• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १४ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १५ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १७ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १७ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १८ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १८ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १९ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • २० घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • २० घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ९. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • १०. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

लहानमा ‘सुत्केरी तथा गर्भवती पोषण प्याकेज कार्यक्रम’

  •  सोमबार, असार २३, २०८२ मा प्रकाशित

सिरहा । लहान नगरपालिकाले तीन वर्षअघिदेखि सञ्चालन गर्दै आएको ‘सुत्केरी तथा गर्भवती पोषण प्याकेज कार्यक्रम’ अहिले प्रभावकारी रूपमा अघि बढिरहेको छ ।

नगरपालिकाका २४वटै वडामा ‘रोटेसन’को आधारमा प्रत्येक महिनाको २२ गते गर्भवती तथा सुत्केरीलाई पोषण प्याकेज वितरण गरिँदै आएको छ । आइतबार वडा नं २२ मा आयोजित कार्यक्रममा नगरप्रमुख महेशप्रसाद चौधरीले ४५ जनालाई पोषण प्याकेज हस्तान्तरण गर्नुभयो । उहाँका अनुसार यो कार्यक्रम गत स्थानीय तहको निर्वाचनअघि जनतासँग गरिएको प्रतिबद्धता अनुसार सुरु गरिएको हो ।
“सुत्केरी अवस्थामा पोषिलो आहार नपाउँदा बच्चाको पोषणमा गम्भीर असर पर्छ, जुन भविष्यका लागि खतरा हुन्छ । मैले नगरप्रमुखको जिम्मेवारी सम्हालेपछि एउटा स्वस्थ पुस्ता तयार पार्न, आमाहरूको स्वास्थ्य सुधार गर्न र कुपोषणको चक्र तोड्न यो कार्यक्रम सुरु गरेको हुँ,” उहाँले भन्नुभयो,“अहिले यो कार्यक्रमले जनस्तरमा निकै राम्रो प्रभाव पारेको देखिएको छ, त्यसैले आगामी दिनमा अझ प्रभावकारी बनाउँदै लैजाने योजना छ ।”

नगरपालिकाभित्र उल्लेख्य दलित र विपन्न समुदाय रहेकोले उनीहरूलाई लक्षित गर्दै कार्यक्रम बनाइएको हो । उहाँका अनुसार कार्यक्रमले हाल जनस्तरमा सकारात्मक प्रभाव पारिरहेको र आगामी दिनमा अझ व्यापक बनाइनेछ । कार्यक्रमको प्रभावबारे बोल्दै वडा नं २२ का वडाध्यक्ष गडुलबहादुर जर्घामगरले पनि यस योजनाले महिलाहरूमा स्वास्थ्य सचेतना बढेको बताउनुभयो ।

“पहिला गर्भवती र सुत्केरीहरू स्वास्थ्य संस्थामा नियमित जाँच गर्न जाँदैनथे,” उहाँले भन्नुभयो, “अब पोषण प्याकेज पाउने प्रक्रियामा नियमित स्वास्थ्य जाँच अनिवार्य भएकाले उनीहरू स्वास्थ्य संस्थामा आउन थालेका छन्, जसले आमाको पनि स्वास्थ्य सुधार ल्याएको छ ।”

नगरपालिकाको स्वास्थ्य शाखाकी कर्मचारी रीता यादवका अनुसार यो कार्यक्रमले मातृ तथा शिशु स्वास्थ्यमा सकारात्मक असर पारेको छ ।पोषण प्याकेजमा चामल, दाल, नून, तेल, चना, मोटर, सोयाबिनलगायतका खाद्य सामग्री समावेश गरिएको छ । कार्यक्रमबाट लाभान्वित महिलाले आफूहरूले पाएको सहयोगले गर्भावस्था र सुत्केरी अवस्थाको चुनौती पार गर्न सजिलो भएको अनुभव बाँडेका छन् ।

‘बर्थिङ सेन्टर’ सञ्चालनमा आउने

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख चौधरीले यसै वडाको तरेगनामा यही वर्षदेखि ‘बर्थिङ सेन्टर’ सञ्चालनमा ल्याइने जानकारी दिनुभयो । नगरपालिकाको स्वास्थ्य शाखाले यस सम्बन्धमा आवश्यक सबै प्रक्रिया पूरा भइसकेको जानकारी दिएको छ ।

लहान नगरपालिकाको दुर्गम क्षेत्र मानिने तरेगनामा सञ्चालनमा आउन लागेको यो बर्थिङ केन्द्रबाट स्थानीय महिलाहरूलाई सुरक्षित र सहज प्रसूति सेवा उपलब्ध हुने अपेक्षा गरिएको छ । लहान नगर प्रमुख महेशप्रसाद चौधरीका अनुसार, वर्षायाममा सडक अवरुद्ध हुँदा रामकुमार उमाप्रसाद प्रादेशिक अस्पतालसम्म पुग्न नसक्ने अवस्थाले गर्दा गर्भवतीले समयमा सेवा नपाइ ज्यान गुमाउने जस्ता दुःखद घटना दोहोरिरहेकाले यो केन्द्रले अब स्थायी समाधान दिनेछ ।
नगर प्रमुख चौधरील भन्नुभयो,“बर्थिङ सेन्टर सञ्चालनमा आएपछि लहान–१६ को भसुवा, भमरेका गर्भवतीलाई अब सहरसम्म धाउनुपर्ने बाध्यता हट्नेछ । एमविवि एस डक्टरसहितको सेवा हुनेछ ।” उहाँका अनुसार केन्द्र सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण, जनशक्ति व्यवस्थापन र उपकरण तयारी अवस्थामा छन् ।यसबाट दुर्गम क्षेत्रमा सुरक्षित मातृत्व सेवा सुनिश्चित हुने विश्वास लहान नगरपालिकाले लिएको छ । रासस

सोमबार, असार २३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.