• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ८ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ८ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ८ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ६. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

अन्नपूर्ण क्षेत्रमा गत आवमा लेक लागेर १८ पर्यटकको मृत्यु

  •  मङ्गलबार, साउन २०, २०८२ मा प्रकाशित

गण्डकी । गत आ.व.मा अन्नपूर्ण संरक्षण क्षेत्रका विभिन्न गन्तव्यमा १८ पर्यटकको लेक लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा छ नेपालीसहित आठ भारतीय,अमेरिका,जर्मन,कोरिया र स्वीजरल्याण्डका एक/एकजना नागरिक रहेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ।

पदत्रायाका क्रममा लडेर र अन्य दुर्घटनाका कारण गतवर्ष चारजना पर्यटकले ज्यान गुमाएका एक्यापका प्रमुख डा.रविन कडरियाले जानकारी दिनुभयो। अधिकांश लेक लाग्ने घटना मुस्ताङ र मनाङको उपल्लो भेगमा हुने गरेको उहाँको भनाइ छ।

आ.व. २०८०/८१ मा अन्नपूर्ण क्षेत्रमा २० जना पर्यटकको लेक लागेर मृत्यु भएको थियो। लेक लागेका कतिपय पर्यटकलाई हेलिकप्टरबाट समेत उद्धार गरेर बचाइएको एक्यापका प्रमुख कडरियाले बताउनुभयो। सडकमार्ग भएर मुक्तिनाथ दर्शनका लागि जाने भारतीय पर्यटकमा लेक लाग्ने समस्या बढी देखिने गरेको उहाँले उल्लेख गर्नुभयो।

“हिमाली तथा उच्च पहाडी भेगको यात्रामा जाँदा एकैपटकमा धेरै उचाइमा पुग्न हुँदैन,विश्राम लिँदै जानुपर्छ”,डा कडरियाले भन्नुभयो,“लेक लागेको लक्षण अनुभव भएमा तत्कालै कम उचाइ भएको ठाउँमा फर्किहाल्नुपर्छ।” एक्याप कार्यालयले विगत दुई वर्षदेखि लेक लागेका घटनाको तथ्याङ्क राख्न सुरू गरेको हो। पदयात्रामा क्रममा लडेर मृत्यु हुने गरेका घटना पनि बर्सेनि दोहोरिने गरेका छन्। आ.व.२०८०/८१ मा कास्कीमा स्वीडेन,जर्मनी र मनाङमा अमेरिकी पर्यटकको पदयात्रा क्रममा लडेर मृत्यु भएको थियो।

“लामो दुरीको पदयात्रामा निक्किँदा एक्लै जानुहुँदैन,समूहमा वा पथप्रदर्शक लिएर मात्र हिँडनुपर्छ”,प्रमुख डा कडरियाले भन्नुभयो,“ट्रेकिङ एजेन्सीमार्फत पदयात्रामा जानु उपयुक्त हुन्छ।”

पर्यटक पथप्रदर्शक दिवस गुरुङले भारतीय पर्यटक गाडीबाट एकैपटकमा मुक्तिनाथ पुग्दा लेक लाग्ने समस्या देखिने गरेको बताउनुभयो। “हिमाली भेगको यात्रामा जाँदा विश्राम लिँदै जानुपर्छ,कम उचाइ भएको ठाउँबाट उचाइ भएको ठाउँमा एक्कासि पुग्दा लेक लाग्ने हुन्छ”,उहाँले भन्नुभयो,“यो समस्या मुस्ताङको मुक्तिनाथ र मनाङको तिलिचो ताल जाने पर्यटकमा बढी देखिने गरेको छ।”

काठमाडौँ उपत्यकालगायत तराई भेगबाट तिलिचो ताल पुग्ने नेपालीमा पनि लेक लाग्ने समस्या बढी देखिने गरेको पथप्रर्दशक गुरुङले बताउनुभयो। स्थानीय हावापानीसँग अनुकूलन हुँदै विश्राम लिँदै यात्रा गर्नु लेक लाग्ने समस्याबाट बच्ने उत्तम उपाय रहेको उहाँको भनाइ छ। उहाँले पदयात्रा गर्ने पर्यटकलाई एक दिनमा पाँच सयभन्दा बढीको उचाइ पार नगर्न सुझाउनुभयो।

शारीरिक, मानिसक स्वास्थ्य र तन्दुरुस्तीसहित पदयात्रामा जानुपर्ने पथप्रदर्शक गुरुङले बताउनुभयो। नयाँ र टाढाको गन्तव्यस्थल छ भने एक्लै पदयात्रा गर्न नहुने उहाँको भनाइ छ।

पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध अन्नपूर्ण क्षेत्रमा गत आवमा दुई लाख ७८ हजार एक सय १३ विदेशी पर्यटक पुगेका थिए। अन्नपूर्ण चक्रिय पदमार्गमा अन्नपूर्ण आधार शिविर, कास्कीको मर्दी हिमाल,सिक्लेस,ल्वाङ,घान्द्रुक गाउँ,मनाङको तिलिचो ताल,थोरङ्ला भञ्ज्याङ,उपल्लो मुस्ताङ,मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानी पुनहिललगायत गन्तव्यस्थलमा बर्सेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन्।

सात हजार ६००वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की,लमजुङ,मनाङ,म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा पर्दछन्।रासस

मङ्गलबार, साउन २०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.