• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

‘शिशुको पहिलो खोप नै आमाको दूध हो’

  •  शुक्रबार, साउन १६, २०८२ मा प्रकाशित

काठमाडौँ । आज अगस्ट १ देखि ७ तारिखसम्म हरेक वर्ष विश्व स्तनपान सप्ताह मनाइन्छ। सप्ताह २०२५ को नारा रहेको छ;‘स्तनपानलाई प्राथमिकता दिऔँ,सहयोगी वातावरण निर्माण गरौँ।’

आमाको दूध बच्चाको जीवनको सबैभन्दा महत्त्वपूर्ण पोषण हो। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को सुझावअनुसार छ महिनासम्मका बालबालिकालाई पूर्ण रूपमा स्तनपानमात्र गराउनुपर्दछ। त्यसपछि दुई वर्ष वा त्योभन्दा माथिको उमेरसम्म उनीहरूलाई ठोस आहारका साथ स्तनपान गराइरहनु पर्दछ।

स्तनपानले बच्चाका लागि पूर्ण पोषण प्रदान गर्छ। बच्चालाई सङ्क्रमण र रोगबाट जोगाउँछ। यसैगरी आमाको स्वास्थ्यलाई प्रवर्द्धन गर्नुका साथै आमा र बच्चाबीचको सम्बन्ध बलियो बनाउँछ।

परिवार कल्याण महाशाखा पोषण शाखाका प्रमुख लीलाविक्रम थापाले आमा र बच्चा दुवैको स्वास्थ्यका लागि स्तनपान अति आवश्यक रहेको बताउनुभयो। उहाँले स्तनपानको महत्त्व दर्शाउँदै भन्नुभयो,“जन्मिनेबित्तिकै स्तनपान गर्न पाउनु शिशुको नैसर्गिक अधिकार हो। यसैगरी शिशुका लागि पहिलो खोप नै आमाका दूध हो। यसले शिशुको मृत्युदर घटाउनुका साथै शिशुको बौद्धिक विकासमा मद्दत गर्दछ। शिशु जन्मेको छ महिनासम्म आमाको दूधमात्र खुवाउनुपर्दछ। कम्तीमा दुई वर्षसम्म स्तनपानसँगै थप आहार खुवाउनुपर्दछ।”

पोषण शाखा प्रमुख थापाले सरकारले स्तनपानलाई संरक्षण,संवर्द्धन र सहयोग गर्नलाई विभिन्न कार्यक्रम गरिरहेको जानकारी गराउनुभयो। उहाँले भन्नुभयो, “आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण) सम्बन्धी ऐन (२०४९) व्यवस्था गरेअनुरूप सात सय ५३ स्थानीय तहमा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुलाई निरीक्षण गर्ने निरीक्षक तोकिएको छ। ऐन कार्यान्वनयनको निरीक्षण गर्ने र सूसुचित गर्ने काम उहाँहरूको हो।” यसैगरी उहाँले प्रसूति बिदा,स्तनपान कक्ष निर्माण गरेर पनि स्तनपानलाई प्रोत्साहन गरिरहेको बताउनुभयो।

बालबालिकालाई छ महिना पूरा भएपछि उमेरअनुसार पूरक खानाका साथै कम्तीमा दुई वर्षसम्म निरन्तर स्तनपान गराउनुपर्ने हुन्छ। स्तनपानले महिलाहरूमा स्तन क्यान्सर र पाठेघरको क्यान्सर हुने जोखिमलाई पनि कम गराउन सहयोग पुग्छ।

सरकारले प्रयास गरिराखेको बताए पनि स्तनपान दर भने घट्दै गएको देखिन्छ। नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षण २०२२ ले नेपालमा छ महिनाभन्दा मुनिका ५६ प्रतिशत बालबालिकालाई पूर्ण रूपमा स्तनपान गराउन गरेको देखाएको छ। सन् २०१६ को सर्वेक्षणमा यसको दर ६६ प्रतिशत रहेको थियो। सर्वेक्षणका अनुसार छ महिनाभन्दा मुनिका एक प्रतिशत बालबालिकालाई स्तनपान गराइएको छैन।रासस

शुक्रबार, साउन १६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.