• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १४ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १५ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १७ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १७ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १८ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १८ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १९ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • २० घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • २० घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ९. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • १०. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

सेनेटरी प्याड बनाउन छात्रालाई तालिम

  •  शनिबार, जेठ १७, २०८२ मा प्रकाशित

सिरहा । महिनावारीको समयमा प्रयोग गर्ने सेनेटरी प्याड किन्न बन्दनाकुमारी महतोलाई बुवाआमासँग आवश्यक पैसा मागिरहनुपर्ने बाध्यता टरेको छ । सिरहाको नवराजपुर गाउँपालिका–४ सोनवर्षास्थित जनता नमूना (प्राविधिक धार) माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्रा बन्दनाले तीनदिने तालिम पछि घरैमा आफँै प्याड बनाउन सक्ने हुनुभएको छ ।

स–साना कपडाको टुक्राबाट महिनावारी हुँदा प्रयोग गर्न मिल्ने प्याड बनाउन जानेपछि उहाँले खुसी लागेको बताउनुभयो । “अब सेनेटरी प्याड किन्न घरमा पैसा मागिरहनु परेन । पहिला मम्मीसँग माग्थे, अब त्यो परेन । स–साना कपडाको टुक्राबाट राम्रोसँग प्याड बनाउन सिकेकी छु”, खुसी व्यक्त गर्दै बन्दनाले भन्नुभयो, “पकेटमा रुमाल राखे जसरी लिएर हिड्न सक्छौँ । जतिबेला जरुरी पर्छ त्यसैबेला प्रयोग गर्न सकिन्छ ।” घरेलु प्याड लगाउँदा महिनावारीको समयमा सुरक्षित हुने तरिकाबारे पनि सिकेको उहाँले जानकारी दिनुभयो ।

बन्दनाजस्तै रमेश महतो स्मृति जनता माध्यमिक विद्यायलमा कक्षा १० मा अध्ययनरत अर्का छात्रा पूजाकुमारी चौधरीलाई पनि तालिमले निकै सहज बनाइदिएको छ । तालिमबाट प्याड बनाउन सिक्नुभएकी उहाँ आफूले प्रयोग गर्नेमात्रै नभएर दिदी बहिनी र आमालाई प्रयोग गर्ने प्याड घरमै बनाउने सोचमा हुनुहुन्छ ।

छात्रा पूजाको परिवारमा आमा, दिदी र बहिनीले पनि कपडाकै प्रयोग गर्नेगरेको बताउँदै उनीहरुलाई पनि घरमै कपडाको प्रयोग गरी पुनःप्रयोग गर्न मिल्ने घरेलु प्याड बनाउने तरिका सिकाई व्यवसायिक बन्न सकिने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “बजारमा विभिन्न कम्पनीका सेनेटरी प्याड उपलब्ध हुन्छन् । तर त्यस्ता प्याड सबैको पहुँचमा हुँदैनन् । त्यसैले घरमै व्यवसायिकरूपमा कपडाको प्याड बनाएर बिक्री गरेर आम्दानी लिन सकिन्छ । गाउँ घर टोल छिमेकीलाई सिकाउन सकिन्छ ।”

बन्दना र पूजाजस्तै दुई विद्यालयका गरी ५३ छात्राले बुधबारदेखि शुक्रबारसम्म जनता नमूना (प्राविधिक धार) माध्यमिक विद्यालयमा तीन दिने तालिम लिएका छन् । गाउँपालिकाको आर्थिक सहयोगमा सृजनशील नेपाली युवा समूह लहानले सञ्चालन गरेको तालिमपछि कक्षा १० मा अध्ययनरत छात्रामा कपडाको प्रयोग गरी पुनःप्रयोग गर्न मिल्ने घरेलु प्याड बनाउने तरिका अरुलाई सिकाउने आत्मविश्वास बढेको देखिन्छ ।

महिनावारीका समयमा किशोरीमा विद्यालय आउनसमेत नसक्ने अवस्था रहने हुनाले उनीहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै आफैले बनाएको प्याड प्रयोग गर्नसके स्वास्थ्यका लागि पनि राम्रो हुने उद्देश्यले तालिम दिइएको प्रशिक्षक प्रतिभा गुप्ताले बताउनुभयो । किशोरीहरुले महिनावारीको समयमा ध्यान दिनुपर्ने कुरा, स्वस्थ तरिकाले प्याड प्रयोग गर्ने विधिबारेसमेत तालिममा सिकाइएको उहाँले बताउनुभयो ।

त्यस्तै, तालिमका अर्का प्रशिक्षक सङ्गिता चौधरले कमजोर आर्थिक अवस्थाका कारण कतिपयले बजारमा प्याड खरिद गर्न नसक्ने भएकाले कपडाको उचित तवरले प्रयोग गर्न नजान्नेको लागि तालिम प्रभावकारी भएको विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “बजारको प्याड किनेर प्रयोग गर्न पैसा हुन्न । कपडा, सुई, धागो, टाँक, कैची भएपछि घरेलु प्याड बनाउन सकिन्छ । त्यसैले हाम्रो लागि यो प्याड बजारको भन्दा राम्रो छ । इन्फेक्सनबाट पनि जोगाउँछ ।”

ग्रामीण समुदायमा किशोरीसँग साथमा पैसा नहुने र महिनावारीको समयमा उनीहरुको पठनपाठन नै प्रभावित हुने देखिएपछि विद्यालयले तालिमको लागि सहजीकरण गरेको जनता नमूना (प्राविधिक धार) माध्यमिक विद्यालयका प्रधानाध्यापक मुरारी शर्माले जानकारी दिनुभयो । महिनावारी भएको समयमा उनीहरु आफैँ प्याड तयार गरी प्रयोग गर्न सक्ने भएको बताउनुहुँदै उहाँले यो तालिमले सहज बनाएको बताउनुभयो । रासस

शनिबार, जेठ १७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.