• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १४ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १५ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १७ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १७ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १८ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १८ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १९ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • २० घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • २० घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ९. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • १०. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

वीरगञ्जमा लार्भा नष्ट गर्ने अभियान

  •  आइतबार, असार ०१, २०८२ मा प्रकाशित

वीरगञ्ज (पर्सा) । स्वास्थ्य कार्यालय पर्साले वीरगञ्ज महानगरको ३२ वटै वडासहित पर्साका पालिकामा यसपालिको मनसुनअगावै डेङ्गु सार्ने लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने अभियान अघि सार्ने भएको छ ।

विगतका वर्षहरूमा स्वास्थ्य कार्यालय र वीरगञ्ज महानगर स्वास्थ्य तथा सामाजिक विकास महाशाखा जनस्वास्थ्य प्रवर्द्धन शाखाको अगुवाइमा डेङुगु सार्ने लामखुट्टेको बासस्थान खोजी गरेर लार्भा नष्ट गर्ने अभियान प्रभावकारी भएसँगै यस वर्ष पनि निरन्तरता दिन लागिएको हो । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले डेङ्गु सार्ने लामखुट्टेको बासस्थान खोजी गरेर लार्भा नष्ट गर्ने अभियानलाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्ने बताउनुभयो ।

“डेङ्गुको लार्भा नष्ट गर्न हरेक वडा कार्यालयमा १० जनाको टोली बनाई तीन दिनसम्म जनचेतनामूलक कार्यक्रम गर्न लागिएको छ, लार्भा नष्ट गर्ने तालिका भने छिट्टै सार्वजनिक गरिने छ”, उहाँले भन्नुभयो ।

जनस्वास्थ्य अधिकृत ठाकुरले स्वास्थ्य कार्यालयले लामखुट्टेको लार्भा नष्ट गर्न आवश्यक पर्ने बायोडार्ट सप्लाई पनि दिँदै आइरहेको जानकारी दिनुभयो । “टोलटोलमा बायोडार्ट औषधि छर्र्किएका कारणले पनि लामखुट्टेको विकास हुन पाइरहेको छैन”, उहाँले भन्नुभयो, “यस वर्ष पनि हामीले प्रभावकारी अभियान अघि बढाउँछौँ ।”

स्वास्थ्य कार्यालयले चालु आवमा १६ वटा औषधि छर्कने टयाङ्की, एक हजार बायोडार्ट औषधिको झोल वीरगञ्ज महानगरअन्तर्गतका १ देखि १६ नम्बर वडा कार्यालयमा उपलब्ध गराएको छ । अन्य स्वास्थ्य सामग्री पनि उपलब्ध गराउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

वीरगञ्ज महानगर स्वास्थ्य तथा सामाजिक विकास महाशाखा जनस्वास्थ्य प्रवर्द्धन शाखा जनस्वास्थ्य निरीक्षक सुमनचन्द्र ठाकुरले पछिल्ला वर्षमा वीरगञ्ज महानगरमा डेङ्गुका सङ्क्रमित बिरामीको सङ्ख्या वृद्धि हुँदै आइरहेको जानकारी दिनुभयो ।

“चालु आर्थिक वर्षमा वीरगञ्ज महानगरमा १६ हजार ३३४ डेङ्गुको जाँच गर्दा चार सय ७० जनालाई डेङ्गुको सङ्क्रमण देखिएको छ”, उहाँले भन्नुभयो, “गत आर्थिक वर्षमा भने चार हजार ७८१ जनाको डेङ्गु जाँच गर्दा तीन सय ४९ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो ।”

त्यस्तै आव २०७९÷८० मा दुई हजार ६६१ जना जनाको डेङ्गु जाँच गर्दा एक सय ९९ जना डेङ्गुका सङ्क्रमित भेटिएका थिए । चालु आवमा वीरगञ्ज महानगर क्षेत्रमा छिमेकी मुलुक भारतबाट आएका १४ बिरामीमा मलेरिया देखिएसँगै आवश्यक उपचार गरिएको थियो ।

वीरगञ्ज महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले महानगरले सरसफाइ अभियान प्रभावकारी ढङ्गले अघि बढाउँदै आएको बताउनुभयो । “महानगरको सरसफाइको अभियानले पनि वीरगञ्ज सरसफाइ गराउन सम्भव भएको छ”, उहाँले भन्नुभयो, “महानगरले साढे दुई वर्षको अवधिमा मात्र फोहरमैला जथाभावी फ्याँक्नेबाट रु ६६ लाखभन्दा बढी जरिवाना तिराएको छ ।”रासस

आइतबार, असार ०१, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.