• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, साउन ०९, २०८३
शनिबार, साउन ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १७ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १७ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १७ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • २ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • ३ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

दीर्घरोगी बिरामीको उपचारमा रु ६२ लाख बढी खर्च

  •  बुधबार, साउन ०७, २०८२ मा प्रकाशित

तनहुँ । आर्थिक वर्ष २०८१/२०८२ मा व्यास नगरपालिका कार्यालयले ११७ जना दीर्घरोगी बिरामीका लागि रु ६२ लाख १० हजार उपचारमा खर्च गरेको छ । मिर्गौला प्रत्यारोपण, मिर्गौला डायलासिस, क्यान्सर रोग पहिचान भई तीन/तीन महिनामा जचाउने गरेका, मेरुदण्डको पक्षघात र पार्किनसन (बिर्सिने) रोगका बिरामीलाई मासिक रु पाँच हजारका दरले बैंक खातामार्फत भुक्तानी गरेको हो ।

विपन्न नागरिकले उक्त सुविधा लिनका लागि सम्बन्धित वडा कार्यालयको सिफारिस, चिकित्सक सिफारिस र व्यास नगरपालिकाको बासिन्दा हुनुपर्ने व्यवस्था रहेको स्वास्थ्य तथा जनसङ्ख्या शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सङ्घीय सरकारमार्फत बजेट आएकाले सामाजिक सुरक्षा भत्ता पाउँदै आएका, सरकारको बहालवाला जागिरे कर्मचारी र पेन्सन पाइरहेका व्यक्तिले यस किसिमको सुविधा लिन पाउँदैनन् ।”

“विपन्न नागरिकका लागि अस्पतालसम्म पुग्न समस्या भएको अवस्थामा नगरपालिकाले बढीमा रु १५ हजारसम्म सहयोग रकम प्रदान गर्न सक्नेछ”, उहाँले भन्नुभयो, “यसका लागि वडाको सिफारिस र व्यास नगरवासी भएको हुनुपर्नेछ ।”

त्यसैगरी, दीर्घरोगी समस्या भई अस्पतालबाट औषधि उपचारमा छुट लिन नगरपालिकाले १२६ जना विपन्न नागरिकलाई सिफारिस गरी पठाइएको जनाएको छ । ज्येष्ठ नागरिक, सुत्केरी, विपन्न नागरिक, मानसिक रोगी गरी ९८ जनालाई निःशुल्क रूपमा एम्बुलेन्स सेवा प्रदान गरिएको व्यासका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिनुभयो ।

व्यास मातहतमा रहेका १४ वटै वडाका घरघरमा पुगेर पाँच हजार ५७५ जना ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा प्रदान गरिएको छ । उहाँले भन्नुभयो, “घरघरमा स्वास्थ्यकर्मी पुगेर सेवा दिँदा उनीहरूले स्थानीय सरकार आफ्नो साथमा रहेको खुसीको अनुभूति गरेका थिए ।” पाठेघरको क्यान्सर रोगविरुद्धको एचपिभी खोप अभियानमा तीन हजार ८२४ जना किशोरीको जाँच गरिएको थियो ।

त्यसैगरी, पाठेघरको मुखमा हुने क्यान्सर रोगविरुद्धको भिआइए स्क्रिनिङ्गर स्वास्थ्य शिविरमार्फत एक हजार ३४४ जनाले सेवा लिएका थिए । सबै क्षयरोगमुक्त खोप अभियानमार्फत घरधुरी सर्वेक्षण र क्षयरोग कार्यक्रमको माइक्रोप्लानिङ कार्य सम्पन्न गरेको थियो ।

सुनौला हजार दिनका आमाहरूको पोषण तथा स्वास्थ्य स्थिति प्रवद्र्धनका लागि पोषणसम्बन्धी अभिमुखीकरण प्रदान गरी सचेतना गराउने कार्य गरिएको व्यास नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो । पोर्टेवल एक्स–रे मेसिनबाट छात्ती रोगसम्बन्धी खोजपड्ताल शिविर सञ्चालन गरी ८७१ जनाको स्वास्थ्य जाँच गर्दा छ जनामा क्षयरोग पुष्टि भएपछि उपचारमा पठाइएको स्वास्थ्य तथा जनसङ्ख्या शाखाले जनाएको छ । रासस

बुधबार, साउन ०७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.