• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ७ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ७ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ७ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ६. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

सुर्तीजन्य पदार्थ नियन्त्रणमा स्थानीय सरकार जिम्मेवार बन्नुपर्ने

  •  शुक्रबार, जेठ १६, २०८२ मा प्रकाशित

काठमाडौँ । सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमनमा स्थानीय सरकार जिम्मेवार बन्नुपर्ने सुझाव विज्ञहरुले दिएका छन् ।

आज यहाँस्थित काठमाडौँ महानगरपालिका–७, स्वास्थ्य मन्त्रालय र हेल्थ टुडे मिडियाको संयुक्त आयोजनामा ‘सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमनसम्बन्धी सरोकारवालाहरुबीच अन्तरक्रिया’ गरेको थियो ।

सो अन्तरक्रियामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सूचना अधिकारी डा भक्तबहादुर केसीले सुर्तीजन्य पदार्थ नियन्त्रण एवं नियमन सङ्घीय सरकारको प्रयासले मात्र सम्भव नहुने बताउनुभयो । स्थानीय सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमनलाई प्राथमिकतामा राख्नुपर्ने उहाँको भनाइ थियो ।

नेपालमा नसर्ने रोगको बढ्दो प्रकोपका कारणमध्ये सुर्तीजन्य पदार्थको सेवन प्रमुख भएको बताउँदै डा केसीले कानुनले सार्वजनिक स्थालमा सुर्तीजन्य पदार्थ सेवन निषेध गरे पनि व्यवहारमा पालना हुन नसकेको औँल्याउनुभयो ।

सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवनमा रोक लगाउन स्थानीय सरकारले कदम चाल्नुपर्ने र यसले धेरै हदसम्म कानुन कार्यान्वयन हुने डा केसीको भनाइ छ । उहाँले भन्नुभयो, “नेपालमा वर्सेनि ३० हजार मानिसको मृत्युको कारण सुर्तीजन्य पदार्थ सेवन हो । यो तथ्याङ्कमा सबैले ध्यान दिन आवश्यक छ ।”

नेपाल विकास अनुसन्धान प्रतिष्ठानका अनुसन्धान विज्ञ डा जयकुमार गुरुङले सुर्तीजन्य पदार्थमा करको दर बढाउनुपर्नेमा हिजो ल्याएको बजेटमा एकदमै न्यून रुपमा कर बढाएकोमा आपत्ति जनाउनुभयो । डा गुरुङले खुद्रा व्यापारीले अनिवार्य रुपमा वडामा दर्ता गराएर मात्र सुर्तीजन्य पदार्थ बिक्री गर्ने व्यवस्था गर्नुपर्ने र सार्वजनिकस्थलको १०० मिटर दूरीभित्र्र स्थानीय निकायले बेचविखन गर्न दिन नहुनेमा जोड दिनुभयो ।

डा गुरुङले भन्नुभयो, “काठमाडौँ महानगरपालिकाका सबै वडाहरुले एकीकृत रणनीतिक योजना बनाएर अगाडि बढ्नुपर्छ ।” उहाँले इलाम नगरपालिका र वालिङ नगरपालिकाले उत्कृष्ट काम गरेको उदाहरण प्रस्तुत गर्दै कामपाले पनि गर्न सक्ने बताउनुभयो ।

काठमाडौँ महानगरपालिका–७ का वडा अध्यक्ष विमलकुमार होडाले आफु चार दशकदेखि सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमनमा सक्रिय भइरहेको बताउनुभयो । सरकारले बन्द भएको जनकपुर चुरोट कारखाना फेरि खोल्ने बजेटमार्फत गरेको घोषणाको विरोध गर्दै वडाध्यक्ष होडाले चुरोट कारखाना खोल्नेभन्दा औषधि कम्पनी खोल्नुपर्नेमा जोड दिनुभयो । सुर्तीजन्य पदार्थ नियन्त्रणमा आफ्नो वडालाई नमूना वडाको रुपमा विकास गर्ने होडाले दाबी गर्नुभयो ।

कार्यक्रममा वरिष्ठ स्वास्थ्य पत्रकार एवं हेल्थ टुडे मिडियाका अध्यक्ष पदमराज जोशीले सुर्तीजन्य पदार्थ सेवन गर्नु फाइदाजनक नभएको धेरैलाई जानकारी भए पनि चेतनाको अभावमा व्यवहारमा लागू गर्न नसकिएको बताउनुभयो । रासस

शुक्रबार, जेठ १६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.