• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

नगर अस्पतालद्वारा विशेषज्ञ उपचार सेवा

  •  शुक्रबार, चैत २२, २०८१ मा प्रकाशित

झापा । यहाँका नगर अस्पतालमा उपचारका लागि आउने बिरामीको चाप बढेको छ । स्वास्थ्य बीमाको प्रथम बिन्दुको रूपमा सेवा दिँदै आएका नगर अस्पतालले पछिल्लो समय सेवाको गुणस्तरसमेत बढाएका छन् ।

विर्तामोड, मेचीनगर, अर्जुनधारा, कनकाईलगायतका नगरपालिकाले आफ्नै नगर अस्पताल सञ्चालन गरिरहेका छन् । झापाका गाउँपालिकामा आधारभूत अस्पताल छन् ।

धुलाबारी स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्दै सञ्चालनमा आएको मेचीनगर नगर अस्पतालमा सात महिना यता ६२ हजार ८७७ जनाले उपचार सेवा लिएको नगरकी स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले बताउनुभयो ।

“ विशेषज्ञ उपचार सेवा प्रदान गर्न थालेपछि उपचारका लागि आउने नगरबासीको सङ्ख्या बढेको छ,” उहाँले भन्नुभयो, “हरेक नागरिकको स्वास्थ्य सुविधामा पहुँच पुग्नुपर्छ भनेर हामीले सेवालाई विस्तार गरिरहेका छौँ । त्यहीअनुसार नगरबासीेले विश्वास गर्न थाल्नुभएको छ ।”

मेचीनगर–१० धुलाबारीमा रहेको मेचीनगर अस्पतालमा स्त्रीरोग तथा प्रसुति, बालरोग तथा नाक, कान र घाँटी, जनरल फिजिसियनलगायतको उपचार सेवा उपलब्ध रहेको उहाँले जानकारी दिनुभयो । सरकारी अस्पताल जाने अधिकांश नगरबासी स्वास्थ्य बीमामार्फत उपचार लिने गर्छन् ।

बिरामीको चाप बढेकाले वैशाखदेखि १५ शय्या राखेर २४ घण्टा सबै सेवा उपलब्ध हुनेगरी नवनिर्मित भवनबाट उपचार सेवा सञ्चालन गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले बताउनुभयो । अस्पतालमा बीमामार्फत सबै किसिमका औषधि पाइने भएकाले सर्वसाधारणमा नगरको अस्पतालप्रति विश्वास बढेको उहाँको भनाइ छ ।

अस्पतालले ओपीडी, इसीजी, युएसजी, बीमा, फार्मेसी, ल्याबलगायतका सेवा दिँदै आएको छ । भदौ ४ गते सुरु भएको नगर अस्पतालबाट फागुन मसान्तसम्ममा १९ हजार ५०५ जनाले ल्याव सेवा, दुई हजार २३४ जनाले युएसजी, ८४८ जनाले ईसीजी र २७५ जना बिरामीले इमरजेन्सी सेवा लिएको पाइएको छ ।

नगरपालिकाले चार जना एमबीबीएस डाक्टरबाट उपचार सेवा प्रदान गर्दै आएको जनाउँदै प्रमुख प्रशासकीय अधिकृत अधिकारीले चैतदेखि थप अल्ट्रासाउन्ड सेवा दिन थालेको बताउनुभयो ।

यसैगरी, विर्तामोड नगर अस्पतालले दैनिक चार सयसम्म बिरामीलाई विभिन्न उपचार सेवा उपलब्ध गराउँदै आएको छ । ठूलाठूला निजी अस्पतालले भरिएको विर्तामोडमा विश्वसनीय उपचार सेवाकै कारण सरकारी अस्पतालमा सेवा लिन आउने बढिरहेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा सुनिल अधिकारीले बताउनुभयो ।

उहाँले अस्पतालमा इमर्जेन्सी र प्रसुति सेवासमेत रहेको छ । अस्पतालमा इमर्जेन्सी सेवा लिँदा स्वास्थ्य विमा बाहेकका सेवाग्राहीले रु १०० को टिकट काट्नु पर्ने व्यवस्था छ ।

अस्पतालमा २४ घण्टा नर्मल डेलिभरी सेवा उपलब्ध रहेको जनाउँदै मेसु डा अधिकारीले स्त्री तथा प्रसुति रोग विशेषज्ञ, नवजात शिशु तथा बालरोग विशेषज्ञ, मनोरोग विशेषज्ञ, हाडजोर्नी तथा नसा रोग विशेषज्ञ र फिजिसियन डाक्टरको ओपीडी सेवा दैनिक उपलव्ध रहेको बताउनुभयो । स्वास्थ्य विमा सेवा, भिडियो एक्स रे, नर्मल एक्स रेलगायत सर्जरी र आधुनिक ल्याबसमेतको सेवा रहेको उहाँले जानकारी दिनुभयो ।

विर्तामोडको १५ शय्याको नगर अस्पताललाई स्तरोन्नति गर्दै नयाँ भवनमा सञ्चालन गर्ने तयारी भइरहेको छ । निर्माणको अन्तिम चरणमा पुगिसकेको नयाँ भवन रु १५ करोड ३४ हजार ३३६ मा निर्माण भइरहेको छ । नयाँ भवनमा २५ शय्या सञ्चालन गरिने नगरप्रमुख पवित्रा महतरा प्रसाईले बताउनुभयो ।

“आर्थिक अभाव भएका नागरिकले निजी अस्पतालमा उपचार गराउन सक्दैनन्,” नगरप्रमुख प्रसाई भन्नुहुन्छ, “हामीले विपन्न र असहायलाई उपचारबाट कहिल्यै बञ्चित गरेका छैनौँ । विशेषज्ञ र गुणस्तरीय सेवा पाएपछि नगरबासी नगर अस्प्तालमै उपचारका लागि आउन थाल्नुभएको छ ।”

कनकाई र अर्जुनधारामा पनि नगर अस्पताल सञ्चालनमा रहेका छन् । स्वास्थ्य बीमाको प्रथम विन्दु तोकिएका कारण नागरिक सरकारी नगर अस्पतालको उपचार सेवाप्रति आकर्षित भएका छन् । रासस

शुक्रबार, चैत २२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.