालन गरिरहेको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताउनुभयो । सुत्केरी तथा गर्भवतीलाई स्वास्थ्य तथा पोषणसँगै आयआर्जनमा जोडने खालका कार्यक्रममा गाउँपालिकाले जोड दिएको उहाँले बताउनुभयो । रासस

बुधबार, चैत ०६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.