• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
सोमबार, साउन ११, २०८३
सोमबार, साउन ११, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
  • ४० मिनेट 

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर
  • ३ घण्टा 

सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
  • ३ घण्टा 

दुई हजार एम्बुलेन्स थन्किए
  • २० घण्टा 

भरतपुर आँखा अस्पताल ठोरीमा ९७ प्रतिशत भारतीय बिरामी
  • २० घण्टा 

डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द
  • २१ घण्टा 

नारायणी अस्पताल घटनाबारे छानविन गर्न समिति गठन
  • २२ घण्टा 

सुरक्षा जाँच छल्ने प्रयास असफल, लागूऔषधसहित युवक पक्राउ
  • १ दिन 

राप्ती शान्ति उद्यानमा प्रत्येक शनिबार निःशुल्क आँखा जाँच सेवा
  • १ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ३. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. मीना सुनारको उद्धार

  • ६. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ७. जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस

  • ८. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

  • ९. भरतपुर आँखा अस्पतालबाट एक वर्षमा तीन लाख ८१ हजार जनाले लिए सेवा

  • १०. चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

अपाङ्गतासम्बन्धी ऐनको व्यवहारिक रूपमै कार्यान्वयन गर्नुपर्छ : मन्त्री सुडी

  •  बुधबार, जेठ १४, २०८२ मा प्रकाशित

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर शाह सुडीले अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ को व्यवहारिक रूपमै प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

कोसिस नेपालले यहाँ आज आयोजना गरेको कार्यक्रममा अध्ययन–अनुसन्धानसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धि, २००६ को धारा १९ सँग बाझिएका कानुन संशोधन गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मन्त्री सुडीले भन्नुभयो, “अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धि, २००६ को धारा १९ सँग बाझिएका कानुन जसले अपाङ्गता भएका व्यक्तिलाई समुदायमा स्वतन्त्रतापूर्वक बस्न पाउने तथा समुदायमा समावेश हुनबाट बन्देज गरेको छ, त्यस्तो विद्यमान कानुनी व्यवस्थालाई मानव अधिकारमैत्री हुनेगरी समयसापेक्ष संशोधन गर्ने र गराउनेतर्फ कार्य गर्न प्रतिबद्धता व्यक्त गर्दछु ।” अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धि, २००६ को धारा १२ को मर्मविपरीत तर्जुमा गरी कार्यान्वयनमा ल्याएका कानुन पनि संशोधन गरी समय सान्दभिक बनाउने मन्त्री सुडीको भनाइ छ ।

उहाँले भन्नुभएको छ, “कानुनमा अमर्यादित शब्द प्रयोग गरी त्यसलाई योग्यताको आधार बनाएर न्यून प्रतिनिधित्वमा रहेका अपाङ्गता भएका व्यक्तिको कानुनी क्षमतालाई अस्वीकार गर्दै उनीहरूलाई आर्थिक, सामाजिक तथा सार्वजनिक जीवनमा सहभागिता जनाउन बन्देज गरेको सम्पूर्ण कानुनी व्यवस्थाहरूलाई खारेज वा संशोधन गरी कानुनी क्षमताको पुनर्बहाली गर्ने कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।” नेपालमा अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धि र त्यसको इच्छाधिन आलेख २००६ लाई जनवरी २००८ मा हस्ताक्षर गरी सन् २००९ डिसेम्बर २७ तारिखका दिन तत्कालीन व्यवस्थापिका संसद्मार्फत अनुमोदन गरिएको थियो ।

सरकारले यस महासन्धिलाई घरेलुकरण गर्दै नेपालमा अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ र नियमावली, २०७७ जारी गरी कार्यान्वयनमा ल्याएको छ । तर अपाङ्गता भएका व्यक्तिको ऐन र नियमावलीमा न्यून प्रतिनिधित्वमा रहेको अपाङ्गता भएका भएका व्यक्तिको अटिजम, बौद्धिक अपाङ्ता, मनोसामाजिक अपाङ्गता र श्रवणदृष्टिविहीन अपाङ्गताको सवाल छुटेको गुनासाहरू आएको मन्त्री सुडीले जानकारी दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला सङ्घ नेपाल र राष्ट्रिय बहिरा महासङ्घ नेपालको नेत्तृत्वमा नेपालका सातै प्रदेशका अपाङ्गता भएका व्यक्तिबाट आएका सुझावलाई सङ्कलन गरी तीन तहले संशोधन प्रस्ताव तयार गरी मन्त्रीसमक्ष हस्तान्तरण पनि गरेको थियो । रासस

बुधबार, जेठ १४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

अत्यावश्यक औषधि उत्पादनको समझदारी

मीना सुनारको उद्धार

ताजा

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु

दुई हजार एम्बुलेन्स थन्किए

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.