चितवन । चितवनको भरतपुरमा रहेको मनकामना हस्पिटल प्रा.लि.मा २७ वर्षीया देविका विष्टले तिम्ल्याहा सन्तानलाई जन्म दिएकी छिन् ।
मेडिकल साईन्समा निकै जोखिम मानिने तिम्ल्याहा गर्भावस्थाको सर्जरीलाई अस्पतालका वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.सुभ श्रेष्ठको नेतृत्वमा वरिष्ठ ऐनेस्थेसियोलोजिष्ठ डा.दीपकराज तिवारी,प्रमुख बाल रोग विशेषज्ञ डा.रविन बानिया,डा.ब्रजेस राज चौधरी,डा.साजन पौडेल र डा.नारायण महत्तो लगायतको टिमले सफल शल्यक्रिया गरेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत दिलिप घिमिरेले जानकारी दिनुभयो।
शल्यक्रियापछि जन्मिएका नवजात शिशुलाई अस्पतालको एनआईसियु विभागमा राखी प्रारम्भिक नर्सरी केयर तथा विशेष निगरानीका साथ उपचार गरीएको अस्पताल प्रशासनको भनाई थियो । वैशाख २८ गते अस्पताल भर्ना भएकी विष्टको अप्रेसन वैशाख २९ गते गरीएको हो,भने जेष्ठ ४ गते विष्टलाई अस्पतालबाट डिस्चार्ज गरिएको थियो।
