• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, साउन ०९, २०८३
शनिबार, साउन ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १७ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १७ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १७ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • २ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • ३ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ६. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ७. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. आँखा अस्पतालमा बिरामी बढे

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

डेङ्गी र कोरोना देखिन थालेपछि गण्डकीमा सतर्कता

  •  मङ्गलबार, साउन ०६, २०८२ मा प्रकाशित

गण्डकी । डेङ्गी र कोराना सङ्क्रमणको जोखिम बढेपछि गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले आज मन्त्रालयमा आकस्मिक बैठक राखी मातहतका निकायलाई रोकथामको तयारीसहित उच्च सतर्कता अपनाउन निर्देशन दिनुभएको छ ।

आइतबार पोखराको चरक अस्पतालमा कोरोना सङ्क्रमित ७४ वर्षीया महिलाको उपचारका क्रममा निधन भएपछि स्वास्थ्य मन्त्रालयले यसमा चासो र सतर्कता बढाएको हो ।

स्वास्थ्यमन्त्री पाठकले डेङ्गी र कोरोना सङ्क्रमणको जोखिम नियन्त्रणका लागि मन्त्रालय मातहतका अस्पताल र जनस्वास्थ्य कार्यालयलाई आवश्यक तयारी गर्न निर्देशन दिइएको बताउनुभयो । उहाँका अनुसार प्रदेशभित्र हालसम्म ४६० जना डेङ्गी सङ्क्रमण पुष्टि भएको छ । साउनदेखि कात्तिकसम्म डेङ्गी सङ्क्रमण बढ्ने जोखिम उच्च रहने भएकाले सङ्क्रमण रोकथाम तथा व्यवस्थापनको तयारी गर्नुपर्ने स्वास्थ्यमन्त्री पाठकले बताउनुभयो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्काले कोरोना सङ्क्रमित महिलाको मृत्युको घटनाबाट सबै सचेत हुनुपर्ने बताउनुभयो । गत असार २५ गते कोरोना सङ्क्रमण पुष्टि भएका महिलाको आइतबार मृत्यु भएको थियो । “उहाँमा अन्य स्वास्थ्य समस्यासँगै कोरोना सङ्क्रमण देखिएको थियो, अवस्था जटिल बन्दै गएपछि उपचारकै क्रममा निधन भएको हो”, महानिर्देशक खड्काले भन्नुभयो, “कोरोनाको कुन भेरियन्ट हो भन्ने अझै पत्ता लागिसकेको छैन, कोरोनाका कारणले मात्र नभई अन्य स्वास्थ्य समस्यासमेत रहेकाले बिरामीको मृत्यु भएको हो ।”

सङ्क्रमित महिलामा उच्च रक्तचाप, मधुमेहलगायत समस्या रहेको उहाँले बताउनुभयो । स्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना हुनुभएकी महिलामा कोरोना सङ्क्रमण देखिएको थियो । महानिर्देशक खड्काका अनुसार गत पुसयता गण्डकी प्रदेशका आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

गतवर्ष डेङ्गी सङ्क्रमणको ‘हटस्पट’ बनेको प्रदेशको राजधानी सहर पोखरासहित सबै जिल्लामा सचेतना र अभिमुखीकरण कार्यक्रम सञ्चालन भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक राजेन्द्र रेग्मीले महानगरको लेखनाथ क्षेत्रमा फाट्टफुट्ट रूपमा डेङ्गीको सङ्क्रमण देखिन सुरू गरेको बताउनुभयो । “डेङ्गी सङ्क्रमणको उच्च जोखिम रहने समय नजिक आइरहेकाले रोकथामका उपायबारे समुदायमा अभिमुखीकरण गर्ने काम गरिएको छ”, उहाँले भन्नुभयो ।

कक्षा ७ देखि १० कक्षासम्मका विद्यार्थी, महिला स्वास्थ्यस्वयंलगायतलाई पनि डेङ्गी सङ्क्रमण रोकथामका विषयमा सचेतना प्रदान गरिएको जनस्वास्थ्य निरीक्षक रेग्मीले बताउनुभयो । डेङ्गी परीक्षणका लागि ‘कीट’ व्यवस्थापन र स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिका काममा पनि महानगरको स्वास्थ्य महाशाखा लागिपरेको उहाँको भनाइ छ । गत वर्ष पोखरा महानगरपालिकामा मात्र आठ हजार ६०० जनाभन्दा बढीमा डेङ्गी सङ्क्रमण भएको थियो । डेङ्गी सङ्क्रमणबाट पोखराका तीन जनाको मृत्यु भएको थियो ।

त्योबेला प्रदेशको स्वास्थ्य मन्त्रालयले पोखरा डेङ्गी सङ्क्रमणको ‘हटस्पट’ बनेको उल्लेख गरेको थियो । गतवर्ष भदौ पहिलो हप्तादेखि असोज पहिलो हप्तासम्ममा पोखरामा छ गुणाले डेङ्गी सङ्क्रण बढेको थियो । महानगरपालिकाले लामखुट्टेको वासस्थान खोज्ने र नष्ट गर्ने अभियान वडा तहदेखि नै सुरू गर्दै आए पनि डेङ्गी रोकथाम चुनौतीपूर्ण बन्दै गएको जनस्वास्थ्य निरीक्षक रेग्मीले बताउनुभयो । “हरेक व्यक्ति, परिवार र समुदाय सचेत नभएसम्म डेङ्गी रोकथाम र नियन्त्रण गर्न कठिन छ”, उहाँले भन्नुभयो ।

डेङ्गी फैलाउने लामखुट्टेको टोकाइबाट जोगिन घर, कार्यालय र सार्वजनिकस्थलमा रहेका खाल्डाखुल्डी, पुराना टायर, ड्रम, भाँडाकुँडा आदिमा पानी जम्मा हुन नदिने र त्यस्ता स्थल भेटिएमा नष्ट गर्नुपर्ने उहाँले बताउनुभयो । डेङ्गी रोग सार्ने ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेको बासस्थान सबैभन्दा बढी पुराना टायरभित्र जमेको सफा पानीमा रहने गरेको छ । सफा र जमेको पानीमा उक्त लामखुट्टेले फुल पार्ने र लार्भा हुर्काउने गर्दछ । लामखुट्टको सोही जीवनचक्र खल्बल्याउन बासस्थान खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन गर्ने गरिएको हो । रासस

मङ्गलबार, साउन ०६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.