• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ७ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ७ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ७ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

प्रभावकारी बन्दै लुम्बिनी आयुर्वेद चिकित्सालयको सेवा

  •  शुक्रबार, असार १३, २०८२ मा प्रकाशित

तिलोत्तमा (रुपन्देही) । बुटवल उपमहानगरपालिका–९ की ३६ वर्षीय ललिता भुसाल ढाडको नसा च्यापिएको समस्याले विगत दुई वर्षदेखि ग्रस्त हुनुहुन्थ्यो । उहाँ उपचारका लागि बुटवलका विभिन्न अस्पताल र काठमाडौँ पनि पुग्नुभयो ।

महिनौँसम्म बसेर उपचार गरे पनि उहाँलाई निको भएन । जब पछिल्लो समय उहाँले लुम्बिनी आयुर्वेद चिकित्सालयका बारेमा थाहा पाउनुभयो, उपचारका लागि उहाँ त्यहीँ पुग्नुभयो । करिब एक हप्ता अस्पतालमै बसेर उपचार गरेपछि अहिले उहाँलाई आराम मिलेको छ । उहाँ भन्नुहुन्छ, “अन्यत्र समय र पैसा दुवै खर्च भयो, तर यहाँ आइसकेपछि शरीर झम्झमाउने र दुख्ने समस्या हट्दै गएको छ, यहाँ हरेक प्रकारका रोगको उपचार हुने रहेछ, जडीबुटीयुक्त तेलद्वारा उपचार हुने रहेछ ।”

यस्तै तिलोत्तमा–१ कि पदमकुमारी पन्थ विगत दुई वर्षअघिबाट निरन्तर खोकीले ग्रस्त हुनुहुन्थ्यो । उहाँलाई जब केही खानेकुरा खान थाल्यो खोकी लागेर सकसै हुन्थ्यो । त्यसको उपचारका लागि बुटवल र चितवनलगायतका विभिन्न स्थान चहारेर बसेकी उहाँ पछिल्लो तीन महिनादेखि बुटवल–११ मा रहेको लुम्बिनी आयुर्वेद चिकित्सालयमा जान थाल्नुभएको छ । उहाँको पनि त्यहाँ उपचारपछि खोकी आधा सञ्चो भएको छ् । अहिले त्यहाँको उपचार र औषधिले धेरै राहत मिलेको उहाँको भनाइ छ ।

त्यसैगरी बुटवल–११ कालिका नगरकी ४९ वर्षीय अमृता पराजुली विगत छ वर्षदेखि निन्द्रा नलाग्ने समस्याबाट ग्रसित हुनुहुन्थ्यो । उहाँ दिनमा अत्यन्तै व्यस्त भए पनि रातिमा निदाउनै नसक्ने हुनुहुन्थ्यो । उपचारका लागि बुटवल र काठमाडौँ पनि गएको तर कहीँ पनि उहाँको समस्या समाधान हुन सकेन । अहिले सो आयुर्वेद औषधालय आएपछि सञ्चो लागेको उहाँ बताउनुहुन्छ ।

शिरोधारा एउटा स्थापित आयुर्वेदिक पद्धति हो । यसमा ब्राह्मी, शङ्खपुस्पी, जटामासी, यस्टीमधु जस्ता औषधियुक्त तेल वा अन्य औषधियुक्त झोललाई निरन्तर धाराका रुपमा निश्चित समयसम्म निधारमा प्रवाह गरिन्छ । विशेष गरेर मनतातो औषधियुक्त तिलको तेल, दूध, तक्र (मोही) आदि विभिन्न अवस्थाअनुसार प्रयोग गरिन्छ ।

शिरोधाराले एकसाथ धेरै कार्य गर्छ । शिरोधारा निधारको बीचमा दिइन्छ । यो तेस्रो नेत्रको स्थान हो र यसलाई ज्ञानको केन्द्र पनि भनिन्छ । तसर्थ यसले ज्ञानको क्षेत्र फराकिलो बनाउन तथा स्मृति सम्पन्न बनाउन मद्दत गर्छ । यसले शिरमा कमी रहेका तत्वहरुको पोषण गर्नाका साथै मस्तिष्कका केन्द्र तथा ग्रन्थीलाई सक्रिय पारी शरीरलाई सन्तुलित र स्वस्थ राख्छ । यति मात्र होइन, शान्त वातावरणमा निरन्तर स्निग्ध धारा प्रवाहले मनलाई शान्त गर्ने र आनन्दको अनुभूति दिलाउने अस्पतालका आयुर्वेद चिकित्सक योगेश ढकाल बताउनुहुन्छ ।

