• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, साउन ०९, २०८३
शनिबार, साउन ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १७ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १७ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १७ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • २ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • ३ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ६. आँखा अस्पतालमा बिरामी बढे

  • ७. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ८. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ९. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

हवाई उद्धारले दूर दराजका गर्भवतीको जीवनरक्षा

  •  मङ्गलबार, असार ३१, २०८२ मा प्रकाशित

ढोरपाटन (बागलुङ) । गत शनिबार बागलुङको बुर्तिबाङबाट एकैदिन दुई गर्भवतीलाई हवाई उद्धार गरी काठमाडौँ पुर्‍याइयो । सुत्केरी हुनका लागि प्रादेशिक अस्पतालमा बुर्तिबाङ आउनुभएकी ढोरपाटन नगरपालिका–८ की २३ वर्षीया देवी सुनारको अवस्था नाजुक थियो । ढोरपाटन उपत्यकामा बस्दै आउनुभएकी देवीलाई सुत्केरी व्यथा लागेपछि असार २७ गते बर्थिङ सेन्टरमा पु¥याइयो ।

बर्थिङ सेन्टरमा पुग्दा अवस्था जटिल बनेपछि स्वास्थ्यकर्मीले प्रादेशिक अस्पताल बुर्तिबाङमा प्रेषण सेवा (रेफर) गरेका थिए । अघिल्लो दिन ढोरपाटनबाट रेफर हुनुभएकी देवी २८ गते बिहानमात्रै बुर्तिबाङ अस्पतालमा आउनुभयो । अस्पतालका चिकित्सक अविनाश पोखरेलले हतारहतार उहाँको स्वास्थ्य परीक्षण गर्नुभयो । स्वास्थ्य परीक्षण गर्दा थाहा भयो की देवीको पेटमा बच्चा खेल्ने पानी सुकेको थियो । यस्तो अवस्थामा आमा र बच्चाको जोखिम हुनेहुँदा तत्काल विकलाई सुविधा सम्पन्न अस्पताल पठाउने निर्णय गरिएको डा पोखरेलले बताउनुभयो ।

स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशसहित अन्य निकायमा हेलिमार्फत उद्धारको प्रयास गरिरँदा ढोरपाटन नगरपालिका–५ की ३८ वर्षीया हुमी विक अस्पताल पुग्नुभयो । पेट दुखेर उपचारका लागि अस्पताल आएको बताउँदै उहाँले स्वास्थ्य परीक्षणपछि आफू गर्भवती छु भन्ने थाहा भएको उल्लेख गर्नुभयो ।

डा पोखरेलसहितको विकको स्वास्थ्य परीक्षण गरेसँगै शङ्कास्पद रिपोर्ट आएपछि उहाँको पिसाब परीक्षण गरियो । “उहाँको डेढ महिनाको बच्चा पाठेघरमा नभएर डिम्बबाहिनी नलीमा थियो । बच्चा पाठेघरभन्दा बाहिर बस्दा डिम्बबाहिनी नली फुटेको थियो । यस्तो अवस्थामा हुमीकोसमेत शल्यक्रिया गर्नुपर्ने हुँदा चिकित्सकले दुवै जनालाई हेलिमार्फत काठमाडौँस्थित पाटन अस्पतालमा पठाएको हो”, उहाँले भन्नुभयो ।

बुर्तिबाङ अस्पतालमा यस्तै प्रकृतिका समस्या भएका महिला समयसमयमा आइराख्ने अस्पतालकी नर्सिङ निरीक्षक पार्वती अर्यालले बताउनुभयो । देवी र हुमी दुवै जनाको बुर्तिबाङ अस्पतालमा शल्यक्रिया जटिल हुनेहुँदा हेलिमार्फत काठमाडौँ पठाइएको उहाँले जानकारी दिनुभयो ।

“अस्पतालमा खासगरी दूरदराजका बिरामी उपचार गर्न आउने गर्छन् । गाउँमा सामान्य क्लिनिकमा उपचार गर्दा निको नभएपछि बल्ल बजार झर्ने गर्छन् । अधिकांश गर्भवती गाउँमा बर्थिङ सेन्टरमा सुत्केरी हुन नसकेर अटिल अवस्थामा पुगेपछि मात्रै आउने गरेका छन्”, उहाँले भन्नुभयो ।

उहाँले भन्नुभयो, “यस वर्ष पनि धेरै गर्भवतीलाई हेलिकप्टरमार्फत पोखरा र काठमाडौँ पठाएका छौँ, कतिपयको यहाँ पनि शल्यक्रिया गरेर बच्चा निकाल्ने गरेका छौँ, यहाँ बढी उपकरण नहुँदा अली जटिल भएकालाई सुविधायुक्त अस्पतालमा पठाउने गरेका हौँ, यस क्षेत्रमा अझै पनि महिला घरमै सुत्केरी हुन्छन्, यहाँबाट पठाइएको दुई जनाको शल्यक्रिया सफल भएको छ, अहिले उहाँहरूको स्वास्थ्य सामान्य रहेको जानकारी पाएका छौँ ।”

बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई चालु आर्थिक वर्षदेखि प्रादेशिक अस्पतालका रूपमा स्तरोन्नति गरी सेवा दिन थालिए पनि अहिलेसम्म त्योअनुसारको सुविधा दिन सुरु भएको छैन । सोही कारणले यहाँबाट जटिल किसिमका गर्भवतीलाई हेलिमार्फत पोखरा काठमाडौँ पु¥याउनुपर्ने बाध्यता छ । बुर्तिबाङबाट मात्रै होइन सिङ्गो गण्डकी प्रदेशका विकट जिल्लाबाट गर्भवतीलाई हेलिकप्टरमार्फत उद्धार गरिँदै आइएको उहाँको भनाइ छ ।

“प्रदेशस्थित स्वास्थ्य मन्त्रालयका अनुसार चालु आवको एक वर्षमा ६५ जना गर्भवतीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । दूरदराजका गर्भवती बढी छन् । त्यसमध्ये बागलुङ जिल्लाबाट सबैभन्दा बढी गर्भवतीको उद्धार गरिएको छ । यस वर्ष बागलुङबाट मात्रै ३० जना गर्भवतीको हेलिकप्टरमार्फत उद्धार गरिएको हो”, पोखरेलले भन्नुभयो ।

सबैभन्दा कम मनाङ र पर्वतबाट उद्धार भएको स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशका मेडिकल रेकर्ड निरीक्षक बुद्धिसागर अधिकारीले जानकारी दिनुभयो । उक्त दुई जिल्लामा दुई÷दुई जना गर्भवतीको उद्धार भएको उहाँको भनाइ छ । अधिकारीका अनुसार म्याग्दीबाट १७, मुस्ताङबाट छ, गोरखाबाट चार र लमजुङबाट चार जनाको उद्धार गरिएको छ । कास्की, नवलपुर, स्याङ्जा र तनहुँ जिल्लाबाट एक जनाको पनिउद्धार गर्न नपरेको अधिकारीले बताउनुभयो ।

“यस वर्ष गण्डकी उद्धार गरेका अधिकांश गर्भवती दुर्गम ठाउँका छन्, अशिक्षा, गरिबी र चेतनाको अभावले गर्दा दुर्गम गाउँठाउँका महिलाले नियमित गर्भ परीक्षण नगर्दा एकैपटक सुत्केरी हुनेबेला जटिल समस्या देखिन्छ, त्यसपछि उद्धार गरेर सुविधायुक्त अस्पतालमा पठाउनुपर्ने हुन्छ”, अधिकारीले भन्नुभयो, “बर्थिङ सेन्टर व्यवस्थित गर्ने र सचेतनासम्बन्धी कार्यक्रम गरेर यो अवस्थालाई कम गर्न सकिन्छ, सुगम मानिएका जिल्लामा एक जनाको पनि उद्धार गर्नुपरेको छैन ।”

गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले नागरिकको जीवनरक्षा गर्ने जिम्मेवारी सकारको भएकले जटिल अवस्थाका गर्भवतीको हेलिकप्टरमार्फत उद्धार गर्दै आइएको बताउनुभयो । गण्डकी प्रदेशमा धेरै विकट ठाउँ रहेकाले ती सबै ठाउँमा विशिष्टिकृत सुविधा दिने अस्पताल नहुँदा जटिल अवस्थाका गर्भवतीलाई हेलिमार्फत उद्धार गर्नुपरेको उहाँको भनाइ छ । गण्डकी प्रदेश र सङ्घीय सरकारले नीति तथा कार्यक्रममै हेल उद्धारलाई समावेश गरेको उहाँले बताउनुभयो ।

मन्त्री पाठकले भन्नुभयो, “सबै बिरामीको हेलिकप्टरमा उद्धार हुँदैन, जो सुत्केरी हुन नसकेर ज्यान जोखिममा परेका हुन्छ त्यस्ता महिलालाई यो सुविधा दिनुपर्छ, नागरिकको जीवन बचाउने जिम्मा सरकारको हो, सबै ठाउँमा सुविधा सम्पन्न अस्पताल हुँदैन, एकैछिन उद्धार भएन भने अप्रिय घटना हुनसक्छ, कसैको ज्यानै नरहन सक्छ, त्यसले गर्दा सरकारले हेलिकप्टरमार्फत उद्धार गर्ने नीति ल्याएको हो ।” रासस

मङ्गलबार, असार ३१, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.