• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, भदौ २८, २०८३
आइतबार, भदौ २८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव
  • ५३ मिनेट 

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार
  • १ घण्टा 

बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित
  • ६ घण्टा 

बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा
  • ६ घण्टा 

गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवाः ६५ जना लाभान्वित
  • ६ घण्टा 

कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
  • ६ घण्टा 

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
  • २ दिन 

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
  • २ दिन 

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
  • २ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ६. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ७. विपद्पछि सरुवा रोगको प्रकोप

  • ८. नुवाकोटमा हैजाविरुद्धको खोप

  • ९. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • १०. क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

चिकित्सकका माग सम्बोधन गर्न सांसदको माग

  •  मङ्गलबार, असार २४, २०८२ मा प्रकाशित

काठमाडौँ । सांसदहरुले चिकित्सक माग सम्बोधन गर्न सरकारसमक्ष माग गर्नुभएको छ । आज बसेको राष्ट्रियसभाको बैठकमा उहाँहरूले चिकित्सक आन्दोलनका कारण बिरामीहरू अलपत्रमा परेकाले समयमै उनीहरूको माग सम्बोधन गर्न सुझाव दिनुुभएको हो ।

सांसद गोमादेवी तिमल्सेनाले भन्नुभयो “चिकित्सकहरूको समस्या चाँडै समाधान गर्नुपर्छ । बिरामीहरूको स्वास्थ्यमाथि खेलबाड गर्न मिल्दैन ।” उहाँले स्वास्थ्य क्षेत्रमा मात्र नभएर शिक्षा क्षेत्रमा पनि समस्या उस्तै रहेको बताउनुभयो । “शिक्षा विधेयक ल्याउने भनेर शिक्षकहरूलाई पटक–पटक झुक्याउने काम नगरौँ”, उहाँले भन्नुभयो ।

तिमल्सेनाले सुनचाँदी व्यवसायीहरू पनि आन्दोलनमा रहेकाले उनीहरूको समस्या समाधान गर्न सरकारलाई आग्रह गर्नुभयो ।

त्यसैगरी, सांसद पूजा चौधरीले केही वर्षयता स्वास्थ्य क्षेत्रमा द्विविधा पैदा भएको र संविधानले स्वास्थ्य सेवालाई मौलिक हकका रूपमा राखेको भए पनि गुणस्तरीय स्वास्थ्य सेवाको अभाव रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले चिकित्सकहरूको आन्दोलनका कारण बिरामीहरू अलपत्र छन् । चिकित्सकहरूको समस्या समाधानमा सरकारको ध्यान जान जरुरी छ ।”

सांसद श्रीकृष्णप्रसाद अधिकारीले पछिल्लो समय मुलुकका विभिन्न स्थानमा डेङ्गु फैलिएको र चिकित्सकहरूको आन्दोलनका कारण बिरामीहरू समस्यामा परेकाले सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले गत वर्षको विपद्बाट क्षति पुगेका पूर्वाधारहरूको अझैसम्म सुधार नभएको भन्दै समयमै सरकारको ध्यान जानुपर्ने बताउनुभयो । यस वर्ष पनि विपद्का घटनाहरू बढ्न सक्ने भएकाले पूर्वतयारी गर्न सुझाव दिनुभयो ।

सांसद नरबहादुर बिष्टले रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण रसुवागढीको मितेरी पुल समेत बगाएकाले सबै राजनीतिक दललाई एक ठाउँमा उभिएर विपद् व्यवस्थापनमा जुट्न आग्रह गर्नुभयो ।

यसैगरी, बैठकमा सांसद बिष्टले कर्णाली प्रदेशलाई विशेष प्रदेशका रूपमा घोषणा गर्न आग्रह गर्नुभयो । “कर्णाली प्रदेशका १० जिल्लाका आफ्नै प्रकारका विशेषता छन् । हुम्लाको लिमी उपत्यकामा रहेको गुम्बाको संरक्षण भएको छैन, त्यसलाई संरक्षण गरियोस् । अप्पर डोल्पालाई हिमाली सहरका रूपमा विकास गर्न बजेट विनियोजन आवश्यक छ,” उहाँले भन्नुभयो, “कर्णालीमा विभिन्न ताल र धार्मिकस्थल छन् । पर्यटकीय विकासका थुप्रै सम्भावना छन् । तर, पर्यटकहरूका लागि बस्न होटेल वा लजको व्यवस्था छैन । अब पर्यटन पूर्वाधारको विकास गर्नु आवश्यक छ ।”

सांसद तुलप्रसाद विश्वकर्माले निजामती विधेयकमा शब्द फेरबदल गरी थप शब्द राखिएकाले आवश्यक छानबिनको माग गर्नुभयो । उहाँले भन्नुभयो, “कुलिङ पिरियडसम्बन्धी शब्द हेरफेरले कर्मचारीतन्त्र र राजनीतिक नेतृत्वमा अविश्वास बढेको छ । आफूखुसी शब्द फेरबदल गर्नु सार्वभौम संसद्को अपमान हो र जालसाजी पनि हो ।”

सांसद बामदेव गौतमले इजरायल र प्यालेस्टाइन समस्या सम्बन्धमा सभाको ध्यानाकर्षण गराउनुभयो । रासस

मङ्गलबार, असार २४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव
जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार
बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

ताजा

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित

बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.