• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ५ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ५ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ७ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • ८ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • ८ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • ८ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १० घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १० घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १० घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

आयुर्वेद उपचार पद्धतिलाई प्राथमिकता दिनुपर्नेमा जोड

  •  शनिबार, असार २१, २०८२ मा प्रकाशित

पाटन (ललितपुर) । आयुर्वेद उपचार पद्धतिलाई प्राथमिकता दिनुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन् । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ तथा नेपाल पत्रकार महासङ्घद्वारा आज काठमाडौँमा आयोजित अन्तरक्रिया एवं तनाव व्यवस्थापन कार्यक्रममा वक्ताहरूले यस्तो जोड दिनुभएको हो ।

कार्यक्रममा चिकित्सालय सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष ध्रुवराज न्यौपानेले कम मूल्यमा प्रभावकारी सेवा प्रदान हुने आयुर्वेद उपचार पद्धतिलाई उपचारका लागि पहिलो रोजाइमा पर्ने गरी विकास गरिनुपर्ने बताउनुभयो । “एलोपेथिक उपचार पद्धतिभन्दा आयुर्वेद सस्तो, प्रभावकारी र लाभदायक छ, तर यस क्षेत्रमा राज्यको ध्यान पुगेको छैन र पर्याप्त बजेट व्यवस्थापन गर्न सकिएको छैन । सञ्चारमाध्यमले यसको प्रभावकारिताका लागि व्यवहारिक अभ्याससहित पक्षपोषण र सचेतनाका लागि जोड दिनुपर्छ”, उहाँले भन्नुभयो ।

आयुर्वेदिक डा महेश्वर भट्टले स्वास्थ्य समाजका लागि मानिसको मानसिक स्वास्थ्य महत्त्वपूर्ण हुने भन्दै मानसिक रूपमा स्वास्थ्य रहने व्यक्तिको सोचाइ सधैँ सकारात्मक हुने धारणा राख्नुभयो । उहाँले तनावका कारण हुने समस्या, तनाव व्यवस्थापन गर्ने विधि र उपायबारे जानकारी गराउनुभयो ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य ललिता शाहले आयुर्वेदिक चिकित्सा उपचार पद्धतिले नेपालीलाई सबल, सक्षम र निरोगी बनाउन सकिने भन्दै यसको प्रचारप्रसार र प्रवर्द्धनमा लाग्नुपर्नेमा जोड दिनुभयो । नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेशका कोषाध्यक्ष सञ्जीव शुभचिन्तक, कार्यसमिति सदस्य उमा शर्मालगायतले पत्रकारहरूको काम गर्ने समयको असीमितता र अनिश्चितताका कारण तनाव अत्यधिक हुने भन्दै यस्ता कार्यक्रमले त्यसको व्यवस्थापनमा सकारात्मक भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

चिकित्सालय काठमाडौँले चालु आर्थिक वर्षमा २३ हजार ८२३ जनालाई पञ्चकर्म, शल्यक्रिया, योग, ज्येष्ठ नागरिक सेवा, स्तनपायी आमाको सेवा, अकुपन्चर, फिजियोथेरापीलगायत सेवा प्रदान गरेको डा चन्द्रवली शाहले जानकारी दिनुभयो । चिकित्सालयको आफ्नै जग्गा तथा भवन नहुँदा सेवा प्रवाहमा कठिनाइ आवश्यक जनशक्ति दरबन्दीको अभावमा कार्य सञ्चालनमा समस्या भइरहेको उहाँको भनाइ थियो । रासस

शनिबार, असार २१, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.