• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १२ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १२ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १४ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १४ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १५ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १५ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १७ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १७ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १७ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

आलेखः पूर्ण स्तनपानको अधिकारमा आमाहरू नै बाधक

  •  बुधबार, भदौ ०४, २०८२ मा प्रकाशित

तानसेन (पाल्पा) । तानसेन नगरपालिका–३ भगवती टोलकी शर्मिला केसीले आफ्नो छोरालाई पाँच महिना पनि पूरै दूध खुवाउनुभएन । निजामती सेवामा कार्यरत उहाँ कार्यालय जानुपर्ने भएकाले छोरा जन्मिएको चार महिनापछि एक जना हेरालुको साथमा छोडेर हिँड्नुपर्यो । “कार्यालयबाट घर आउने समयको टुङ्गो नहुँदा छोरालाई पूरा समय आफ्नो दूध खुवाउन पाइनन् । चाहेजति दूध खान नपाएपछि छोराले आफैँ खान छोड्यो । ल्याक्टोजिन, डेरीको दूध, सेरलेक्स खाएरै छोरो हुर्कियो”, उहाँले भन्नुभयो । आमाको दूध पर्याप्त खान नपाएकाले होला छोरोलाई सानै बिमारले पनि समाइहाल्ने केसी बताउनुहुन्छ ।

तानसेनमा बस्दै आउनुभएकी पर्वतकी भीमा कार्कीले तीन वर्षअघि पहिलो सन्तानका रूपमा छोरीलाई जन्म दिनुभएको थियो । उहाँले छोरी जन्मिएको छ महिना त नियमित दूध खुवाउनुभयो तर सात महिनापछि भने शरीर बिग्रने डरले नियमित दूध चुसाउन छाड्नुभयो । कार्कीले डेरीबाट दूध ठेक्का लगाएर छोरीलाई खुवाउनुभयो । “लामो समयसम्म बच्चालाई दूध चुसाउँदा शरीर बिग्रन्छ भन्छन्, त्यसैले मैले सात महिनासम्म त म आफैँ खुवाएँ, पछि डेरीबाट ल्याएर दूध खुवाएकी हुँ”, उहाँले भन्नुभयो ।

रैनादेवी छहराकी मञ्जु कुँवरले पाँच महिनाको छोरोलाई माइतीमा राखेर बुटवलमा कोठा भाडा लिई लोकसेवाको तयारीमा जुट्नुभयो । बेलाबेलामा छोरासँग जाने गरे पनि उहाँले पर्याप्त दूध खुवाउनु भएन । आमाले भैँसीको दूध खुवाउने गर्नुभएको र आफ्नो दूध खासै नआउने हुँदा छोरालाई पूरै समय दूध चुसाउन नपाएको उहाँ बताउनुहुन्छ । कुँवर भन्नुहुन्छ, “म बिहे हुनुअघिदेखि नै लोकसेवाको तयारी गरिरहेकी थिएँ । बिहे भएपछि खासै पढ्न पाइनँ, अब अहिले उमेर पनि जान थाल्यो, त्यसैले जसरी भए पनि लोकसेवामा नाम निकाल्नुपर्छ भनेर पाँच महिनाको छोरालाई माइतीमा आमासँग राखेर तयारीमा जुटेकी छु ।”

बगनासकालीकी मनिषा बस्याल सरकारी जागिरे हुनुहुन्छ । उहाँले डढे वर्षअघि छोरीलाई जन्म दिनुभएको थियो । छोरी जन्मिएको तीन–चार महिना त आफ्नै साथमा राखेर दूध खुवाउनुभएको उहाँले पाँच महिनापछि भने परिवारको साथमा छाडेर अफिस जाने गर्न थाल्नुभयो । त्यो समयमा परिवारले बजारबाट लिएको भैँसीको दूध ती शिशुलाई खुवाउने गरे । मनिषाले भैँसीको दूध खुवाउन थालेदेखि भने आफ्नो दूध खुवाउन छाड्नुभयो ।

यी त केही प्रतिनिधि पात्रमात्र हुन् । उहाँँहरूजस्तै अधिकांश कामकाजी महिलाहरू आफ्ना नवजात शिशुलाई कामको व्यस्तताले स्तनपान गराउँदैनन् । पछिल्ला वर्षहरूमा शिक्षित र सहरिया आमाहरू नै स्तनपान गराउने मामिलामा उदासिन देखिन थालेका छन् । पूर्ण स्तनपान अर्थात् छ महिना पूरा नभएसम्म आमाको दूध मात्र चुसाउनु र बच्चा छ महिना पूरा भएपछि कम्तीमा दुई वर्षसम्म आमाको दूध खुवाइराख्नुपर्ने भए पनि अधिकांश आमाहरू शरीरको सौन्दर्य बिग्रिन्छ भन्ने भ्रम र कार्य व्यस्तताले पूर्ण रूपमा खुवाउन चाहँदैनन् ।

