दमौली । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा विद्युतीय चिकित्सा प्रणाली (इएमआर)को शुभारम्भ गर्नुभएको छ। अस्पतालमा आज आयोजित कार्यक्रममा उहाँले यो सेवा आरम्भ गर्नुभएको हो
विश्व स्वास्थ्य सङ्गठनले रु २५ लाख २६ हजार बराबरको उपकरण जडानसँगै सेवा सुरु भएको हो। दक्षिण एसियाको उत्कृष्ट श्वासप्रश्वास उपचार केन्द्रका रूपमा स्थापना गर्न सरकारले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका नाममा केन्द्र स्थापना गरेको हो। केन्द्रलाई शुक्लागण्डकी नगरपालिकाको बेलचौतारामा सात सय ४० रोपनी जग्गा प्राप्त भएको छ।
