• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ७ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ७ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ९ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १० घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १० घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १० घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १२ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १२ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १२ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

समयमा पहिचान, समयमै उपचारः क्यान्सर रोगको निदान

  •  सोमबार, असार ०२, २०८२ मा प्रकाशित

काठमाडौँ । स्तन तथा पाठेघरको मुखको क्यान्सर न्यूनीकरणका लागि परीक्षणलाई तीव्रता दिनुपर्नेमा क्यान्सर रोग विशेषज्ञहरुले जोड दिएका छन् ।

‘सुडी समाज काठमाडौँ महिला उपसमिति’द्वारा यहाँ आयोजित स्तन तथा पाठेघर मुखको क्यान्सरसम्बन्धी निःशुल्क प्रशिक्षण कार्यक्रमका सहभागी क्यान्सर रोग विशेषज्ञहरुले स्तन तथा पाठेघरको मुखको क्यान्सरसम्बन्धी समस्या समयमै पत्ता लाग्ने भएकाले महिलालाई यसप्रति समयमै सचेत हुनुपर्ने आवश्यकतामाथि जोड दिनुभयो ।

“स्तन तथा पाठेघरको मुखको क्यान्सर पत्ता लगाउनका लागि नियमित परीक्षण आवश्यक रहेको छ,” क्यान्सर रोग विशेषज्ञ डा रीता महासेठले भन्नुभयो, “कम्तीमा १० वर्षदेखि १५ वर्षको अवधि अगाडि नै जानकारी लिन सकिने र परीक्षण गर्न सकिने सुविधा भएकाले महिलालाई सो सम्बन्धी नियमित रूपमा परीक्षणको पहुँचसम्म पुग्ने वातावरण तयार गर्नुपर्छ ।”

स्तन तथा पाठेघरको मुखको क्यान्सरमुक्त समाज निर्माण गर्ने लक्ष्य प्राप्तिका लागि यस्ता सामाजिक संस्थाले यससम्बन्धी थुप्रै कार्यक्रम सञ्चालन गर्नुपर्ने उल्लेख गर्दै डा महासेठले स्तन क्यान्सरको मुख्य लक्षण स्तनमा गिर्खा आउनु, यस्तो गिर्खा नदुख्ने र बढ्ने खालको हुनु, स्तनको मुन्टा गाडिने, रङ्ग परिवर्तन हुनु, छाला बाक्लो हुनु, मुन्टाबाट पिप वा रगत बग्नु, घाउ निको नहुनु जस्ता समस्या देखिने गरेको छ भन्नुभयो ।

पछिल्लो तथ्याङ्कअनुसार नेपालमा प्रत्येक दिन ६ महिलामा स्तन क्यान्सरको पहिचान हुने र प्रत्येक दिन तीन जनाको यही क्यान्सरबाट मृत्यु हुने गरेको छ । विभिन्न अध्ययनले ५० वर्षदेखि ६० वर्षका महिलामा अन्यको तुलनामा बढी स्तन क्यान्सर हुने गरेको देखाएको छ । नेपालमा ४० वर्षदेखि ५० वर्ष उमेर समूहका महिलामा स्तन क्यान्सर धेरै देखिएको तथ्याङ्क छ ।

“पछिल्लो समय महिलामा स्तन क्यान्सरको समस्या बढ्दो छ,” अर्का विशेषज्ञ डा राजीव महासेठले भन्नुभयो, “स्तन क्यान्सर ठ्याक्कै के कारणले हुन्छ भन्न सकिँदैन । यसमध्ये पाँचदेखि १० प्रतिशत कारण वंशाणुगत पनि हो ।”

स्तन क्यान्सर हुँदा लक्षण ढिलोगरी देखिन सक्छन् । त्यसैले स्तन क्यान्सरलाई समयमा नै पत्ता लगाउने हो भने लक्षणलाई कुरेर बस्नु नहुने उल्लेख गर्दै डा महासेठले ४० वर्षमाथिको उमेरका महिलाले वर्षमा एकचोटि मेमोग्राम गराउने गर्नुपर्नेमा जोड दिनुभयो । “मेमोग्रामको सुविधा नभए अल्ट्रासाउन्ड गराएर हेर्नुपर्ने हुन्छ”, उहाँले भन्नुभयो ।

“बीस वर्षमाथिका महिलाले हरेक वर्ष स्तन परीक्षण गराउनु उपयुक्त हुन्छ । यसरी जाँच गराउने गरे गिर्खा हुनुभन्दा अगाडि नै पत्ता लाग्छ र समयमै उपचार गराउन सकिन्छ”, डा महासेठले भन्नुभयो, “अन्तिम चरणमा रोग पत्ता लागेमा वा जटिल खालको क्यान्सर भएमा उपचार गर्दागर्दै बिरामीको मृत्यु पनि हुन सक्छ ।”

कलिलै उमेरमा विवाह भएका, कलिलै उमेरमा यौन सम्पर्क राख्ने, बढी पुरुषसँग यौन सम्पर्क भएका, बढी सन्तान जन्माएका, खानपिनमा ध्यान नदिने तथा कुपोषण भएका, एचआइभी भाइरसको सङ्क्रमण भएका, पाठेघर अथवा यौनसम्बन्धी बराबर सङ्क्रमण भइरहने महिलामा स्तन तथा पाठेघर मुखको क्यान्सर हुने जोखिम बढी हुने डा महासेठले बताउनुभयो ।

“योनीबाट फोहोर पानी बग्नु, यौनसम्पर्कपछि रगत देखिनु, महिनावारीको बीचबीचमा रगत देखिनु, महिनावारी सुकिसकेका महिलामा रगत देखिनु, तल्लो पेट दुख्नु जस्ता लक्षण देखिएका महिलामा क्यान्सर हुने जोखिम बढी हुने गर्छ”, उहाँले भन्नुभयो ।

सुडी समाजका अध्यक्ष शीतलप्रसाद महतोले स्तन तथा पाठेघरको मुखको क्यान्सर हुनुभन्दा अगाडिको सावधानीले आर्थिक बोझ र मानव जीवन जोगाउन सक्ने उल्लेख गर्दै स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षणका लागि समाजमा जनचेतनामूलक कार्यक्रमलाई व्यापक रुपमा विस्तार गर्दै लैजानुपर्नेमा जोड दिनुभयो ।
–––

सोमबार, असार ०२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.