• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १० घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १० घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १० घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. आँखा अस्पतालमा बिरामी बढे

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

क्यान्सर औषधि आयातमा अनियमितता, लिबियामा मन्त्रीसहित पाँच जना पक्राउ

  •  बुधबार, बैशाख २४, २०८२ मा प्रकाशित

त्रिपोली । लिबियाका स्वास्थ्य मन्त्री रमदान बुजेनाह र चारजना वरिष्ठ अधिकारीहरूलाई इराकबाट क्यान्सर उपचारका औषधि आयातका क्रममा अनियमितता भएको आशङ्कामा पक्राउ गरिएको छ । त्रिपोलीस्थित राष्ट्रिय एकता सरकार (जीएनयु) अन्तर्गतका यी अधिकारीहरूलाई कानूनी, आर्थिक र प्राविधिक प्रक्रियाहरूको पालना नगरी औषधि आयात गरेको अभियोग लागेको हो ।

लिबियाको महान्यायाधिवक्ताको कार्यालयले जनाएअनुसार, औषधि खरिदका लागि आवश्यक सरकारी प्रक्रिया नअपनाई सार्वजनिक ठेक्कासम्बन्धी नियम उल्लङ्घन गरिएको छ । प्रारम्भिक अनुसन्धानपछि प्रधानमन्त्री अब्दुलहामिद डेबाइबहको कार्यालयले केही समयअघि मन्त्री बुजेनाहसहित चार अधिकारीलाई निलम्बन गर्नुभएको थियो । हाल मन्त्रालयका पूर्व उपसचिव मोहम्मद अल–घोज कार्यवाहक स्वास्थ्य मन्त्रीका रूपमा नियुक्त हुनुभएको छ ।

क्यान्सर उपचारका लागि राज्य अनुदानित औषधिको पहुँच सीमित रहँदा र निजी उपचार महँगो हुँदा यो भ्रष्टाचारसम्बन्धी घटना प्रति जनतामा गम्भीर चिन्ता देखिएको छ । सार्वजनिक अस्पताल र विशेषज्ञ केन्द्रहरू प्रायः विदेशी कम्पनीहरूबाट आयातित औषधिमा निर्भर छन् ।

बुजेनाह सन् २०२२ को जनवरीमा मन्त्री नियुक्त हुनुभएका थिए, जब उहाँका पूर्ववर्ती अली जेनेटीलाई पनि यस्तै अनियमितता प्रकरणमा बर्खास्त गरिएको थियो । डेबाइबहको नेतृत्वमा यो चौथो पटक मन्त्रीहरू भ्रष्टाचार प्रकरणमा तानिएका हुन् । यसअघि शिक्षा मन्त्रीलाई पाठ्यपुस्तक अभावसम्बन्धी घोटालामा तीन वर्षको जेल सजाय सुनाइएको थियो भने २०२१ मा संस्कृति मन्त्रीसमेत भ्रष्टाचार आरोपमा निलम्बनमा परेका थिए ।

सरकारले सार्वजनिक स्रोतमा पारदर्शिता र जवाफदेहिताका लागि प्रतिबद्धता जनाउँदै यस्ता घटनाहरूको निष्पक्ष छानबिन जारी राख्ने बताएको छ । रासस

बुधबार, बैशाख २४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.