यसैगरी, बुटवल–११ देवीनगरकै सीतादेवी विश्वकर्मा हातको औँला दुखेर हैरान हुनुहुन्थ्यो । विगत २÷३ महिनादेखि दुखाइ सहिरहेकी उहाँ पाँच दिनअघि सो अस्पतालमा पुगेर उपचार गराइरहनुभएको छ । उहाँको पनि दुखाइको समस्या केही समाधान हुँदै गएको छ ।

यसैगरी, तनहुँको रानी पोखरी गाउँपालिका–१ का जङ्गबहादुर श्रेष्ठ हाल बुटवल–११ मा बसोबास गर्नुहुन्छ । उहाँले अस्पतालको बारेमा कतैबाट जानकारी पाएर सो अस्पतालमा पुगेको बताउनुभयो । बुटवल–१३ की जया थापा पनि तीन वर्षदेखि घुँडाको समस्या झेल्दै आउनुभएको छ । त्यहाँ उपचार गरी निको भएकाहरुबाट अस्पतालका बारेमा थाहा पाएपछि जया पनि त्यहीँ पुगेको उहाँ बताउनुहुन्छ ।

यसैगरी, बुटवल–११ की इन्द्राकुमारी विकले पनि अरूका विभिन्न रोग निको भएको थाहा पाएर त्यहाँ पुगेको बताउनुभयो । हात निरन्तर दुई महिनादेखि दुखिरहेकाले सञ्चो हुने आशाले सो अस्पतालमा सेवा लिन पुगेको उहाँ नयाँ बिरामी हुनुहुन्छ ।

ललिता, पदम कुमारी, अमृतालगायत माथिका पात्र केही उदाहरण मात्र हुनुहुन्छ । विभिन्न रोगले ग्रस्त भएका बिरामी बुटवल–११ मा रहेको लुम्बिनी आयुर्वेद चिकित्सालयमा पुगेपछि निकै राहत भएको बताउँछन् । यो अस्पताल र अस्पतालले दिने सेवाप्रति पछिल्लो समय नेपालीसँगै भारतीय नागरिकको समेत विश्वास बढ्दै गएको पाइन्छ ।

आर्थिक वर्ष २०८०÷८१ मा कूल ४० हजार ७८५ बिरामीले सेवा लिएको अस्पतालको तथ्याङ्कमा छ । यसमध्ये २२ हजार ३२७ पुरुष थिए भने १८ हजार ४५८ सेवा लिएका महिलाको सङ्ख्या हो । यहाँ दुईवटा ओपिडीबाट दैनिक ४० देखि १६० जनासम्म बिरामीले सेवा लिने गरेका छन्भने थेरापीतर्फ ३० जनाले सेवा लिने गरेको अस्पतालले जनाएको छ ।

त्यसैगरी, यहाँ नेपाल–भारत सीमावर्ती क्षेत्रका साथै लखनऊबाट समेत भारतीय नागरिकले यस अस्पतालबाट उपचार सेवा लिएका छन् । त्यसमध्ये विगत एक वर्षको अवधिमा उपचार गराएका भारतीय बिरामीको जम्मा सङ्ख्या १५१ रहेको छ । त्यसमध्ये ओपिडीबाट ११३ जनाले सेवा लिएको अस्पतालका आयुर्वेद चिकित्सक ढकालको भनाइ छ । जसमा महिलाहरुको सङ्ख्या ६४ र पुरुषको सङ्ख्या ४९ रहेको छ ।

