प्रायःजसो महिलाहरुमा योनीबाट फोहोर पानी बग्ने समस्या हुन्छ । कतिपय महिलाहरुले लाज मानेर परीक्षणको लागि चिकित्सकसंग जान मान्दैनन । फोहर पानीमा बग्नुमा योनीमा व्याक्टेरिया,फंगसका कारण पनि संक्रमण बढ्दै गएर भित्री अंगमा समेत असर पार्न सक्छ ।
योनीबाट फोहोर पानी बग्ने विभिन्न कारणहरुले हुन्छन । बिशेषगरी योनांग नियमित सफाई नगर्नु, एकभन्दा बढी व्यक्तिसंँग सम्बन्ध राख्नु , मुख्य कारण रहेको चिकित्सकहरु बताउंछन ।कतिपय संक्रमण बाह्य रुपमा केही मात्रामा देखिएपनि यसको सही समयमा उपचार गरिएन भने यसले डिम्ब बाहिनी नली हुंदै पाठेघरसम्म पनि हानी पुर्याउंँदछ जसले गर्दा क्यान्सर तथा निःसन्तानको पनि उच्च जोखिम हुन्छ । पाठेघरको क्यान्सर भएका महिलाहरुमा पनि योनीबाट फोहर पानी बग्ने गर्दछ ।
किशोरी महिलामा भन्दा पनि यो समस्या बिशेषगरी परिपक्व महिलाहरुमा देखिने गरेको चिकित्सकको भनाई छ ।
पछिल्लो समय ८० प्रतिशत सम्म महिलाहरु यो समस्या लिएर अस्पताल आउने गरेको बताउंँनुहुन्छ कोशिस अस्पताल भरतपुरका वरिष्ठ स्त्री तथा क्यान्सर बिशेषज्ञ डा. सरिता राना गुरुङ्ग । यस्तो समस्या के कारणले हुन्छ ? यस्तो बच्न तथा उपचारको लागि के के गर्नुपर्छ ? भन्ने लगायतका बिषयमा केन्द्रित रहेर उहांँसंँग गरिएको कुराकानीको अंश । विस्तृत जानकारी तलको भिडियो लिंकमा उपलब्ध छ ।
