• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

निजी लगानीमा अस्पताल स्थापना गर्नु उदाहरणीय कार्यः प्रधानमन्त्री ओली

  •  शनिबार, जेठ २४, २०८२ मा प्रकाशित

मोरङ । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा पछाडि परेका वर्गलाई सहयोग पुर्‍याउने उद्देश्यले निजी लगानीमा अस्पताल स्थापना गर्नु उदाहरणीय कार्य भएको बताउनुभएको छ ।

मोरङ कटहरी गाउँपालिका-२ हल्दिबारमा स्थापना भएको जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउण्डेसनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकार र सरोकार भएका निकायको सहयोगबिना निजी लगानीमा सुविधासम्पन्न अस्पताल निर्माण गरी जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने काम प्रशंसनीय रहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले सङ्घीय सांसदका रूपमा अस्पताल सञ्चालक समितिका अध्यक्ष योगेन्द्र मण्डललाई चयन गरेकामा यहाँका जनतालाई धन्यवाद दिँदै सबै जनप्रतिनिधिले सांसद मण्डल जस्ते सृजनशील काम गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “अस्पतालले आर्थिक अभाव भएकालाई पहिलो प्राथमिकतामा राखेर उपचार गर्ने नीति लिएको छ, यो समाजका लागि उदाहरणीय कार्य हो ।”

प्रधानमन्त्री ओलीले रु दुई अर्ब लगानीमा बनेको दुई सय शय्याको यस अस्पतालाले रकमको अभावमा उपचार नपाएका बिरामीलाई फर्कन नदिने सङ्कल्प लिएकोप्रति सराहना गर्नुभयो । आगामी दिनमा अस्पतालले तीन सय शय्या पुर्‍याउने र शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्ने लक्ष्य लिएको भन्दै यसमा सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीलाई अस्पताल परिसरमा आयोजित कार्यक्रममा मण्डलसहित स्थानीय अगुवा, जनप्रतिनिधि र समुदायले स्वागत गर्नुभएको थियो ।

अस्पतालका सञ्चालक समितिका अध्यक्ष एवं सांसद मण्डलले समुदायमा रहेका गरिब जनतालाई सहज रूपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न अस्पताल सञ्चालनमा ल्याइएको वताउनुभयो । उहाँका अनुसार अस्पतालले आधुनिक उपकरण र विशेषज्ञ चिकित्सकसहित उपचार प्रवाह गर्नेछ ।

अस्पतालमा अत्याधुनिक चिकित्सा उपकरण र अनुभवी विशेषज्ञमार्फत आकस्मिक सेवा, बहिरङ्ग (ओपिडी) सेवा, साधारण तथा पेनलेस डेलिभरी सेवा, जेनरल तथा आइसियु, एनआइसियु, सिसियु, एचडिसियु, पिआइसियु, डिजिटल एक्सरे, भिडियो एक्सरे, दुरविनबाट सबै किसिमका शल्यक्रिया सेवा, बालरोगसम्बन्धी सेवा, डायलाइसिस तथा प्रयोगशाला सेवा, नाक, कान र घाँटी, आँखा जाँचलगायत सेवा प्रदान गर्नेछ ।

मण्डलका अनुसार अस्पतालमा अहिले विषेशज्ञ चिकित्सकसहित दुई सय जनशक्ति रहेका छन् । आगामी केही वर्षमा चिकित्सा शिक्षाको अध्ययन, अध्यापन सञ्चालनमा ल्याउने गरी सेवा विस्तार गर्दै लैजाने उहाँले जानकारी दिनुभयो । रासस

शनिबार, जेठ २४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.