• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

जलजलामा प्रभावकारी बन्दै निःशुल्क एम्बुलेन्स सेवा

  •  शनिबार, साउन ०३, २०८२ मा प्रकाशित

पर्वत । यहाँको जलजला गाउँपालिकामा सञ्चालिन निःशुल्क एम्बुलेन्स सेवाबाट ज्येष्ठ नागरिक, गरिब, असहायका लागि वरदान सावित भएको छ । गत वर्ष मात्रै यस सेवाबाट लक्षित समूहका तीन सय २७ जना लाभान्वित भएका छन् । त्यसबाहेक छ सय ३१ जनाले सेवा लिएका गाउँपालिकाले जनाएको छ ।

यहाँ आर्थिक वर्ष विसं २०८१÷८२ मा गाउँपालिकाले एम्बुलेन्स सेवा सुरु गरेको थियो । गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले लक्षित वर्गलाई निःशुल्क र अन्यलाई सशुल्क सेवा दिने गरिएको बताउनुभयो । त्यस क्रममा निःशुल्कतर्फ गर्भवती र सुत्केरी ७० जना, ज्येष्ठ नागरिक ९९, गरिब र असहाय ११०, अपाङ्गता भएका पाँच र आर्थिक अवस्था कमजोर भएका अन्य ४३ जनाले सेवा लिएको गाउँपालिकाले जनाएको छ ।

“समस्या परेका र आर्थिक अवस्था कमजोर भएका नागरिक यसबाटै निकै लाभान्वित भएका छन् । समयमै उद्धार गरी धेरैको ज्यान जोगिएको छ । आगामी दिनमा यस सेवालाई थप प्रभावकारी बनाउँछौँ”, अध्यक्ष आचार्यले भन्नुभयो ।

गाउँपालिकाले अपाङ्गता भएका, ज्येष्ठ नागरिक, गर्भवती तथा सुत्केरी, गरिब तथा असहाय र अन्य विशेष गरी पाँच अवस्थाका नागरिकलाई लक्षित वर्गमा राखेको छ । यी वर्गमा पर्नेहरूले निःशुल्क रूपमा एम्बुलेन्स सेवा पाएका छन् । अन्य नागरिकले पनि सुलभ मूल्यमा एम्बुलेन्स सेवा लिइरहेका छन्, जसबाट रु ११ लाख तीन हजार ६२३ राजस्व सङ्कलन भएको प्रमुख प्रशासकीय अधिकृत हरिकृष्ण आचार्यले बताउनुभयो ।

बेनी अस्पताल, धौलागिरि अञ्चल अस्पताल, पर्वत अस्पताल, पोखरा, काठमाडौँका अस्पतालसम्म एम्बुलेन्स उपयोगी भएको छ । सेवा सञ्चालन भएपछि तोकिएको समयमा गर्भजाँच, स्वास्थ्य संस्थामा सुरक्षित प्रसूति सेवामा पहुँच, मातृशिशु मृत्युदर घटाउने र नागरिकको स्वास्थ्य अवस्थामा सुधार ल्याउन सहज भएको प्रमुख प्रशासकीय अधिकृत आचार्यले बताउनुभयो ।

यहाँ दुई वटा एम्बुलेन्स सञ्चालनमा छन् । एउटा प्रवासी नाग्लीवाङवासीको सहयोगमा खरिद गरिएको छ भने अर्को भारतीय दूतावासले उपलब्ध गराएको हो । दुवै एम्बुलेन्स सञ्चालनका लागि छुट्टै समिति र खाता सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ । “मापदण्डअनुसार भाडादर निर्धारण गरिएको छ । लक्षित समुदायलाई सेवाका लागि गत आवमा रु पाँच लाख बजेट विनियोजन गरेको थियौँ । यसबाहेक सेवालाई प्रभावकारी बनाउन सहयोग गर्न चाहने इच्छुक व्यक्तिले एम्बुलेन्स सञ्चालक समितिको खातामा रकम जम्मा गर्ने व्यवस्थासमेत गरेका छौँ”, प्रमुख प्रशासकीय अधिकृत आचार्यले भन्नुभयो ।

आवश्यकता परेकाहरुले एम्बुलेन्स चालकलाई २४ सै घण्टा पैसा नलाग्ने १८१०५०००१६८ टोलफ्रि नम्बरमा सम्पर्क गरेर सेवा लिन सकिने गाउँपालिकाले जनाएको छ । रासस

शनिबार, साउन ०३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.