• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ५ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ५ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ७ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • ८ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • ८ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • ८ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १० घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १० घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १० घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

स्पाइनल इन्जरी कम गर्न सरकार र समाज दुबै लाग्नुपर्ने

  •  मङ्गलबार, बैशाख ०६, २०७९ मा प्रकाशित

सुरुआतीका दिनमा आठजनाबाट सुरु गरिएको स्पाइनल इन्जुरी पुनस्र्थापना केन्द्रले आजदेखि २० वसन्त पार गरेको छ । स्पाइनल इन्जरी भएका बिरामीको सेवामा समर्पित काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित सो केन्द्रले सोमबार विविध कार्यक्रम गरी २०औँ वार्षिकोत्सव मनाएको हो । स्पाइनल इन्जरी सङ्घ नेपालका अध्यक्ष कनकमणि दीक्षितले सो अवसरमा बिरामीहरुसँग खुसी साट्दै स्पाइनल इन्जरी हुने अवस्थालाई रोक्न जनचेतनामूलक सन्देश प्रवाह गर्न र आगामी दिनमा त्यस्तो घटना हुन नदिन सरकार र समाज मिलेर काम गर्न सके आजीवन अशक्त भएर बस्नुपर्ने अवस्थाबाट मुक्त हुन सकिने बताउनुभयो । दुघर्टना भएपछि बिरामीको अवस्था ख्याल नगरी जस्तो अवस्थामा छ सोही स्थितिमा एम्बुलेन्स वा अन्य ढुवानी सेवामा उठाएर अस्पतालसम्म लैजाादा स्पाइनल इन्जरीमा थप चोट लाग्ने स्म्भावना धेरै देखिएकाले पालिकास्तरसम्म दक्ष जनशक्ति उत्पादन गर्न सके भोलिका दिन थप जोखिमीबाट बचाउन सकिनेमा उहाँले जोड दिनुभयो । स्पाइनल इन्जुरी भएका नागरिकलाई सेवा दिने सम्बन्धमा सरकारदेखि पालिकासम्मका निकायले कटिबद्धता जनाए पनि आवश्यक सहयोगमा चासो नदिएको अध्यक्ष दीक्षितले गुनासो गर्नुभयो । वरिष्ठ कलाकार हरिवंश आचार्यले सामाजिक सचेतना बढाउने खालका धेरै सन्देशमूलक कुरा रेकर्ड गरिए पनि प्रसारण गर्ने संस्थाले उचित स्थान दिएर बजाउने काम नगरेकाले त्यसको महत्व नभएको बताउनुभयो । “हामीले जति खर्च गरेर त्यस्ता सन्देश बनाउँछौँ, त्योभन्दा बढी बजाउनलाई महँगो पर्छ ।” उहाँले भन्नुभयो, “त्यसरी बनाइएका सन्देशलाई थन्क्याएर राख्ने मात्रै नगरी राष्ट्रिय सञ्चार माध्यमहरुले प्रसारण गर्न ध्यान दिन आवश्यक छ ।” दिनको ५÷१० मिनेट त्यस्ता सचेतनामूलक सन्देशहरुलाई बजाइदिने वा देखाइदिने गरेमा पनि दुर्घटना कम हुनसक्ने कलाकार आचार्यको भनाइ थियो । अर्का वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले यस्ता व्यक्तिले आत्मबलले जित्न सक्नुपर्ने र त्योसँगै हातमा पनि बल हुनु आवश्यक रहेको बताउनुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोख्रेलले यस केन्द्रका लागि आवश्यक सहयोग उपलब्ध गराइने बताउँदै आगामी बजेटमा सातवटै प्रदेशमा पुनस्र्थापना केन्द्र स्थापना गर्न प्राथमिकतामा राखिएकोे जानकारी दिनुभयो । यस केन्द्रबाट अहिलेसम्म तीन हजार तीन सयभन्दा बढीले सेवा लिइसकेका र अहिले केन्द्रमा ६५ जनाले उपचार गराइरहेको जनाइएको छ । पच्चिस शय्याबाट सेवा प्रारम्भ गरिएकामा अहिले ५१ शय्यासम्म पु¥याइएको र अब एक सय शय्यासम्म पु¥याउने तयारीमा रहेको केन्द्रले जनाएको छ ।

मङ्गलबार, बैशाख ०६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.