• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, भदौ २८, २०८३
आइतबार, भदौ २८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव
  • ८ घण्टा 

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार
  • ८ घण्टा 

बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित
  • १३ घण्टा 

बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा
  • १३ घण्टा 

गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवाः ६५ जना लाभान्वित
  • १३ घण्टा 

कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
  • १३ घण्टा 

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
  • २ दिन 

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
  • ३ दिन 

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ४. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ५. विपद्पछि सरुवा रोगको प्रकोप

  • ६. नुवाकोटमा हैजाविरुद्धको खोप

  • ७. क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

  • ८. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • ९. सङ्घीय अस्पतालमा शवगृह बनाइने

  • १०. अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

७२ जिल्लामा फैलियो डेङ्गी

  •  सोमबार, जेठ २६, २०८२ मा प्रकाशित

काठमाडौँ । मनसुन लागेसँगै डेङ्गी सङ्क्रमण देखिन थालेको छ । जुनदेखि अगस्टसम्म (असार–भदौ) सम्मलाई डेङ्गी सङ्क्रमणको जोखिम कायम रहने समयका रुपमा लिइन्छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को तथ्याङ्कअनुसार जनवरी १ देखि जुन ८ सम्म एक हजार दुई सय ५५ सङ्क्रमित भेटिएका छन् भने ७२ वटा जिल्लामा डेङ्गी सङ्क्रमण पुष्टि भइसकेको छ ।

सबैभन्दा धेरै सङ्क्रमितको सङ्ख्या काठमाडौँमा देखिएको छ । काठमाडौँमा १३२, कास्कीमा ९०, सुनसरीमा ८७, चितवनमा ६१, पाल्पामा ५१, रुपन्देहीमा ४७, कञ्चनपुरमा ३७, दाङमा ३२ र भक्तपुरमा ३० वटा सङ्क्रमित भेटिएका छन् ।

ईडीसीडीका कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा गोकर्ण दाहालले डेङ्गीलाई शून्यमा नै ल्याउने र डेङ्गी गराउने लामखुट्टे सखाप नै पार्न भन्ने अवस्था सिर्जना गर्न नसकिए पनि नियन्त्रण भने गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “डेङ्गीको सङ्क्रमण र मृत्युदर घटाउन सकिन्छ । यसका लागि सबै जनाको समन्वय आवश्यक हुन्छ । नागरिक, समुदाय, सरकारी–गैरसरकारी संस्था सबैले हातेमालो गर्नुपर्छ ।”

डा दाहालले यो वर्ष मनसुन छिट्टै सुरु भएको र मौसमविद्ले पानी धेरै पर्न सक्ने आकलन गरेकाले सङ्क्रमण बढ्न सक्ने सम्भावना रहने सक्ने बताउनुभयो ।

“यो वर्ष डेङ्गी सङ्क्रमण बढ्छ वा स्थिर रहन्छ भनेर आकलन गर्न हामीसित भेक्टरको पर्याप्त तथ्याङ्क छैन । यद्यपि मनसुन केही अघि सुरु भएको र धेरै पानी पर्ने भनिएको हुनाले पानी जम्मा हुने र सञ्चित भएर बस्ने र लामखुट्टेको विकास हुने सम्भावनालाई नकार्न मिल्दैन”, उहाँले भन्नुभयो ।

डा दाहालकाअनुसार सबैले डेङ्गी नियन्त्रणमा सबैले आआफ्नो ठाउँबाट बराबर सहभागिता जनाए तीनै तहले डेङ्गी नियन्त्रणसम्बन्धी आवश्यक कार्यक्रम डेङ्गी सङ्क्रमण र यसबाट मृत्यु हुने दर पनि कम गर्न सकिन्छ ।

डेङ्गी एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको कीटजन्य रोग हो । डेङ्गीबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ ।

यसबाट बच्न पूरा शरीर ढाक्ने कपडा लगाउने, खाल्डाखुल्डी पुर्ने, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, खाली भाँडाकुँडा घोप्ट्याएर राख्ने, पानीको ट्याङ्की पूरै खाली गरेर सफा गरिरहने, सुत्ने बेला झुलको प्रयोग गर्नाले पानी जम्मा गरी राखिएका पानीको ट्याङ्की, ड्रम, गाग्री, बाल्टिनलाई लामखुट्टे छिर्न नपाउने गरी राम्रोसँग छोपेर राख्ने, आफ्नो घर वरपर, कार्यस्थल र सार्वजनिक स्थानमा फाएिका काम नलाग्ने भाँडाकुँडा, सिसी, बोतल, टिका बट्टा, प्लास्टिकजन्य वस्तुहरु तथा पानी जन्म नसक्ने अन्य भाँडा तथा सामग्रीलाई पानी नजम्ने गरी व्यवस्थापन गर्न विज्ञको आग्रह छ । रासस

सोमबार, जेठ २६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव
जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार
बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

विपद्पछि सरुवा रोगको प्रकोप

ताजा

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित

बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.