• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

प्रभावकारी बन्दै लुम्बिनी आयुर्वेद चिकित्सालयको सेवा

  •  शुक्रबार, असार १३, २०८२ मा प्रकाशित

तिलोत्तमा (रुपन्देही) । बुटवल उपमहानगरपालिका–९ की ३६ वर्षीय ललिता भुसाल ढाडको नसा च्यापिएको समस्याले विगत दुई वर्षदेखि ग्रस्त हुनुहुन्थ्यो । उहाँ उपचारका लागि बुटवलका विभिन्न अस्पताल र काठमाडौँ पनि पुग्नुभयो ।

महिनौँसम्म बसेर उपचार गरे पनि उहाँलाई निको भएन । जब पछिल्लो समय उहाँले लुम्बिनी आयुर्वेद चिकित्सालयका बारेमा थाहा पाउनुभयो, उपचारका लागि उहाँ त्यहीँ पुग्नुभयो । करिब एक हप्ता अस्पतालमै बसेर उपचार गरेपछि अहिले उहाँलाई आराम मिलेको छ । उहाँ भन्नुहुन्छ, “अन्यत्र समय र पैसा दुवै खर्च भयो, तर यहाँ आइसकेपछि शरीर झम्झमाउने र दुख्ने समस्या हट्दै गएको छ, यहाँ हरेक प्रकारका रोगको उपचार हुने रहेछ, जडीबुटीयुक्त तेलद्वारा उपचार हुने रहेछ ।”

यस्तै तिलोत्तमा–१ कि पदमकुमारी पन्थ विगत दुई वर्षअघिबाट निरन्तर खोकीले ग्रस्त हुनुहुन्थ्यो । उहाँलाई जब केही खानेकुरा खान थाल्यो खोकी लागेर सकसै हुन्थ्यो । त्यसको उपचारका लागि बुटवल र चितवनलगायतका विभिन्न स्थान चहारेर बसेकी उहाँ पछिल्लो तीन महिनादेखि बुटवल–११ मा रहेको लुम्बिनी आयुर्वेद चिकित्सालयमा जान थाल्नुभएको छ । उहाँको पनि त्यहाँ उपचारपछि खोकी आधा सञ्चो भएको छ् । अहिले त्यहाँको उपचार र औषधिले धेरै राहत मिलेको उहाँको भनाइ छ ।

त्यसैगरी बुटवल–११ कालिका नगरकी ४९ वर्षीय अमृता पराजुली विगत छ वर्षदेखि निन्द्रा नलाग्ने समस्याबाट ग्रसित हुनुहुन्थ्यो । उहाँ दिनमा अत्यन्तै व्यस्त भए पनि रातिमा निदाउनै नसक्ने हुनुहुन्थ्यो । उपचारका लागि बुटवल र काठमाडौँ पनि गएको तर कहीँ पनि उहाँको समस्या समाधान हुन सकेन । अहिले सो आयुर्वेद औषधालय आएपछि सञ्चो लागेको उहाँ बताउनुहुन्छ ।

शिरोधारा एउटा स्थापित आयुर्वेदिक पद्धति हो । यसमा ब्राह्मी, शङ्खपुस्पी, जटामासी, यस्टीमधु जस्ता औषधियुक्त तेल वा अन्य औषधियुक्त झोललाई निरन्तर धाराका रुपमा निश्चित समयसम्म निधारमा प्रवाह गरिन्छ । विशेष गरेर मनतातो औषधियुक्त तिलको तेल, दूध, तक्र (मोही) आदि विभिन्न अवस्थाअनुसार प्रयोग गरिन्छ ।

शिरोधाराले एकसाथ धेरै कार्य गर्छ । शिरोधारा निधारको बीचमा दिइन्छ । यो तेस्रो नेत्रको स्थान हो र यसलाई ज्ञानको केन्द्र पनि भनिन्छ । तसर्थ यसले ज्ञानको क्षेत्र फराकिलो बनाउन तथा स्मृति सम्पन्न बनाउन मद्दत गर्छ । यसले शिरमा कमी रहेका तत्वहरुको पोषण गर्नाका साथै मस्तिष्कका केन्द्र तथा ग्रन्थीलाई सक्रिय पारी शरीरलाई सन्तुलित र स्वस्थ राख्छ । यति मात्र होइन, शान्त वातावरणमा निरन्तर स्निग्ध धारा प्रवाहले मनलाई शान्त गर्ने र आनन्दको अनुभूति दिलाउने अस्पतालका आयुर्वेद चिकित्सक योगेश ढकाल बताउनुहुन्छ ।

