• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

क्यान्सर औषधि आयातमा अनियमितता, लिबियामा मन्त्रीसहित पाँच जना पक्राउ

  •  बुधबार, बैशाख २४, २०८२ मा प्रकाशित

त्रिपोली । लिबियाका स्वास्थ्य मन्त्री रमदान बुजेनाह र चारजना वरिष्ठ अधिकारीहरूलाई इराकबाट क्यान्सर उपचारका औषधि आयातका क्रममा अनियमितता भएको आशङ्कामा पक्राउ गरिएको छ । त्रिपोलीस्थित राष्ट्रिय एकता सरकार (जीएनयु) अन्तर्गतका यी अधिकारीहरूलाई कानूनी, आर्थिक र प्राविधिक प्रक्रियाहरूको पालना नगरी औषधि आयात गरेको अभियोग लागेको हो ।

लिबियाको महान्यायाधिवक्ताको कार्यालयले जनाएअनुसार, औषधि खरिदका लागि आवश्यक सरकारी प्रक्रिया नअपनाई सार्वजनिक ठेक्कासम्बन्धी नियम उल्लङ्घन गरिएको छ । प्रारम्भिक अनुसन्धानपछि प्रधानमन्त्री अब्दुलहामिद डेबाइबहको कार्यालयले केही समयअघि मन्त्री बुजेनाहसहित चार अधिकारीलाई निलम्बन गर्नुभएको थियो । हाल मन्त्रालयका पूर्व उपसचिव मोहम्मद अल–घोज कार्यवाहक स्वास्थ्य मन्त्रीका रूपमा नियुक्त हुनुभएको छ ।

क्यान्सर उपचारका लागि राज्य अनुदानित औषधिको पहुँच सीमित रहँदा र निजी उपचार महँगो हुँदा यो भ्रष्टाचारसम्बन्धी घटना प्रति जनतामा गम्भीर चिन्ता देखिएको छ । सार्वजनिक अस्पताल र विशेषज्ञ केन्द्रहरू प्रायः विदेशी कम्पनीहरूबाट आयातित औषधिमा निर्भर छन् ।

बुजेनाह सन् २०२२ को जनवरीमा मन्त्री नियुक्त हुनुभएका थिए, जब उहाँका पूर्ववर्ती अली जेनेटीलाई पनि यस्तै अनियमितता प्रकरणमा बर्खास्त गरिएको थियो । डेबाइबहको नेतृत्वमा यो चौथो पटक मन्त्रीहरू भ्रष्टाचार प्रकरणमा तानिएका हुन् । यसअघि शिक्षा मन्त्रीलाई पाठ्यपुस्तक अभावसम्बन्धी घोटालामा तीन वर्षको जेल सजाय सुनाइएको थियो भने २०२१ मा संस्कृति मन्त्रीसमेत भ्रष्टाचार आरोपमा निलम्बनमा परेका थिए ।

सरकारले सार्वजनिक स्रोतमा पारदर्शिता र जवाफदेहिताका लागि प्रतिबद्धता जनाउँदै यस्ता घटनाहरूको निष्पक्ष छानबिन जारी राख्ने बताएको छ । रासस

बुधबार, बैशाख २४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.