• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १२ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १२ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १२ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ६. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ७. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • १०. आँखा अस्पतालमा बिरामी बढे

सुई नपाउँदा छटपटिन्छन्, ‘हेमोफिलिया’का बिरामी

  •  शुक्रबार, असार २७, २०८२ मा प्रकाशित

तुलसीपुर (दाङ) । यहाँको तुलसीपुर उपमहानगरपालिका–७ स्थित रामबहादुर दहित लामो समयदेखि हेमोफिलियाका बिरामी हुनुहुन्छ । उहाँसँगै उहाँका तीन दाजुभाइ यो रोगबाट ग्रसित हुनुहुन्छ । तर, समयमा औषधि नपाउँदा वंशानुगत यो रोगबाट उहाँहरू छटिपटिनुपर्ने अवस्था छ । यो रोगको उपचारका लागि बुटवल वा काठमाडौँ जानुपर्ने अवस्था छ । “हामीले नजिकमा औषधि पाउँदैनौँ”, उहाँले भन्नुभयो, “यसका लागि काठमाडौँ वा बुटवल जानुपर्छ ।”

हप्तामा एकपटक बुटवल गएर ‘फ्याक्टर’ नामक औषधि सुईमार्फत दिनुपर्छ । कुनै कारणले शरीरबाट रगत बगेमा त्यो रोकिँदैन । त्यो रोक्न सुई नै लगाउनु पर्छ । तर, त्यो जिल्लामा नहुँदा बुटवल वा काठमाडौँ जानुपर्ने अवस्था छ । त्यसरी टाढा जाँदा बिरामी बाटोमै मृत्यु हुनसक्ने उहाँको भनाइ छ ।

फ्याक्टर पनि सहजै पाउन सक्ने अवस्था नभएको हेमोफिलिया पीडित शेरबहादुर चौधरीले गुनासो गर्नुभयो । “फ्याक्टर ल्याउन बुटवल जानुपर्छ, तर त्यहीँ पनि पाउन मुस्किल हुन्छ”, उहाँले भन्नुभयो ।

फ्याक्टर नामक सुईको मूल्य महँगो छ । तर, सरकारले अहिले निःशुल्क गरेको छ । लुम्बिनी प्रदेश सरकारले निःशुल्क गरे पनि औषधि आपूर्ति सहज छैन । सरकारले हेमोफिलियाका बिरामीलाई खासै चासो नदिएको उहाँले गुनासो गर्नुभयो ।

हाल लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र भेरी अस्पताल बाँकेमा पाइन्छ । दाङको तुलसीपुरमा मात्र छजना हेमोफिलियाका बिरामी हुनुहुन्छ । तुलसीपुर उपमहानगरपालिकाले हेमोफिलियाका बिरामीलाई सुई लगाउन बुटवल जाँदा सहज होस् भनी बर्सेनि आर्थिक सहयोग गर्ने गरेको छ । चालु आर्थिक वर्षमा मात्र पनि प्रतिबिरामी रु १५ हजारका दरले आर्थिक सहयोग गरेको उपमहानगरपालिका प्रमुख टीकाराम खड्काले बताउनुभयो ।

के हो हेमोफिलिया ?

हेमोफिलिया रगतसम्बन्धी आनुवंशिक रोग हो । प्रोटिनको कमीबाट हुने यो रोग लागेपछि शरीरमा चोट लाग्दा या छाला काट्दा रगत नजम्ने समस्या हुन्छ । जसका कारण शरीरबाट रगत धैरै बग्छ । यसैले यो रोगबाट बिरामीको मृत्युसमेत हुनसक्ने तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्द्धन महाशाखा प्रमुख ओमपी न्यौपानेले बताउनुभयो । “यो रोगको पूर्ण उपचार छैन । कुनै ठूलो चोट या दुर्घटनाका कारण हेमोफिलियाका रोगीको रगत बढी बग्ने सम्भावना भएकाले होसियार रहनुपर्छ”, उहाँले भन्नुभयो ।

यो रोग लागेका व्यक्तिको पिसाबमा रगत आउनु, गुदद्वारबाट रगत आउनु, सानो चोट लाग्दा पनि गहिरो घाउ हुनु, बिनाकारण शरीरमा घाउ हुनु, चोट लाग्दा धेरै रगत आउनु, बेलाबेलामा नाकबाट पनि रगत आउनु, जोर्नीमा पीडा हुनु, बच्चामा चिडचिडाहट हुनु, कयौँपटक आँखा धमिलो देखिनुजस्ता लक्षण हुन्छन् । रासस

शुक्रबार, असार २७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.