• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १३ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १३ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १५ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १५ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १६ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १६ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १८ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १८ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १८ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति

  •  आइतबार, असार २२, २०८२ मा प्रकाशित

लुम्बिनी । लुम्बिनी प्रादेशिक अस्पतालको निर्माणाधीन अत्याधुनिक भवनको आज उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निरीक्षण गर्नुभएको छ । उपप्रधान तथा अर्थमन्त्री पौडेलले भवन निर्माणस्थलको अवलोकनसँगै हालसम्म भएका प्रगतिविवरणबारे जानकारी लिनुभयो ।

पूर्वाधार विकास प्राधिकरण लुम्बिनी प्रदेशका प्रमुख कार्यकारी अधिकृत इञ्जिनियर छविराज पोखरेलले निर्माणाधीन अस्पताल भवन निर्माणकाबारेमा जानकारी दिँदै निर्धारित समयभन्दा एक वर्षअघि नै योजना सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँका अनुसार देशकै सबैभन्दा ठूलो र अत्याधुनिक सुविधासहितको बुटवलस्थित प्रादेशिक सरकारी अस्पतालको भवन निर्माण कार्य २६ प्रतिशतभन्दा बढी प्रगति भएको छ ।

सो अवसरमा अर्थमन्त्री पौडेलले प्रतिबद्धताअनुसार गुणस्तरमा सम्झौता नगरिकन समयमै भवन निर्माण गर्न निर्देशन दिनुभयो ।

प्रमुख कार्यकारी अधिकृत पोखरेलले भवनको बेसमेन्ट तयारी र क्यान्सर भवनको ढलान कार्य सम्पन्न भइसकेको, अस्पतालको मुख्य भवनको दायाँबायाँ र बीच भागमा बेसमेन्टको काम सम्पन्न भइसकेको जानकारी दिनुभयो ।

यसैगरी, प्राधिकरणका साइट इञ्चार्ज शङ्कर सुवेदीले दोस्रो बेसमेन्ट र बायाँतर्फको पहिलो बेसमेन्टको ढलान सकिएको तथा क्यान्सर उपचार भवनको ¥याफ्ट फाउन्डेसनको ढलानसमेत पूरा भइसकेको बताउनुभयो ।

अस्पतालको स्थलगत निरीक्षणमा उपप्रधानमन्त्री पौडेलका साथ लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लीला गिरी, पूर्वस्वास्थ्यमन्त्री तथा प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ, नेकपा एमाले पोलिटब्युरो सदस्य दधीराम न्यौपाने, एमाले लुम्बिनी प्रदेश सदस्य गोपाल रानालगायत सहभागी हुनुहुन्थ्यो ।

लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजनाका रुपमा रहेको सो अस्पताल भवन निर्माणका लागि दुई भवन, उपकरण र आन्तरिक व्यवस्थापनसहित लागि रु आठ अर्ब ९९ करोड ७५ लाख ६४ हजार १९९ को लागत ‘इष्टिमेट’ रहेको छ ।

भवन निर्माणको जिम्मावारी भारतीय कम्पनी क्याम्पासाइट र नेपाली कम्पनी आशिष कन्स्ट्रक्सन र रेलिगेर सम्मिलित संयुक्त संस्थाले पाएको छ । अस्पताल भवन निर्माण प्रक्रियाअन्तर्गत २०८० पुस २६ गते सम्झौता भई माघ १८ गतेदेखि निर्माण कार्य सुरु भएको हो ।

प्राधिकरणका साइट इञ्जिनियर सुवेदीले पाँच वर्षको म्याद अर्थात् २०८५ पुस २५ गतेभित्र रु छ अर्ब १८ करोडमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको जानकारी दिनुभयो ।

उक्त प्रादेशिक अस्पताल भवन १२ तलाको हुनेछ । तल्लो दुई तलामा व्यवस्थित पार्किङ, अगाडि भागमा अन्तरङ्ग सेवा (ओपिडी), आपत्कालीन सेवा (इमर्जेन्सी) र माथिल्ला तलामा एक हजार २०० शय्यासहितको सुविधासम्पन्न उपचार कक्ष रहने प्राविधिक नापनक्साबमोजिम भवन निर्माणको काम तीव्रगतिमा भइरहेको इञ्जिनियर पोखरेलले सो अवसरमा जानकारी दिनुभयो । रासस

आइतबार, असार २२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.