काठमाडौँ । वरिष्ठ बालरोग बिशेषज्ञ डा. नवराज केसी स्वास्थ्य दर्पण हेल्थ अवार्ड २०८१ बाट सम्मानित हुनु भएको छ ।
स्वास्थ्य शिक्षा र सेवाको क्षेत्रमा जिम्मेवार तवरले वरिष्ठ बालरोग विशेषज्ञका रुपमा पुरयाउनु भएको योगदानको कदर गर्दै उहांँलाई राष्ट्रिय हेल्थ अवार्डबाट सम्मानित गरिएको हो ।
काठमाडौंको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा स्वास्थ्य दर्पण मीडिया नेटवर्कको नवौं बार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा पूर्व राष्ट्रपति डा. रामवरण यादवले डा.केसीलाई उक्त अवार्ड प्रदान गर्नु भएको थियो ।
अवार्ड कार्यक्रममा स्वास्थ्य क्षेत्रमा योगदान दिनुहुने नेपालका ७ प्रदेशमा कार्यरत चिकित्सक ,स्वास्थ्यकर्मी ,स्वास्थ्य संस्था , पत्रकार सहित अमेरिका र युरोपमा कार्यरत चिकित्सकसहित २४ जनालाई सम्मानित गरिएको थियो ।
स्वास्थ्य दर्पण मीडियाले हरेक बर्ष स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउनु हुने, चिकित्सक, प्राध्यापक, स्वास्थ्यकर्मी, तथा पत्रकारलाई सम्मानित गर्दै आएको छ ।
