• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

पोखरामा रोकिएन लागुऔषध कारोबार

  •  मङ्गलबार, साउन २०, २०८२ मा प्रकाशित

कास्की । जिल्ला प्रहरी कार्यालय,कास्की र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराको टोलीले साउन लागेयता लागुऔषधको अवैध कारोबारमा संलग्न नौ जनालाई पोखराका विभिन्न स्थानबाट पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ।

साउन ११ मा पोखरा महानगरपालिका–२७ शिशुवामा पोखरातर्फ आउँदै गरेको बस जेकजाँचका क्रममा कमल थापा,धादिङ घर भई हाल पोखरा बस्ने राजन क्षेत्री र मोरङका सत्यनारायण चौधरी लागुऔषधसहित पक्राउ परेका थिए। सोही दिन पोखरा–७ धारापानीबाट नुवाकोटका रवि मिजार र कास्कीका भूपेन्द्र विकलाई पनि प्रहरीले लागुऔषधसहित नियन्त्रणमा लिएको थियो।

पाँच दिनपछि साउन १७ मा वडा प्रहरी कार्यालय,बैदामबाट खटिएको प्रहरी टोलीले पोखरा–५ प्रस्याङबाट पर्साका सुरज सहानी र म्याग्दीका सुशील परियारलाई कोठामा लुकाइछिपाइ राखेको लागुऔषधसहित पक्राउ गर्‍यो। त्यसको भोलिपल्ट गत आइतबार पोखरा–२७ रिठ्ठेपानीबाट लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले धादिङका राजन गुरुङलाई लागुऔषधसहित पक्राउ गरेको थियो।

यस्तै साउन ६ गते पोखरा–३२ लामेआहालस्थित पृथ्वी राजमार्गमा मोटरसाइकल चेकजाँचका क्रममा झण्डै तीन किलो गाँजासहित गोरखाका प्रकाश गुरुङलाई प्रहरीले नियन्त्रणमा लियो। यी प्रतिनिधि घटनाले पोखरामा लागुऔषधको बढ्दो कारोबार र प्रयोगको अवस्थालाई दर्शाउँछ। लागुऔषध दुव्र्यसनीविरुद्ध प्रहरीले नियमित रूपमा अभियान सञ्चालन गर्दै आए पनि यसको अवैध उत्पादन र कारोबार नियन्त्रणमा आउन सकेको छैन।

लागुऔषध कारोबारमा संलग्न रहेका अभियुक्तलाई लागुऔषधसम्बन्धी कसुरमा अदालतबाट म्याद थपी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय,कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिनुभयो। पछिल्लो समय पोखरामा लागुऔषध कारोबारमा संलग्न हुनेहरू पक्राउ पर्ने क्रम बढेको उहाँको भनाइ छ।रासस

मङ्गलबार, साउन २०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.