• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

सन्धिखर्कमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न

  •  आइतबार, जेठ ०४, २०८२ मा प्रकाशित

अर्घाखाँची । जिल्लाको सन्धिखर्क नगरपालिकाका दुई स्थानमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएका छन् । दुई स्थानका शिविरबाट चार सय जनाले स्वास्थ्य परीक्षण गरेका हुन् । गाउँघरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएकामा स्थानीयले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

सन्धिखर्क नगरपालिका, डिभर्ना आयुर्वेद औषधालय अर्घाखाँचीको आयोजनामा सन्धिखर्क–४ र ५ लाई लक्षित गरेर बाङ्लामा र सन्धिखर्क–११ को डिभर्नामा एकदिने निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको डिभर्ना आयुर्वेद औषधालयका प्रमुख तिलकजङ्ग जनैदारले बताउनुभयो ।

शिविरमा हाडजोर्नी दुख्ने, बाथ रोग भएका, स्त्रीरोगसँगै सामान्य पेटसम्बन्धी समस्या भएका सेवाग्राहीको स्वास्थ्य परीक्षण गरिएको थियो । शिविरमा स्वास्थ्य परीक्षणसँगै परामर्श, सुगर, प्रेसर जाँच गर्नुका साथै निःशुल्क रूपमा औषधि वितरण गरिएको थियोे । शिविरमा आयुर्वेद चिकित्सक डा महेश भुसाल र औषधालयका प्रमुख जनैदारले सेवा दिनुभएको थियो ।

बाङ्गलामा भएको कार्यक्रममा सन्धिखर्क–४ का वडाध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, वडा नं ५ का वडाध्यक्ष ऋषभ अधिकारी, सन्धिखर्क नगरपालिकाका लेखा शाखा प्रमुख नवराज गौतम, आयुर्वेद चिकित्सक डा आशिष चौधरी, जीवनोद्वार माध्यमिक विद्यालयका प्रधानाध्यापक नामबहादुर भाट, सन्धिखर्क नगरपालिकाका जनस्वास्थ्य निरीक्षक प्रकाश परियारलगायतले शिविर सफलताको शुभकामना दिनुभएको थियो ।

डिभर्नामा भएको शिविरको सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठले एक कार्यक्रमकाबीच उद्घाटन गर्नुभएको थियो । श्रेष्ठले व्यक्तिको ठूलो सम्पत्ति भनेको स्वास्थ्य भएकाले आफ्नो शरीरलाई सधैँ स्वस्थ, मस्त र व्यस्त राख्नुपर्नेमा जोड दिनुभयो । उहाँले आयुर्वेदिक चिकित्सा प्रणाली अपनाउन सकेमा जीवन सहज हुने भन्दै शिविरबाट सेवा लिन स्थानीयलाई आग्रहसमेत गर्नुभयो ।

शिविरको उद्घाटन समारोहमा सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल, वडा नं ११ का वडाध्यक्ष चेतनारायण आचार्य, औषधालयका वैद्य टेकनाथ भुसाललगायतले धारणा राख्नुभएको थियो । रासस

आइतबार, जेठ ०४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.