• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ५ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ५ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ७ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • ८ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • ८ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • ८ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १० घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १० घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १० घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

शौचालय राम्रो छ तर पानी छैन

  •  मङ्गलबार, बैशाख १३, २०७९ मा प्रकाशित

बनेपा, चिटिक्कको विद्यालय भवन, त्यससँगै नयाँ निर्माण गरिएको विज्ञान प्रयोगशालाको छुट्टै भवन र नजिकै रहेको शौचालय पनि नयाँ देखिन्छ । शौचालयमा धाराको टुटी जोडेर राखिए पनि टुटीबाट पानी भने कहिल्यै झर्दैन । यो अवस्था काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–६ कोलातीस्थित जनता माध्यमिक विद्यालयको हो ।

सो क्षेत्रकै सबैभन्दा जेठो र विद्यार्थी सङ्ख्याको हिसाबले पनि राम्रो रहेको उक्त विद्यालयका विद्यार्थीले भने पानीको अभावमा शौचालय राम्रोसँग प्रयोग गर्न पाएका छैनन् । सिङ्गो कोलाती गाउँमै खानेपानीको समस्या भएकाले विद्यालयका विद्यार्थीले शौचालयमा पानीकोे अभाव मात्रै झेल्नु परेको छैन, पिउने पानी पनि घरबाट लगेर प्यास मेटाउनुपर्ने बाध्यता रहेको छ ।
विद्यार्थीले खानेपानीका लागि घरबाट नै बोकेर लैजानुपर्छ । गाउँमै पानीको समस्या रहेकाले खानेपानी बोकेरै लानुपर्ने बाध्यता रहेको कक्षा ६ मा अध्ययनरत अञ्जना नेपालीले बताउनुभयो । “हामी सबै साथीले पिउने पानी यसरी नै घरबाट बोतलमा बोकेर लैजाने गरेका छौँ ।” उहाँले भन्नुभयो, “हाम्रो त घर नजिकै विद्यालय भएको कारण पनि सजिलो छ । कहिलेकाहीँ बिस्र्यो भने पनि घरमा नै गएर खाने गरेका छौँ ।”

सोही विद्यालयका कक्षा ७ मा अध्ययनरत विक्रम नेपाली र कक्षा ९ मा अध्ययनरत नकुल नेपालीले पनि खानेपानी र शौचालयमा प्रयोग गर्ने पानीको व्यवस्थापन नहुँदा निकै समस्या हुने गरेको बताउनुभयो । खानेपानीदेखि शौचालय जानुपर्ने अवस्थामा घरमै पुगी फर्केर आउने गरेको विद्यार्थीको अन्य विद्यार्थीको पनि भनाइ थियो । विद्यालय सहयोगी सोमाया पहरीले विद्यालयमा आफूले काम गर्न थालेदेखि नै खानेपानीका लागि गाउँदेखि तल रहेको खोल्साबाट पानी बोकेरै ल्याउनुपरेको बताउनुभयो । “काम गर्न थालेको १८ वर्ष भयो, त्यही बेलादेखि बिहानै धाराबाट बोकेर ल्याएर पानी घरमा राख्ने अनि विद्यालय खोल्ने समय भएपछि लगेर ख्वाउने गर्दै आएको छु ।” उहाँले भन्नुभयो, “पछि गाउँमा नजिकै धारा आए पनि पर्याप्त नभएका कारण अहिले पनि त्यसरी नै बोकेर नै ख्वाउने गरेको छु ।”

धेरै विद्यार्थी सङ्ख्या भएकाले दिनको दुई चार गाग्री ल्याएको पानीले सुरु सुरुमा खान आउने विद्यार्थीलाई पुगेपनि सबैलाई व्यवस्थापन गर्न गाह्रो भएको विद्यालय सहयोगी पहरीको भनाइ थियो । पानीको मुहान नजिक नभएका कारण सधैँभरी बोकेर समस्या समाधान गर्न कठिन भएको उहाँले बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष क्रान्ति लामाले यस भेगकै सबैभन्दा पुरानो विद्यालयमा पछिल्लो समयमा शैक्षिक वातावरण सुधार हुँदै आए पनि अझै खानेपानीको समस्या समाधान गर्न भने चुनौती नै रहेको बताउनुभयो । करिब ३०० विद्यार्थी अध्ययनरत विद्यालयमा खानेपानी समस्या समाधानका लागि भौगोलिक जटिलताकै कारण पनि कठिन भएको उहाँको गुनासो थियो । पानी अभावका कारण विद्यार्थीलाई मात्रै नभएर शिक्षकलाईसमेत शौचालय प्रयोग गर्नका लागि समस्या भएको विद्यालयले जनाएको छ ।

पछिल्लो समयमा खानेपानी समस्या समाधानका लागि वडा नं ५ सल्लेबाट थोरै पानी आइरहे भए पनि आफूहरुले उपभोग गर्दै आएको पानी कोलाती बासिन्दाले लगेको भन्दै विरोध गरेर सल्लेबासीले रोकिदिएका थिए । विद्यालयमा आफू व्यवस्थापन समितिको अध्यक्ष भएर आएपछि विज्ञान प्रयोगशाला सामग्री, कम्प्युटर ल्याबको व्यवस्था, विद्यालयमा नर्स र विज्ञान प्रयोगशाला भवन निर्माण गरिए पनि खानेपानीको समस्या भने अहिलेसम्म पूरा गर्न नसकिएको अध्यक्ष लामाले बताउनुभयो । (रासस)

मङ्गलबार, बैशाख १३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.