• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ७ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ७ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ९ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १० घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १० घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १० घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १२ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १२ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १२ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

शुक्लाफाँटाका स्वास्थ्य संस्था ‘पेपरलेस’ बन्दै

  •  बुधबार, साउन ०७, २०८२ मा प्रकाशित

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाभित्रका तीन स्वास्थ्यचौकीमा विद्युतीय स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीअन्तर्गत ‘पेपरलेस’ सेवा सञ्चालन गरिएको छ । बिरामीले पर्चा नकाटिकनै कम्प्युटरमा नाम दर्ता गराएका आधारमा उपचार सेवा पाउने व्यवस्था मिलाइएको छ ।

नमूनाका रूपमा पिपलाडी, झलारी स्वास्थ्यचौकी र वडा नं ५ स्थित आधारभूत स्वास्थ्यचौकीमा प्रणाली लागू गरिएको छ । यी संस्थामा सेवा प्रवाहको प्रभावकारिता हेरेपछि अन्य स्वास्थ्यचौकीमा पनि क्रमशः यो प्रणाली विस्तार गरिने नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख परमानन्द भट्टले जानकारी दिनुभयो ।

“अब बिरामीलाई पर्चा लिएर लाइन बस्नुपर्ने छैन”, भट्टले भन्नुभयो, “कम्प्युटरमा विवरण दर्ता भएसँगै बिरामीले कुन ठाउँमा चेकजाँच गर्ने, औषधि कहाँबाट लिने, चिकित्सक कहाँ भेट्ने भन्ने सबै जानकारी डिजिटल माध्यमबाट पाइनेछ ।” भट्टका अनुसार, यो प्रणालीले स्वास्थ्यसम्बन्धी तथ्याङ्कको डिजिटल अभिलेखन, विश्लेषण र रिपोर्टिङ सहज बनाउँछ । स्वास्थ्य सेवा प्रभावकारिता, सेवा उपयोग दर, कर्मचारी मूल्याङ्कनलगायत पक्षमा सुधार हुने अपेक्षा गरिएको छ ।

उहाँका अनुसार यस डिजिटल प्रविधिले नगरपालिकाभित्रका सबै स्वास्थ्य संस्थाबाट तथ्याङ्क एकीकृत रूपमा सङ्कलन गर्न सकिने भएकाले तथ्यमा आधारित निर्णय प्रक्रिया सहज हुने भएको छ । साथै, मासिक रिपोर्ट पनि सजिलै तयार पार्न मिल्नेछ ।

तीन वटै स्वास्थ्य संस्थामा उपलब्ध भएका कम्प्युटर, इन्टरनेटको सदुपयोग गरी कार्य सञ्चालन गरिएको उल्लेख गर्नु हुदै उहाँले क्रमशः आवश्यकताका आधारमा स्वास्थ्य संस्थाहरुलाई कम्प्युटर प्रिन्टर, इन्टरनेट सेवा उपलव्ध गराइने बताउनुभयो ।

“पहिले पर्चाको भरमा सेवा दिनुपथ्र्यो, अहिले कम्प्युटर दर्ताबाटै बिरामीलाई सेवा दिन थालेका छौँ”, पिपलाडी स्वास्थ्यचौकीका प्रमुख दुर्गादत्त भट्टले भन्नुभयो, “रिपोर्ट पनि डिजिटल रूपमा तत्कालै उपलब्ध गराउँदै छौँ ।” उहाँले सेवालाई प्रभावकारी बनाउनका लागि थप जनशक्ति व्यवस्थापन, थप कम्प्युटर र भरपर्दो इन्टरनेट सेवाको आवश्यकता रहेको बताउनुभयो । सेवा सञ्चालन भएपछि समय, स्रोत र श्रमको बचत, सेवाको गुणस्तरमा सुधार, कर्मचारीको कार्य मूल्याङ्कन गर्न सहज हुने उहाँले उल्लेख गर्नुभयो ।

स्वास्थ्य सेवा प्रणालीलाई डिजिटल, पारदर्शी र तथ्यमा आधारित बनाउने दिशामा यो प्रयास एक उल्लेखनीय उदाहरण भएको प्रमुख भट्टको भनाइ रहेको छ । रासस

बुधबार, साउन ०७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.