यसैगरी, बुटवल–११ देवीनगरकै सीतादेवी विश्वकर्मा हातको औँला दुखेर हैरान हुनुहुन्थ्यो । विगत २÷३ महिनादेखि दुखाइ सहिरहेकी उहाँ पाँच दिनअघि सो अस्पतालमा पुगेर उपचार गराइरहनुभएको छ । उहाँको पनि दुखाइको समस्या केही समाधान हुँदै गएको छ ।

यसैगरी, तनहुँको रानी पोखरी गाउँपालिका–१ का जङ्गबहादुर श्रेष्ठ हाल बुटवल–११ मा बसोबास गर्नुहुन्छ । उहाँले अस्पतालको बारेमा कतैबाट जानकारी पाएर सो अस्पतालमा पुगेको बताउनुभयो । बुटवल–१३ की जया थापा पनि तीन वर्षदेखि घुँडाको समस्या झेल्दै आउनुभएको छ । त्यहाँ उपचार गरी निको भएकाहरुबाट अस्पतालका बारेमा थाहा पाएपछि जया पनि त्यहीँ पुगेको उहाँ बताउनुहुन्छ ।

यसैगरी, बुटवल–११ की इन्द्राकुमारी विकले पनि अरूका विभिन्न रोग निको भएको थाहा पाएर त्यहाँ पुगेको बताउनुभयो । हात निरन्तर दुई महिनादेखि दुखिरहेकाले सञ्चो हुने आशाले सो अस्पतालमा सेवा लिन पुगेको उहाँ नयाँ बिरामी हुनुहुन्छ ।

ललिता, पदम कुमारी, अमृतालगायत माथिका पात्र केही उदाहरण मात्र हुनुहुन्छ । विभिन्न रोगले ग्रस्त भएका बिरामी बुटवल–११ मा रहेको लुम्बिनी आयुर्वेद चिकित्सालयमा पुगेपछि निकै राहत भएको बताउँछन् । यो अस्पताल र अस्पतालले दिने सेवाप्रति पछिल्लो समय नेपालीसँगै भारतीय नागरिकको समेत विश्वास बढ्दै गएको पाइन्छ ।

आर्थिक वर्ष २०८०÷८१ मा कूल ४० हजार ७८५ बिरामीले सेवा लिएको अस्पतालको तथ्याङ्कमा छ । यसमध्ये २२ हजार ३२७ पुरुष थिए भने १८ हजार ४५८ सेवा लिएका महिलाको सङ्ख्या हो । यहाँ दुईवटा ओपिडीबाट दैनिक ४० देखि १६० जनासम्म बिरामीले सेवा लिने गरेका छन्भने थेरापीतर्फ ३० जनाले सेवा लिने गरेको अस्पतालले जनाएको छ ।

त्यसैगरी, यहाँ नेपाल–भारत सीमावर्ती क्षेत्रका साथै लखनऊबाट समेत भारतीय नागरिकले यस अस्पतालबाट उपचार सेवा लिएका छन् । त्यसमध्ये विगत एक वर्षको अवधिमा उपचार गराएका भारतीय बिरामीको जम्मा सङ्ख्या १५१ रहेको छ । त्यसमध्ये ओपिडीबाट ११३ जनाले सेवा लिएको अस्पतालका आयुर्वेद चिकित्सक ढकालको भनाइ छ । जसमा महिलाहरुको सङ्ख्या ६४ र पुरुषको सङ्ख्या ४९ रहेको छ ।

