रौतहट । गौर प्रादेशिक अस्पतालमा पछिल्लो समय पूर्वाधारसंँगै र बिरामीको चाप बढ्दै गएको छ । हाल अस्पतालमा सेवा सुविधा थपिएसंँगै त्यहांँका स्थानीयहरुले विशेष परिस्थिति बाहेक अन्य जिल्ला धाउनु परेको छैन । अस्पतालमा दक्ष जनशक्ति, प्रविधि, र भौतिक पूर्वाधार संँगै यो अस्पतालले कांँचुली फेर्न सफल भएको छ । तुलनात्मक स्वास्थ्य सचेतनाको पहुंँच कम रहेको यो जिल्लामा अस्पतालको सेवा सुधार भएसंँगै बिरामी तथा सेवाग्राही चेकजांँच गर्ने क्रम बढेको छ ।
रौतहटको सदरमुकाम गौर स्थित प्रादेशिक अस्पतालको रुपमा परिचित यो अस्पताल मधेस प्रदेशकै उत्कृष्ट अस्पताल बन्न सफल भएको छ । भौतिक , प्राविधिक तथा अन्य सेवा सहितको सुधार एवं सेवाको बारेमा केन्द्रित रहेर अस्पतालको विगत बर्तमान तथा भविष्यको योजनाको बिषयमा अस्पतालका वरिष्ठ फेमिलि फिजिसियन डा. गोपाल कुमार गुप्तासंँग गरिएको कुराकानी । थप जानकारी तलको भिडियोमा उपलब्ध छ ।
