• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै

  •  शनिबार, असार २८, २०८२ मा प्रकाशित

भरतपुर । चितवनको रत्ननगरस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनाको अवधिमा एक लाख सात हजार ४३९ पटक स्वास्थ्य सेवा प्रदान गरेको जनाएको छ ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक विवरणअनुसार अस्पतालको बहिरङ्ग (ओपीडी) सेवाबाट ४४ हजार ९७२ जनाले सेवा लिएका छन् भने अल्ट्रासाउन्ड सेवा ५३ जना र अन्तरङ्ग सेवा ३२ जनाले लिएका छन् ।

अस्पतालले पूर्वकर्म÷पञ्चकर्ममार्फत ४१ हजार ४३९ सेवा प्रवाह गरेको जनाएको छ । अस्पतालकी प्रमुख डा कोपिला अधिकारीका अनुसार स्तनपायी आमालाई ८८१, जेष्ठ नागरिकलाई छ हजार ८०७, योग सेवामा एक हजार १३०, प्याथोलोजी सेवा छ हजार १६, नागरिक आरोग्य चार हजार २७०, अकुपञ्चर सेवा एक हजार सात र फिजियोथेरापी ८३२ पटक सेवा प्रदान गरिएको छ ।

सेवा लिनेमा महिलाको सङ्ख्या पुरुषभन्दा बढी रहेको प्रमुख अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “पुरुषको तुलनामा महिला नियमित रूपमा सेवा लिन आउनुहुन्छ । महिलामा आयुर्वेदप्रतिको आकर्षण बढी देखिएको छ ।”

चिकित्सालयअन्तर्गतको आयुर्वेद औषधि उत्पादन केन्द्रबाट हाल १० प्रकारका औषधि उत्पादन भइरहेको र अन्य औषधि सिंहदरबार वैद्यखानाबाट ल्याइने जानकारी दिइयो ।

अस्पतालमार्फत २७ प्रकारका गुणस्तरीय औषधि निःशुल्क वितरण गरिने गरिएको छ, जसले विशेषगरी नसर्ने रोगहरूको उपचारमा प्रभावकारी भूमिका खेलेको प्रमुख अधिकारीको भनाइ छ ।

बालबालिकालाई लक्षित गरी अस्पतालले प्रत्येक महिना स्वर्णबिन्दु प्राशन कार्यक्रम सञ्चालन गर्दै आएको छ । ६ महिनादेखि पाँच वर्ष उमेर समूहका बालबालिकालाई दिइने यो परम्परागत आयुर्वेदिक औषधिले प्रतिरक्षा प्रणाली सुदृढ बनाउने डा अधिकारीको भनाइ छ ।

डा अधिकारीका अनुसार शिवघाट, देवघाट, गुञ्जानगर, पटीहानी, माडी, मेघौली, डालेटार र वीरेन्द्रनगरमा आयुर्वेद औषधालय सञ्चालनमा छन् । भरतपुरको शिवनगरबाट जीवनशैली सेवा प्रदान गरिँदै आएको छ भने कालिका, खैरहनी र इच्छाकामनामा नागरिक आरोग्य केन्द्रमार्फत सेवा विस्तार गरिएको छ ।

कार्यक्रममा चिकित्सक डा सुमन खनाल र डा देवेन्द्रकुमार यादवले नयाँ भवनबाट सेवा प्रवाह गर्दा थप सुविधा पुगेको र सेवा गुणस्तरमा उल्लेखनीय सुधार आएको बताउनुभयो । उहाँहरूले आयुर्वेद सेवाको थप प्रचारप्रसार आवश्यक रहेकोमा जोड दिनुभयो ।

अस्पतालका अध्यक्ष राजेन्द्र अधिकारीले सञ्चारमाध्यममार्फत आयुर्वेदसम्बन्धी जानकारी जनस्तरसम्म पु¥याउन सके अझ बढी नागरिक लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो  । कार्यक्रममा पत्रकारले अस्पतालको सेवा र गुणस्तरबारे सुझाव र प्रतिक्रिया राखेका थिए । रासस

शनिबार, असार २८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.