त्यसैगरी, भर्ना भएर उपचार गराएका ३८ भारतीय बिरामीहरुमा महिला २१ र पुरुष १७ रहेका छन् । रुपन्देहीको बुटवल–११ मा रहेको १५ शय्याको सो चिकित्सालयले परम्परागत आयुर्वेद उपचार पद्धतिमार्फत यस क्षेत्रको स्वास्थ्य सेवामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । पञ्चकर्म विशेष अस्पतालका रुपमा चिनिने यो चिकित्सालय लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय र स्वास्थ्य निर्देशनालयअन्तर्गत सञ्चालित छ ।

विसं २०४३ मा लुम्बिनी आयुर्वेद औषधालयको रूपमा स्थापना भएको यो संस्था २०७५ सालमा लुम्बिनी प्रदेश सरकारद्वारा नाम परिवर्तन गरी लुम्बिनी आयुर्वेद चिकित्सालय बनाइएको हो । अस्पतालमा बिरामीको सङ्ख्या बढ्दै गए पनि जनशक्तिको चरम अभाव रहेको छ । अस्पतालले दिने सेवा दिनहुँ प्रभावकारी बन्दै जाँदा चिकित्सकलाई हम्मेहम्मे छ । विसं २०४३ कै दरबन्दीअनुसार अस्पताल सञ्चालन भइरहेको छ । विसं २०४३ मा सात जनाको दरबन्दीमा अस्पताल सुरु भएको थियो भने त्यो हालसम्म पनि कायम छ । अस्पताल पछिल्लो समय सबै प्रकारका कर्मचारी गरी ३२ जनाबाट निरन्तर सञ्चालनमा छ ।

अस्पतालमा औषधि अभाव र शल्यक्रिया विभागको अभावले चुनौती थपिएका छन् । निःशुल्क प्रदान गरिने औषधिका लागि बजेट अभाव रहेको अस्पतालको गुनासो छ । यसका बाबजुद पनि बिरामीलाई गुणस्तरीय सेवा दिन चिकित्सालय कटिबद्ध रहेको चिकित्सकहरु बताउँछन् ।

अत्याधुनिक उपकरण र वैज्ञानिक अध्ययनको प्रयोगमार्फत मौलिक आयुर्वेद चिकित्सा पद्धतिलाई प्रवद्र्धन गर्दै लुम्बिनी आयुर्वेद चिकित्सालय रुपन्देहीको स्वास्थ्य सेवा क्षेत्रमा अग्रणी संस्था बन्न सफल हुँदै आएको चिकित्सकको दाबी छ । यसको सेवा विस्तार, सामुदायिक संलग्नता र भविष्यका योजनाहरूले यस क्षेत्रका बासिन्दालाई स्वस्थ तथा सन्तुलित जीवन बिताउन थप सहयोग पु¥याउने अपेक्षा गरिएको चिकित्सालयका निमित्त कार्यालय प्रमुख गणेशप्रसाद सापकोटाले बताउनुभयो ।

आयुर्वेदको पञ्चकर्म पद्धतिलाई अघि बढाउन चिकित्सालयले अनुगमन गर्नेगरी रुपन्देहीका चार पालिकामा आरोग्य केन्द्र सञ्चालनमा छन् । सैनामैना, लुम्बिनी सांस्कृतिक र देवदह नगरपालिका तथा सियारी गाउँपालिकामा आरोग्य केन्द्र सञ्चालनमा छन् ।

यसैगरी, रुपन्देहीका छ पालिकामा स्थानीय तहले हेर्ने गरी र चिकित्सालयकै अनुगमन हुनेगरी आयुर्वेदिक औषधालय सञ्चालन भइरहेका छन् । तिलोत्तमा नगरपालिका तथा गैडहवा, मायादेवी, कोटहीमाई, कञ्चन र शुद्धोधन गाउँपालिकामा सञ्चालन भइरहेको कार्यालय प्रमुख सापकोटाको भनाइ छ ।

यस विषयमा लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले अस्पतालको सेवा अझ प्रभावकारी बनाउन अस्पतालको थप भवन बन्दै गरेको बताउनुभयो । उहाँले अस्पतालको सेवा थप प्रभावकारी बनाउन मन्त्रालय लागिपरेको र यसका लागि बजेटसमेत विनियोजन गरेको जनाउनुभयो । रासस

शुक्रबार, असार १३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.