• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

सेनाको शिविरबाट ६ हजार तीर्थयात्री लाभान्वित

  •  आइतबार, साउन २५, २०८२ मा प्रकाशित

काठमाडौँ । नेपाली सेनाले जनैपूर्णिमालाई लक्षित गरी आयोजना गरेको स्वास्थ्य सहायता शिविरबाट ६ हजार २३३ तीर्थयात्री लाभान्वित भएका छन् ।

बाजुरास्थित ईश्वरीबक्स गुल्मबाट बडीमालिका मन्दिर जाने तीर्थ यात्रुलाई लक्षित गरी परिचालित चिकित्सकसहितको स्वास्थ्य टोलीले ८५८ जनाको स्वास्थ्य परीक्षण गरी औषधि उपलब्ध गराएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

बागलुङ ढोरपाटनस्थित दुर्गा भञ्जन गुल्मबाट ढोरबराह क्षेत्रमा ४१७ जना तथा ओखलढुङ्गास्थित दुर्गाबक्स गणबाट सोलु दूधकुण्डमा ३५६ तीर्थयात्रीलाई स्वास्थ्य सेवा उपलब्ध गराइएको पनि सेनाले जानकारी दिएको छ।

यस्तै लमजुङस्थित चण्डीप्रसाद गणबाट दूधपोखरीमा १३० तथा रसुवास्थित श्रीनाथ गणबाट गोसाइँकुण्ड जाने विभिन्न आठ स्थानमा खटिएको विशेषज्ञ चिकित्सकसहितको टोलीले चार हजार १९० जनालाई स्वास्थ्य सहायता उपलब्ध गराएको छ। भक्तपुर जिल्लास्थित रणशेर गणबाट डोलेश्वर महादेव मन्दिरमा २८२ जनाको प्राथमिक उपचार एवं सामान्य स्वास्थ्य परीक्षण गरिएको पनि निर्देशनालयले जनाएको छ।

तीर्थयात्राका क्रममा जटिल स्वास्थ्य समस्या भएका तीर्थालुमध्ये दूधकुण्डबाट चार,गोसाइँकुण्डबाट ६ तथा बडीमालिकाबाट सात जनालाई स्ट्रेचरमार्फत उद्धार गरिएको थियो। त्यसमा अक्सिजनको कमी भई गम्भीर बिरामी भएका पाँच जनालाई सात सिलिन्डर अक्सिजन प्रदान गरिएको सेनाले जनाएको छ। बडिमालिकाबाट त्रिवेणी पाटन जाने क्रममा यही साउन २२ र २३ गते विष्णुपानीको भिरबाट लडेका ५२ वर्ष र ७५ वर्षका पुरुषको शव निकाली परिवारलाई हस्तान्तरण गर्ने क्रममा सेनाको हेलिकप्टरमार्फत सुर्खेत पु¥याइएको निर्देशनालयले जनाएको छ।

आइतबार, साउन २५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.