शरीरलाई फिट्नेस र सौन्दर्य राख्ने सौखिन महिलाहरूले आफ्ना बच्चालाई पूर्ण स्तनपान गराउने मामिलामा कमजोर देखिन्छन् । तर चिकित्सकहरू भने बच्चालाई दूध चुसाउँदैमा शरीर नबिग्रने बताउँछन् । बच्चालाई स्तनपान गराउँदा न आमाको शरीर बिग्रिन्छ न स्वास्थ्य, बरु नियमित स्तनपान गराउने आमा सुन्दर र स्वस्थ हुने तानसेनस्थित युनाइटेड मिसन अस्पतालका बालरोग विशेषज्ञ तथा बालरोग विभाग प्रमुख डा विकासराज अधिकारी बताउनुहुन्छ । “कतिलाई स्तनपानले शरीरको सौन्दर्य बिग्रिन्छ भन्ने भ्रम छ । यो भ्रममात्र हो । स्तनपान गराउने नगराउनेभन्दा बढी सुन्दर हुन्छन्”, उहाँले भन्नुभयो, “बच्चालाई नियमित स्तनपान गराउनेको स्तन चाँडै नै पहिलैकै जस्तोे सामान्य आकारमा फर्किन्छ, जुन कुरा धेरैलार्ई थाहा छैन ।”

नियमित स्तनपान गराइएका बच्चा पूर्ण रूपमा स्वस्थ हुने डा अधिकारीले बताउनुभयो । नियमित स्तनपान गराउने आमाहरूमा स्तन क्यान्सर, ओभरी क्यान्सर, हाइ ब्लडप्रेसरजस्ता रोगको जोखिम नहुने उहाँको भनाइ छ । स्तनपान गराउँदा आमा र शिशु दुवैको आसनमा विशेष ध्यान दिन जरुरी रहेको पनि उहाँले बताउनुभयो । शिशुलाई जन्मिएदेखि छ महिनासम्म आमाको दूधबाहेक पानीको आवश्यकता नपर्ने उहाँको भनाइ छ । बच्चाको शारीरिक विकासका लागि सकेसम्म आमाको दूध खुवाउनुपर्ने बताउँदै उहाँले काममा जानुपरेमा आमाको दूध सङ्कलन गरेर राखेर भए पनि खुवाउन सकिने बताउनुभयो ।

अहिले शल्यक्रियाबाट जन्मिएका बच्चालाई सुरुवातमा बजारको पाउडर दूध खुवाउनुपर्ने अवस्था रहेको जनाउँदै उहाँले यसको अन्त्य गर्न सके बच्चा र आमा दुवैको स्वास्थ्य राम्रो हुने बताउनुभयो । सरकारले हरेक वर्ष जनचेतनामूलक कार्यक्रम आयोजना गर्छ, तर पर्याप्त जानकारी पाएका सचेत आमाहरू नै नवजात शिशुलाई स्तनपान गराउँदैनन् । अर्काको देखासिखी, विभिन्न भ्रामक विज्ञापनको प्रभाव र आफ्नै अहम्ले गर्दा पनि जानीजानी शिक्षित मानिएका आमाहरू नै सन्तानको स्वास्थ्यमा ध्यान दिँदैनन् ।

नेपाल जनसाख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडीएचएस) २०२२ को प्रतिवेदनअनुसार दुई वर्षसम्म पूर्ण स्तनपान गराउने आमाको सङ्ख्या ५५ प्रतिशत छ । पछिल्ला वर्षमा यो सङ्ख्यामा तुलनात्मक रूपले ह्रास आइरहेको छ । कामकाजी महिलाहरू आफ्ना नवजात शिशुलाई कामको व्यस्तताले स्तनपान गराउन पाएका छैनन् । ग्रामीण भेगका आमाहरू स्तनपानको महत्व र पर्याप्त ज्ञानको अभावमा आफ्ना सन्तानको पूर्ण स्तनपानको अधिकार खोसिरहेका छन् । विश्वव्यापी रूपमा चासो, चिन्ता र सरोकारको विषय मानिएको स्तनपानको महत्व र गरिमालाई पछिल्लो समय शिक्षित पुस्ताले नै ओझेलमा पार्दै गइरहेका छन् ।

सरकारी कार्यालयमा छैनन् स्तनपान कक्ष

तानसेनस्थित जिल्ला प्रशासन कार्यालय पाल्पा अत्यधिक सेवाग्राहीको भीड हुने कार्यालयमा पर्दछ । मङ्गलबार पनि नागरिकता बनाउन आउने र राहदानीको फोटो र फाराम भर्नेको लाइन छिचोल्न मुस्किलजस्तै थियो । त्यही भीडमध्ये काखे नानी च्यापेर गोलघरमा मङ्गलबार पालो पर्खने आमाहरू पनि हुनुहुन्थ्यो । बाहिर पानी परिरहेको थियो, काखमा निदाइरहेका नानीलाई सम्हाल्न मुस्किल देखिन्थ्यो । उहाँहरूलाई स्तनपान कक्ष जिल्ला प्रशासन कार्यालयको भवनमा छ भन्ने जानकारी थिएन । कार्यालय परिसरमा स्तनपान कक्ष स्थापना गरिएको भए पनि सेवाग्राहीले सहजै देख्न सक्ने ठाउँमा नहुँदा प्रयोगविहीनजस्तै छ ।

