सामान्यतया हाम्रा बाहिरी तथा भित्री अंगहरुको आ आफ्नै काम र भुमिका हुन्छ । तर ती मध्ये पनि भित्री अंगहरुको भूमिका र महत्व धेरै हुन्छ । मुटु, कलेजो ,फोक्सो , मृगौला लगायतका अंगहरु बिशेष महत्वपुर्ण अंग मानिन्छन । यी अंगहरु विना मानिसको जीवन कल्पना गर्न सकिदैन पनि । तर यी अंगहरुमा विभिन्न कारणहरुले रोग तथा समस्या आइपरेका हुन्छन । त्यस्तै मध्ये कलेजोमा खराब बोसो जम्नुपनि हिजोआज नेपालीहरुको प्रमुख समस्या भएको छ ।
खासगरी अत्यधिक रक्सी सेवन, बोसोयुक्क्त खाना, सफ्ट ड्रिंक्स लगायतका प्रशोधन गरेका खाद्यबस्तुले कलेजोलाई हानी पुर्याईरहेको हुन्छ । त्यसमध्येपनि रक्सीले कलेजोमा एकातिर खराब बोसो जम्मा गरिदिन्छ भने अर्कोतिर रक्सीले कलेजो ड्यामेज पनि गरिरहेको चिकित्सकहरु बताउंँछन । नेपालीहरुमा अस्वस्थकर खानपान , तेलीय तथा बोसोयुक्त खाद्यवस्तु र शारिरीक व्यायाम नगर्दा कलेजोमा बोसो जम्ने गरेको चिकित्सकहरुको भनाई छ । कलेजोको हेरचाह राम्रोसंँग नभए मानिसको ज्याननै जाने जोखिम हुन्छ । अन्य अंगहरुभन्दा कलेजोको काम धेरै हुने गर्दछ । पाचनप्रणालीमा सहयोग, पोषक तत्वहरुको भण्डारण, बिषाक्त पदार्थ हटाउने, कोलेष्ट्रोल र हर्मोनको सन्तुलन , प्रतिरक्षा प्रणालीमा सहयोग पुर्याउने लगायतका धेरै कामहरु कलेजोको हुन्छ ।
कलेजोमा खराब बोसो किन जम्छ, कसरी जम्छ ? खराब बोसो जम्मा भए के के जोखिम हुन्छ ? यसबाट जोगिने उपायहरु के के छन भन्ने बिषयमा केन्द्रित रहेर मनकामना अस्पतालका वरिष्ठ फिजिसियन डा. सन्दीप पाण्डेसंँग गरिएको कुराकानीको अंश । विस्तृत जानकारी तलको भिडियोमा उपलब्ध छ ।
