• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १३ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १३ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १३ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • १०. आँखा अस्पतालमा बिरामी बढे

निर्माण क्षेत्रका श्रमिकको निःशुल्क स्वास्थ्य परीक्षण

  •  शुक्रबार, चैत २९, २०८१ मा प्रकाशित

तानसेन (पाल्पा) । जिल्लामा निर्माण क्षेत्रमा काम गर्ने श्रमिकको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । भवन तथा बाटो निर्माणकर्मी सङ्घ पाल्पाले निर्माण क्षेत्रमा कार्यरत ५५० श्रमिकको शिविरमार्फत स्वास्थ्य परीक्षण गरेको हो ।

निःशुल्क रुपमा स्वास्थ्य परीक्षण गराउन पाउँदा श्रमिक उत्साहित भएका थिए । स्वास्थ्य उपचार गराउन आउनुभएका रामबहादुर गहाले भन्नुभयो, “कामको व्यस्तता र पैसा नहुँदा स्वास्थ्य जाँच गर्न अस्पताल जान नसकेका बेला निर्माणकर्मी सङ्घले शिविरमार्फत स्वास्थ्य जाँच गर्ने अवसर दिएकामा खुसी लागेको छ ।” आफ्नो स्वास्थ्यप्रति हामी आफैँले लापरबाही गर्दै आएका रहेछौैँ भन्ने महसुस भएको उहाँको भनाइ छ ।

उहाँले श्रमिकहरूको स्वास्थ्य उपचार राज्यले निःशुल्क गर्ने व्यवस्था गर्न सके हामी जस्ताले अकालमा ज्यान गुमाउने अवस्थाको अन्त्य हुनेसमेत बताउनुभयो । उहाँ जस्तै धेरै श्रमिक स्वास्थ्य परीक्षण गराउन पाउँदा खुसी देखिन्थे । दैनिक श्रममा व्यस्त हुँदा श्रमिकहरुलाई आफ्नो स्वास्थ्य अवस्थाबारे खासै जानकारी नहुने र स्वास्थ्य अवस्था जटिल भइसकेपछि मात्र अस्पताल पुग्ने अवस्थाको सिर्जना नहोस् भन्ने उद्देश्यले शिविरमार्फत निःशुल्क स्वास्थ्य परीक्षण गरिएको सङ्घका अध्यक्ष सुरेश कर्माचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “अधिकांश श्रमिक चेतनाको अभावका कारण रोग पालेर बस्ने गरेका छन्, जब जटिल अवस्था सिर्जना हुन्छ तब मात्र उनीहरु अस्पताल दौडिन्छन्, जसले गर्दा उनीहरु जोखिममा छन् भन्ने लागेर चेतनासँगै स्वास्थ्य परीक्षणको अभियान चलाएका हौँ ।” अध्यक्ष कर्माचार्यले निर्माण क्षेत्रमा काम गर्ने धेरै जसो श्रमिकमा कुनै न कुनै समस्या रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “अधिकांश श्रमिकमा आफूलाई उच्च रक्तचाप, मधुमेह भएको समेत थाहा छैन, तर जाँच गर्दा उक्त समस्या देखिने गरेको छ, यस्तो अवस्थाको अन्त्य गर्न हामीले सचेतनासँगै स्वास्थ्य परीक्षण गरिदिएका हौँ ।” निर्माण क्षेत्रमा काम गर्ने सबै श्रमिकको घर ठाउँमै पुगेर स्वास्थ्य जाँच, औषधि वितरणसँगै आवश्यक परामर्श दिने गरेको अध्यक्ष कर्माचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “अब ६÷६ महिनामा स्वास्थ्य परीक्षण गरिने र अहिले परीक्षण गराई औषधि सेवन गर्नेको बेला–बेलामा ‘फलोअफ’ गर्छौं ।”

स्वास्थ्यकर्मीसहितको टोलीले ठाउँ–ठाउँमा पुगेर स्वास्थ्य जाँच गरेका हुन् । उनीहरुले स्वास्थ्य जाँचपछि आवश्यक औषधि र परामर्शसमेत दिएका छन् । जाँच गर्दा अधिकांश श्रमिकमा नसर्ने रोग बढी देखिएको युनाइटेड मिसन अस्पतालका डाइबेटिज काउन्सिलर दीपक बिसीले बताउनुभयो । उहाँका अनुसार परीक्षण गरेकामध्ये ५० प्रतिशतमा उच्च रक्तचाप र ३० प्रतिशतमा मधुमेह देखिएको छ ।

अन्य श्रमिकहरुमा ढाड दुख्ने, गोडा दुख्ने, कम्मर दुख्ने, छालासम्बन्धी समस्या देखिएको काउन्सिलर बिसीले बताउनुभयो । अधिकांश श्रमिकले अल्कोहल बढी सेवन गर्नेमा उच्च रक्तचाप र मधुमेहको समस्या बढी देखिएको उहाँको भनाइ छ । बिसीले भन्नुभयो, “हामीले जाँच गरेर आवश्यक औषधि दिने गरेका छौँ, त्यति मात्र होइन उहाँहरुलाई अल्कोहल नखान र खाएमा हुनसक्ने जोखिमका बारेमा परामर्श दिने गरेका छौँ ।”

सङ्घमा आबद्ध भएका सबै श्रमिकको घर, टोल र कार्यस्थलमै पुगेर स्वास्थ्य परीक्षण गरिएको सङ्घका उपाध्यक्ष नीलकण्ठ देवकोटाले बताउनुभयो । साँझ बिहानको जोहो गर्न मुस्किल पर्ने श्रमिकलाई निःशुल्क स्वास्थ्य शिविरले ठूलो राहत मिल्ने सङ्घका सचिव हुमराज बस्यालले विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “धेरैलाई आफूलाई मधुमेह, उच्च रक्तचाप छ भन्नेसम्म हेक्का रहेन छ, जाँच गरेपछि मात्र उहाँले आफूहरुमा समस्या रहेको थाहा पाउनुभयो, यसले कम्तीमा पनि जोखिमबाट बच्न सतर्क बनाउनुभयो ।” रासस

शुक्रबार, चैत २९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.