यहाँका चार पालिका अझै स्तनपान कक्षविहीन छन् । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ मा हरेक सार्वजनिक निकायमा अनिवार्य स्तनपान कक्षको व्यवस्था उल्लेख भए पनि अहिलेसम्म जिल्लाका चारवटा पालिकाले स्तनपान कक्ष स्थापना गर्न सकेका छैनन् । जिल्लाका १० वटा पालिकामध्ये निस्दी गाउँपालिका, पूर्वखोला गाउँपालिका, रिब्दीकोट गाउँपालिका, रैनादेवी छहरा गाउँपालिकामा स्तनपान कक्ष स्थापना गरिएको छैन । ती पालिकाले साँघुरा ठाउँका कारण स्तनपान कक्ष स्थापना गर्न नसकेको जनाएका छन् ।

निस्दी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रेमबहादुर दिशाले पालिकामा ठाउँ अभावका कारण सबै कर्मचारी कोचिएर काम गर्नुपर्ने अवस्था रहेकाले स्तनपान कक्ष स्थापना गर्न कोठाको अभाव रहेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “अहिले हामीले पोषणमैत्री वडा घोषणाको तयारी गरिहेका छौंँ । त्यसका लागि प्रत्येक वडाहरूमा स्तनपान कक्ष निर्माणको काम भइरहेको छ । अब छिट्टै पालिका भवनमा पनि जग्गाको व्यवस्था गरेर स्तनपान कक्ष स्थापना गर्ने योजना छ ।” उता पूर्वखोला गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत स्टार्फ नर्स चन्द्रा चलाउने पनि कोठाकै अभावमा स्तनपान कक्ष स्थापना गर्न नसकिएको बताउनुहुन्छ ।

यता रिब्दीकोट गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकाले पर्याप्त ठाउँ हुँदा पनि स्तनपान कक्ष निर्माणमा ध्यान दिएका छैनन् । यहाँ बनाएका केही पालिकामा भने व्यवस्थित छैनन् । रम्भा गाउँपालिकामा स्तनपानका लागि भनेर कक्ष स्थापना गरे पनि व्यवस्थित छैन । यहाँ पर्दाले बारेर राखिएको छ । कोठा अभावका कारण स्कुलको एउटा कोठालाई बारेर कक्ष स्थापना गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख शिवप्रसाद अर्यालले बताउनुभयो । माथागढी गाउँपालिकामा पनि सेवाग्राहीले सहजै देख्न र जान सक्ने अवस्थामा छैन । यहाँ साँघुरो कोठा र अँध्यारो भएकाले व्यवस्थित गर्न नसकिएको स्वास्थ्य शाखा प्रमुख केशव जिसीले बताउनुभयो ।

दूधेबालक च्यापेर हिँड्नुपर्ने बाध्यतामा रहेका महिला सेवाग्राहीलाई स्तनपान कक्षको व्यवस्था हुँदा निकै सहज हुने सेवाग्राही बताउँछन् । पालिकामा सेवा लिन जाँदा खुला स्थानमा असहज रूपमा स्तनपान गराउनुपर्ने बाध्यता रहेको रिब्दीकोट सिरुखर्ककी शान्ता बरालले बताउनुभयो । यहाँका तानसेन नगरपालिका, रामपुर नगरपालिका, तिनाउ गाउँपालिका, बगनासकाली गाउँपालिका, माथागढी गाउँपालिका र रम्भा गाउँपालिकाले मात्रै स्तनपान कक्ष स्थापना गरेका छन् ।

सरकारी कार्यालयमा सेवा लिन आउँदा काखेनानी लिएर आउने महिलाले दूध खुवाउन सहजताका लागि स्तनपान कक्ष निर्माण गर्नुपर्ने ऐन जारी भएको छ । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ अनुसार सरकारी, गैरसरकारी, वा निजी सङ्घसंस्थाले कार्यालयमा कार्यरत महिलालाई शिशु जन्मेको दुई वर्षसम्म कार्यालय समयमा आमाको दूध खुवाउनका लागि पनि स्तनपान कक्षको व्यवस्था गर्नुपर्ने ऐनमा स्पष्ट व्यवस्था छ तर पाल्पामा सेवाग्राहीको भीडभाड हुने सार्वजनिकस्थलमा स्तनपान कक्षको स्थापना गरेर स्तनपानलाई संरक्षण तथा संवद्र्धन गर्ने काम भएको देखिँदैन । रासस

बुधबार, भदौ ०४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.