• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

ख्वप: अस्पताल सय शय्याकाे बन्दै

  •  बिहिबार, बैशाख ०८, २०७९ मा प्रकाशित

न्युज कारखाना
भक्तपुर, ७ वैशाख

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप: अस्पताल अब सय शय्या क्षमतामा स्तरोन्नति हुने भएको छ । त्यसका लागि प्रारम्भिक वातावरणीय परीक्षणअन्तर्गत सार्वजनिक सुुनुवाइ भएकाे छ ।

कार्यक्रममा सहभागीहरूले ख्वप: अस्पताललाई यथासिघ्र सय शय्या क्षमता विस्तार गर्नु पर्ने बताएका छन् । उनीहरूले ख्वप: अस्पताललाई स्वास्थ्य सेवाको हिसाबले देशकै नमूना बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरवासीको भावनाअनुसार ख्वप: अस्पतालले कम शुल्कमा उपचार सेवा प्रदान गर्दै आएको छ । उनले सबै नागरिकलाई स्वस्थ बनाई उत्पादनमूलक क्रियाकलापमा सक्रिय बनाउन नगरपालिका लागि परेको बताए ।

उनले सरकारको विभेदकारी नीतिका कारण नगरपालिकाद्वारा संचालित ख्वप बहु-प्राविधिक अध्ययन संस्थानमा यो वर्ष नर्सिग संकायमा प्रवीणता प्रमाणपत्र तह स्टाफ नर्समा भर्ना लिन नपाएको चर्चा गर्दै सय शय्याको आफ्नै अस्पताल संचालनसँगै नर्सिङमा भर्ना लिन सकिने बताए । ख्वप: अस्पताललाई देशकै उत्कृष्ट अस्पताल बनाउन निरन्तर लागि रहने र यस कार्यमा सबै सरोकारवालाबाट सहयोग मिल्ने विश्वास उनले व्यक्त गरे ।

भक्तपुर नगरपालिका-९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले ख्वप: अस्पताल भवन निर्माणको प्रगतिबारे जानकारी दिँदै कार्यक्रमको उद्देश्यमाथि चर्चा गरे । जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले कोभिड महामारीको समयमा ख्वप: अस्पतालकोतर्फबाट खेलेको भूमिकाको प्रशंसा गर्दै नेपाल सरकार र बागमति प्रदेश सरकारले अस्पताल संचालनसम्बन्धी तय गरेको मापदण्डको पूर्ण पालना गरी ख्वप: अस्पताल संचालन हुने विश्वास व्यक्त गरे ।

परामर्शदाताको तर्फबाट वातावरणविद् हरिशप्रसाद भट्टले अस्पताल संचालन गर्नु संवेदनशील विषय भएकोले सरोकारवाला सबै पक्षसँग सरसल्लाह गरेर यथार्थपरक प्रतिवेदन तयार गर्ने र सबैका लागि सुरक्षित बनाउन सुझाव पेश गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा बागीश्वरी कलेजका ज्ञानसागर प्रजापति, बागीश्वरी माविका कृष्णप्रसाद धन्छा, ईन्जिनियरिङका विष्णुकुमार प्रजापति, महिला स्वास्थ्य स्वयंसेविका तारादेवी धन्छा, अस्पताल व्यवस्थापक अनु ह्योंमिखा, वातावरणविद् कमलराज गोसाइँलगायतले ख्वप: अस्पताल निर्माण र संचालनको क्रममा आउनसक्ने नकारात्मक वातावरणीय प्रभावको विषयमा चर्चा गर्दै न्यूनिकरण कार्यमा यथासम्भव सबैले ख्वप: अस्पताललाई स्तरीय र सुविधासम्पन्न बनाउन लिखित सुझाव पेश गरे ।
Avatar

बिहिबार, बैशाख ०८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.