• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

चन्द्रपुरमा लम्पी स्किनविरुद्ध निःशुल्क औषधि वितरण

  •  मङ्गलबार, साउन ०६, २०८२ मा प्रकाशित

चन्द्रपुर (रौतहट) । लम्पी स्किनका कारण रौतहटको चन्द्रपुरमा पाँच वटा दुहुनो गाई मरेपछि रोगविरुद्ध निःशुल्क औषधि वितरण गरिएको छ । लम्पी स्किनको सङ्क्रमण नियन्त्रणका लागि सोमबारदेखि चन्द्रपुर नगरपालिकाले निःशुल्क औषधि वितरण गर्न थालेको हो ।

लम्पी स्किनले खासगरी उन्नत जातका गाई मरेपछि निःशुल्क औषधि वितरण गरिएको नगरपालिका पशु शाखाका प्रमुख डा सुलभ चौधरीले जानकारी दिनुभयो । रोगबाट बचाउन हाल ४८ परिवारलाई निःशुल्क औषधि वितरण गर्ने लक्ष्य लिइएको उहाँले बताउनुभयो ।

डा चौधरीले औषधि लिनका लागि कार्यालयमा सम्पर्क राख्न किसानलाई आग्रह गर्दै हालसम्म नगरक्षेत्रका ५० भन्दा बढी पशुलाई सङ्क्रमण भइसकेको जानकारी दिनुभयो । सुरुआती चरणमा चन्द्रपुर–८ मर्धरटोलका कृष्ण गौतम र चन्द्रपुर–२ का आइतेसिंह कुश्वारको गाई मरेका जनाउँदै उहाँले हालसम्म लम्पी स्किनका कारण पाँच वटा गाई मरिसकेका उल्लेख गर्नुभयो ।

अहिलेसम्म नगरक्षेत्रका ४९ वटा गाई र एउटा भैँसीमा उक्त रोगको सङ्क्रमण देखापरेको डा चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार वडा नं ३ कार्यालयले आफ्नै बजेटबाट करिब दुई हजार २५० वटा गाईभैँसी तथा वडा नं ९ ले एक हजार ६०० भन्दाबढी पशुलाई सो रोगविरुद्धको भ्याक्सिन लगाएको छ ।

पशुलाई उच्च ज्वरो आउने, डाबरका फोका आउनेलगायत लक्षण देखापर्ने डा चौधरीले जानकारी दिनुभयो । सो रोगविरुद्ध उपचार गर्न एउटा पशुलाई रु १० हजारदेखि रु १२ हजारसम्म खर्च लाग्ने जनाउँदै यहाँले यो सरुवा रोग भएकाले सङ्क्रमित पशुलाई छुट्टै राख्ने, गोठ सफा राख्ने, लामखुट्टेबाट जोगाउनेलगायत उपाय अपनाउनुपर्ने उहाँले बताउनुभयो । उहाँका अनुसार लम्की स्किनविरुद्ध लड्न पशुसेवा कार्यालय चन्द्रनिगाहपुरले विभिन्न भिटामिन तथा औषधि वितरण गर्दै आएको छ ।

लम्की स्किन पशुमा लाग्ने प्राणघातक रोग भएकाले यसबाट चौपाया बचाउन निःशुल्क औषधिको व्यवस्था गरिएको नगरपालिकाका प्रमुख सञ्जयकुमार काफ्लेले बताउनुभयो । किसानको आम्दानीको स्रोत पशुपालन भएकाले यस्ता रोगको निःशुल्क उपचार गरी पशुपालकलाई प्रोत्साहन गर्ने उद्देश्यले अभियानका रूपमा औषधि वितरण गर्न पशु शाखालाई निर्देशन दिइएको उहाँले उल्लेख गर्नुभयो । रासस

मङ्गलबार, साउन ०६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.