त्यसैगरी, भर्ना भएर उपचार गराएका ३८ भारतीय बिरामीहरुमा महिला २१ र पुरुष १७ रहेका छन् । रुपन्देहीको बुटवल–११ मा रहेको १५ शय्याको सो चिकित्सालयले परम्परागत आयुर्वेद उपचार पद्धतिमार्फत यस क्षेत्रको स्वास्थ्य सेवामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । पञ्चकर्म विशेष अस्पतालका रुपमा चिनिने यो चिकित्सालय लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय र स्वास्थ्य निर्देशनालयअन्तर्गत सञ्चालित छ ।

विसं २०४३ मा लुम्बिनी आयुर्वेद औषधालयको रूपमा स्थापना भएको यो संस्था २०७५ सालमा लुम्बिनी प्रदेश सरकारद्वारा नाम परिवर्तन गरी लुम्बिनी आयुर्वेद चिकित्सालय बनाइएको हो । अस्पतालमा बिरामीको सङ्ख्या बढ्दै गए पनि जनशक्तिको चरम अभाव रहेको छ । अस्पतालले दिने सेवा दिनहुँ प्रभावकारी बन्दै जाँदा चिकित्सकलाई हम्मेहम्मे छ । विसं २०४३ कै दरबन्दीअनुसार अस्पताल सञ्चालन भइरहेको छ । विसं २०४३ मा सात जनाको दरबन्दीमा अस्पताल सुरु भएको थियो भने त्यो हालसम्म पनि कायम छ । अस्पताल पछिल्लो समय सबै प्रकारका कर्मचारी गरी ३२ जनाबाट निरन्तर सञ्चालनमा छ ।

अस्पतालमा औषधि अभाव र शल्यक्रिया विभागको अभावले चुनौती थपिएका छन् । निःशुल्क प्रदान गरिने औषधिका लागि बजेट अभाव रहेको अस्पतालको गुनासो छ । यसका बाबजुद पनि बिरामीलाई गुणस्तरीय सेवा दिन चिकित्सालय कटिबद्ध रहेको चिकित्सकहरु बताउँछन् ।

अत्याधुनिक उपकरण र वैज्ञानिक अध्ययनको प्रयोगमार्फत मौलिक आयुर्वेद चिकित्सा पद्धतिलाई प्रवद्र्धन गर्दै लुम्बिनी आयुर्वेद चिकित्सालय रुपन्देहीको स्वास्थ्य सेवा क्षेत्रमा अग्रणी संस्था बन्न सफल हुँदै आएको चिकित्सकको दाबी छ । यसको सेवा विस्तार, सामुदायिक संलग्नता र भविष्यका योजनाहरूले यस क्षेत्रका बासिन्दालाई स्वस्थ तथा सन्तुलित जीवन बिताउन थप सहयोग पु¥याउने अपेक्षा गरिएको चिकित्सालयका निमित्त कार्यालय प्रमुख गणेशप्रसाद सापकोटाले बताउनुभयो ।

आयुर्वेदको पञ्चकर्म पद्धतिलाई अघि बढाउन चिकित्सालयले अनुगमन गर्नेगरी रुपन्देहीका चार पालिकामा आरोग्य केन्द्र सञ्चालनमा छन् । सैनामैना, लुम्बिनी सांस्कृतिक र देवदह नगरपालिका तथा सियारी गाउँपालिकामा आरोग्य केन्द्र सञ्चालनमा छन् ।

यसैगरी, रुपन्देहीका छ पालिकामा स्थानीय तहले हेर्ने गरी र चिकित्सालयकै अनुगमन हुनेगरी आयुर्वेदिक औषधालय सञ्चालन भइरहेका छन् । तिलोत्तमा नगरपालिका तथा गैडहवा, मायादेवी, कोटहीमाई, कञ्चन र शुद्धोधन गाउँपालिकामा सञ्चालन भइरहेको कार्यालय प्रमुख सापकोटाको भनाइ छ ।

यस विषयमा लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले अस्पतालको सेवा अझ प्रभावकारी बनाउन अस्पतालको थप भवन बन्दै गरेको बताउनुभयो । उहाँले अस्पतालको सेवा थप प्रभावकारी बनाउन मन्त्रालय लागिपरेको र यसका लागि बजेटसमेत विनियोजन गरेको जनाउनुभयो । रासस

शुक्रबार, असार १३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.