• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

सेनेटरी प्याड बनाउन छात्रालाई तालिम

  •  शनिबार, जेठ १७, २०८२ मा प्रकाशित

सिरहा । महिनावारीको समयमा प्रयोग गर्ने सेनेटरी प्याड किन्न बन्दनाकुमारी महतोलाई बुवाआमासँग आवश्यक पैसा मागिरहनुपर्ने बाध्यता टरेको छ । सिरहाको नवराजपुर गाउँपालिका–४ सोनवर्षास्थित जनता नमूना (प्राविधिक धार) माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्रा बन्दनाले तीनदिने तालिम पछि घरैमा आफँै प्याड बनाउन सक्ने हुनुभएको छ ।

स–साना कपडाको टुक्राबाट महिनावारी हुँदा प्रयोग गर्न मिल्ने प्याड बनाउन जानेपछि उहाँले खुसी लागेको बताउनुभयो । “अब सेनेटरी प्याड किन्न घरमा पैसा मागिरहनु परेन । पहिला मम्मीसँग माग्थे, अब त्यो परेन । स–साना कपडाको टुक्राबाट राम्रोसँग प्याड बनाउन सिकेकी छु”, खुसी व्यक्त गर्दै बन्दनाले भन्नुभयो, “पकेटमा रुमाल राखे जसरी लिएर हिड्न सक्छौँ । जतिबेला जरुरी पर्छ त्यसैबेला प्रयोग गर्न सकिन्छ ।” घरेलु प्याड लगाउँदा महिनावारीको समयमा सुरक्षित हुने तरिकाबारे पनि सिकेको उहाँले जानकारी दिनुभयो ।

बन्दनाजस्तै रमेश महतो स्मृति जनता माध्यमिक विद्यायलमा कक्षा १० मा अध्ययनरत अर्का छात्रा पूजाकुमारी चौधरीलाई पनि तालिमले निकै सहज बनाइदिएको छ । तालिमबाट प्याड बनाउन सिक्नुभएकी उहाँ आफूले प्रयोग गर्नेमात्रै नभएर दिदी बहिनी र आमालाई प्रयोग गर्ने प्याड घरमै बनाउने सोचमा हुनुहुन्छ ।

छात्रा पूजाको परिवारमा आमा, दिदी र बहिनीले पनि कपडाकै प्रयोग गर्नेगरेको बताउँदै उनीहरुलाई पनि घरमै कपडाको प्रयोग गरी पुनःप्रयोग गर्न मिल्ने घरेलु प्याड बनाउने तरिका सिकाई व्यवसायिक बन्न सकिने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “बजारमा विभिन्न कम्पनीका सेनेटरी प्याड उपलब्ध हुन्छन् । तर त्यस्ता प्याड सबैको पहुँचमा हुँदैनन् । त्यसैले घरमै व्यवसायिकरूपमा कपडाको प्याड बनाएर बिक्री गरेर आम्दानी लिन सकिन्छ । गाउँ घर टोल छिमेकीलाई सिकाउन सकिन्छ ।”

बन्दना र पूजाजस्तै दुई विद्यालयका गरी ५३ छात्राले बुधबारदेखि शुक्रबारसम्म जनता नमूना (प्राविधिक धार) माध्यमिक विद्यालयमा तीन दिने तालिम लिएका छन् । गाउँपालिकाको आर्थिक सहयोगमा सृजनशील नेपाली युवा समूह लहानले सञ्चालन गरेको तालिमपछि कक्षा १० मा अध्ययनरत छात्रामा कपडाको प्रयोग गरी पुनःप्रयोग गर्न मिल्ने घरेलु प्याड बनाउने तरिका अरुलाई सिकाउने आत्मविश्वास बढेको देखिन्छ ।

महिनावारीका समयमा किशोरीमा विद्यालय आउनसमेत नसक्ने अवस्था रहने हुनाले उनीहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै आफैले बनाएको प्याड प्रयोग गर्नसके स्वास्थ्यका लागि पनि राम्रो हुने उद्देश्यले तालिम दिइएको प्रशिक्षक प्रतिभा गुप्ताले बताउनुभयो । किशोरीहरुले महिनावारीको समयमा ध्यान दिनुपर्ने कुरा, स्वस्थ तरिकाले प्याड प्रयोग गर्ने विधिबारेसमेत तालिममा सिकाइएको उहाँले बताउनुभयो ।

त्यस्तै, तालिमका अर्का प्रशिक्षक सङ्गिता चौधरले कमजोर आर्थिक अवस्थाका कारण कतिपयले बजारमा प्याड खरिद गर्न नसक्ने भएकाले कपडाको उचित तवरले प्रयोग गर्न नजान्नेको लागि तालिम प्रभावकारी भएको विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “बजारको प्याड किनेर प्रयोग गर्न पैसा हुन्न । कपडा, सुई, धागो, टाँक, कैची भएपछि घरेलु प्याड बनाउन सकिन्छ । त्यसैले हाम्रो लागि यो प्याड बजारको भन्दा राम्रो छ । इन्फेक्सनबाट पनि जोगाउँछ ।”

ग्रामीण समुदायमा किशोरीसँग साथमा पैसा नहुने र महिनावारीको समयमा उनीहरुको पठनपाठन नै प्रभावित हुने देखिएपछि विद्यालयले तालिमको लागि सहजीकरण गरेको जनता नमूना (प्राविधिक धार) माध्यमिक विद्यालयका प्रधानाध्यापक मुरारी शर्माले जानकारी दिनुभयो । महिनावारी भएको समयमा उनीहरु आफैँ प्याड तयार गरी प्रयोग गर्न सक्ने भएको बताउनुहुँदै उहाँले यो तालिमले सहज बनाएको बताउनुभयो । रासस

शनिबार, जेठ १७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.