• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

योगले विश्वशान्तिको भावना बलियो बनाउन सहयोग पुग्छ : उपराष्ट्रपति यादव

  •  शनिबार, असार ०७, २०८२ मा प्रकाशित

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले योगले विश्वशान्ति, सहिष्णुता र सहकार्यको भावनालाई बलियो बनाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

अन्तरराष्ट्रिय योग दिवस, २०२५ को अवसरमा शुभकामना व्यक्त गर्दै योग शारीरिक अभ्यास मात्र नभई एक जीवनपद्धति पनि भएको उल्लेख गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ, “योग शारीरिक अभ्यास मात्र नभई यो एक जीवनपद्धति पनि हो । योगले आत्मा, शरीर र मनवबीचको सन्तुलन स्थापित गरी मानव जीवनलाई शान्त, समृद्ध र अनुशासित बनाउन सघाउँदछ ।”

सम्पूर्ण मानव समुदायमा योगको महत्व, लाभ र समग्र जीवनमा यसको प्रभावबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुन २१ मा यो दिवस विविध कार्यक्रमको आयोजना गरी मनाइन्छ । योगले शारीरिक व्यायाम, श्वासप्रश्वासको नियन्त्रण, ध्यान तथा नैतिक अनुशासनलाई आधार मानेर विकास गरिएको योग प्रणालीले हाम्रो दैनन्दिन जीवनलाई आध्यात्मिक, भावनात्मक र मानसिक दृष्टिले समृद्ध बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने उपराष्ट्रपति यादवको भनाइ छ । “आजको युगमा बढ्दो मानसिक तनाव, शारीरिक निष्क्रियता र जीवनशैलीजन्य समस्या समाधान गर्न योग प्रभावकारी उपायको रूपमा स्थापित भइसकेको छ”, उहाँले भन्नुभएको छ ।

उहाँले नियमित योग अभ्यासले मानसिक तनाव न्यूनीकरण, सकारात्मक विचारधाराको विकास तथा अन्तरमनको शान्ति स्थापनामा महत्त्वपूर्ण योगदान पुग्ने पनि विश्वास व्यक्त गर्नुभएको छ । योगले विशेषतः हृदयघात, मधुमेह र अन्य दीर्घकालीन रोगको रोकथाम तथा नियन्त्रणमा यसको प्रभावकारिता वैज्ञानिक रूपमा प्रमाणित भइसकेको उहाँको भनाइ छ ।

उपराष्ट्रपति यादवले सम्पूर्ण नागरिकहरूले योगलाई आफ्नो जीवनशैलीमा आत्मसात् गर्दै शारीरिक, मानसिक र आत्मिक स्वास्थ्यप्रति सजग रहनुपर्ने आवश्यकता पनि औँल्याउनुभएको छ । स्वस्थ जीवनशैलीको अभ्यासमार्फत हामी समृद्ध राष्ट्र र सशक्त समाज निर्माणको मार्गमा अग्रसर हुनसक्ने उहाँले बताउनुभएको छ । रासस

शनिबार, असार ०७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.