• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
सोमबार, साउन ११, २०८३
सोमबार, साउन ११, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर
  • ५ मिनेट 

सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
  • १३ मिनेट 

दुई हजार एम्बुलेन्स थन्किए
  • १७ घण्टा 

भरतपुर आँखा अस्पताल ठोरीमा ९७ प्रतिशत भारतीय बिरामी
  • १७ घण्टा 

डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द
  • १८ घण्टा 

नारायणी अस्पताल घटनाबारे छानविन गर्न समिति गठन
  • १९ घण्टा 

सुरक्षा जाँच छल्ने प्रयास असफल, लागूऔषधसहित युवक पक्राउ
  • २३ घण्टा 

राप्ती शान्ति उद्यानमा प्रत्येक शनिबार निःशुल्क आँखा जाँच सेवा
  • २४ घण्टा 

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ३. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ४. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ५. मीना सुनारको उद्धार

  • ६. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ७. जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस

  • ८. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

  • ९. अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

स्वास्थ्य सेवाका लागि आवश्यक बजेट विनियोजन भएको छ : मन्त्री पाण्डे

  •  मङ्गलबार, असार १७, २०८२ मा प्रकाशित

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीकातर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले स्वास्थ्य सेवामा सर्वव्यापी पहूँच पुर्‍याउने लक्ष्य, स्वीकृत आवधिक योजना र प्रगतिलाई कायम गर्न प्रभावकारी कार्यक्रमको निरन्तरता र नविनतम कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरिएको बताउनुभएको छ ।

राष्ट्रियसभामा विनियोजन विधेयक २०८२ अन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमाथि उठेका प्रश्नको जवाफ दिँदै उहाँले स्वास्थ्य तथा जनसङ्ख्या क्षेत्रमा नेपाल सरकारले पक्ष राष्ट्र भई जनाएका दिगो विकास लक्ष्य आदि अन्तरराष्ट्रिय प्रतिबद्धता पूरा गर्न आवश्यक बजेट विनियोजन गरिएको स्पष्ट पार्नुभयो । मन्त्री पाण्डेले भन्नुभयो, “संविधानले स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकका रूपमा स्थापित गरेको छ । जस अनुरूप स्वास्थ्य सेवाका सबै अङ्क (स्वास्थ्य प्रवर्द्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक र पुनःस्थापनात्मक) विशिष्टकृत विधा र उपचार पद्धतिको समूचित विकास तथा विस्तारद्वारा स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि गर्न गराउने गरी आगामी आवका लागि आवश्यक विनियोजन गरिएको छ ।”

सरकारले आगामी आर्थिक वर्षका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका लागि जम्मा रु ९५ अर्ब ८१ करोड विनियोजन गरिएकोमा सङ्घ सरकारमा ५५ अर्ब ३९ करोड, प्रदेश सरकार ६ अर्ब ५३ करोड र स्थानीय तह ३४ अर्ब ३२ करोड विनियोजन भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीकोतर्फबाट उहाँले जानकारी दिनुभयो । सघन जलनको उपचार, मुटु, मिर्गाैला प्रत्यारोपण, क्यान्सरलगायत विशिष्टकृत सेवाहरू सातै प्रदेशका एक एक सङ्घीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट हुनेगरी व्यवस्था गरिएकोसमेत उहाँले बताउनुभयो । मन्त्री पाण्डेले भन्नुभयो, “जटिल रोगको उपचार र सरकारी अस्पतालमा विशेषज्ञ सेवा विस्तारका साथै सेवा क्षमता अभिवृद्धिका लागि विशेष योजना लागू गरिएको कुरा जानकारी गराउन चाहान्छु ।”

उहाँले ठूला सङ्घीय अस्पतालको क्षमता विस्तार गरी स्वास्थ्य सेवा प्रवाहलाई थप विस्तार गर्न अस्पताल पूर्वाधार निर्माण र औँजार उपकरणका लागि बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । मन्त्री पाण्डेले भन्नुभयो, “आधारभूत स्वास्थ्य सेवालाई तीनै तहका सरकार मिलेर थप व्यवस्थित र प्रभावकारी बनाउन सहकार्यगत प्रणाली विकास गरिनेछ, साथै विशिष्टकृत सेवालाई देशका सबै भूगोल र क्षेत्रका नागरिकको सहज पहुँचमा पुर्‍याउन क्रमशः सेवा विस्तार गरिनेछ ।”

डेङ्गुरोग नियन्त्रणका लागि राष्ट्रिय एकीकृत कार्ययोजना तयार भई लागू भएको जनाउँदै उहाँले औलो प्रभावित स्थानका लागि लक्षित वर्गका लागि झुल वितरण र घरभित्रै विषादी छिड्काउनेसम्बन्धी निर्देशिका जारी गरी कार्यान्वयनमा ल्याएको जानकारी गराउनुभयो । मन्त्री पाण्डेले भन्नुभयो, “एकीकृत निगरानी प्रणालीको प्रयोग गर्न डेङ्गु रोगको रोकथामका लागि EWARS/SORMAS मार्फत निगरानी भइरहेको, सङ्घीय, प्रादेशिक, जिल्ला, तथा स्थानीयस्तरमा द्रुत प्रतिकार्य टोलीलाई तयारी अवस्थामा राखिएको, साउन महिनालाई डेङ्गी सचेतना महिना मनाई विभिन्न सचेतना तथा प्रतिकार्य गतिविधि सञ्चालन भइरहेका छन् ।”

उहाँले त्रिवी शिक्षण अस्पताल र वीर अस्पताललगायतका सबै सरकारी अस्पतालको सेवा प्रवाहको गुणस्तर अभिवृद्धि गराउन पेजिङ, अस्पताल नेभिगेशन चार्ट, शल्यक्रियाको पालोको समय घटाउने, अनलाइन टिकट तथा भुक्तानी, एक्से रे फिल्मको व्यवस्था र दुई सिफ्टमा स्वास्थ्य सेवा र अस्पतालमा बिमा सेवाको कडाइका साथ पालना गराइएको पनि जानकारी दिनुभयो ।

मङ्गलबार, असार १७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
दुई हजार एम्बुलेन्स थन्किए

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

अत्यावश्यक औषधि उत्पादनको समझदारी

कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

मीना सुनारको उद्धार

ताजा

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु

दुई हजार एम्बुलेन्स थन्किए

भरतपुर आँखा अस्पताल ठोरीमा ९७ प्रतिशत भारतीय बिरामी

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.