• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

विराट शिक्षण अस्पतालमा सेवा विस्तार

  •  बुधबार, भदौ ११, २०८२ मा प्रकाशित

विराटनगर । मोरङको बूढीगङ्गा गाउँपालिका–२ स्थित विराट मेडिकल कलेज एवं शिक्षण अस्पतालले पूर्वी नेपालको स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण स्थान हासिल गरेसँगै आफ्ना सेवा विस्तार गरेको छ । अस्पतालले हालैमात्र स्त्री तथा प्रसूति सेवाका लागि दुई सय श्ययाको अत्याधुनिक भवन सञ्चालनमा ल्याएर सेवा विस्तार गरेको हो ।

मुलुकको अत्याधुनिक ल्याप्रोस्कोपिक (दुरविनको माध्यमबाट पेट नचिरिकन सानो सानो प्वाल बनाएर गरिने शल्यक्रिया) स्त्री तथा प्रसूति केन्द्रका रूपमा रहेको यस अस्पतालमा ‘अप्रेसन थिएटर’को सङ्ख्या २४ पुगेको छ ।

यसअघि विभिन्न शल्यक्रियाका लागि १९ वटा अप्रेसन थिएटर सञ्चालनमा रहेका अस्पतालका अध्यक्ष एवं प्रा डा ज्ञानेन्द्र मानसिंह कार्कीले बताउनुभयो । उहाँका अनुसार थप सेवा विस्तारसँगै स्त्री तथा प्रसूति सेवाका लागि पाँच वटा अत्याधुनिक शल्यक्रिया कक्ष, दुई सय श्यया क्षमताको वार्ड, ३० श्ययाको डिलक्स क्याबिन, छुट्टै गाइनो आइसियुलगायत विशिष्ट सुविधा थप गरिएको छ ।

सेवा विस्तार भएसँगै कोशी प्रदेश र आसपासका क्षेत्रका महिलाहरूका लागि गुणस्तरीय र सहज स्वास्थ्य सेवामा पहुँच बढाउने अपेक्षा गरिएको छ । सन् २०१४ मा स्थापना भएको विराट मेडिकल कलेज एवं शिक्षण अस्पताल छोटो समयमा प्रदेशको अग्रणी स्वास्थ्य संस्थाका रूपमा स्थापित भएको छ ।

स्त्री तथा प्रसूतिजस्तो संवेदनशील सेवालाई थप प्रभावकारी र व्यवस्थित बनाउन सम्पूर्ण अस्पताल समर्पित रहेको बताउँदै प्राडा कार्कीले भवन र अत्याधुनिक उपकरणसहितको सेवा विस्तारले गुणस्तरीय स्वास्थ्य उपचार उपलब्ध गराउने विश्वास व्यक्त गर्नुभयो । उहाँले यस कदमले महिला बिरामीहरूलाई अझै उत्कृष्ट र सुरक्षित उपचार प्रदान गर्न मद्दत पुग्ने बताउनुभयो ।

“अस्पतालमा एक सय श्यया क्षमताको इमर्जेन्सी विभाग सञ्चालनमा छ, जसमा स्त्री तथा प्रसूति आपत्कालीन सेवा पनि समावेश छ । यसका साथै, अस्पताल नेपालकै अत्याधुनिक ल्याप्रोस्कोपिक स्त्री तथा प्रसूति केन्द्रका रूपमा पनि परिचित छ । हाल अस्पतालमा २० जनाभन्दा बढी विशेषज्ञ स्त्री रोग तथा प्रसूति चिकित्सकको टोलीले सेवा प्रदान गर्दै आएका छन्, जसले बिरामीलाई २४ सैँ घण्टा विशेषज्ञ सेवा सुनिश्चित गरेको छ”, कार्कीले भन्नुभयो ।

अस्पतालका अध्यक्ष प्रा डा कार्कीले सरकारले लामो समयपछि मेडिकल कलेजहरूमा एमबिबीएस कोटा बढाउने निर्णय गरेर स्वास्थ्य क्षेत्रमा सकारात्मक सन्देश दिएकामा खुसी व्यक्त गर्नुभयो । उहाँले यसलाई १० वर्षपछिको ‘आइस ब्रेक’ को संज्ञा दिँदै भन्नुभयो, “निजी क्षेत्रले स्वास्थ्य क्षेत्रमा ठूलो लगानी र पूर्वाधार निर्माण गरेर फड्को मारेका छन् । राज्यले १० वर्षअघि गर्नुपर्ने कोटा वृद्धिको निर्णय अहिले गरेको छ, यो अत्यन्तै स्वागतयोग्य पक्ष हो । यस निर्णयले देशमा आवश्यक दक्ष जनशक्ति उत्पादनमा मद्दत पुग्नेछ ।”

अस्पतालले बिरामीका आफन्त, चिकित्सक र कर्मचारीहरूको सुविधालाई ध्यानमा राख्दै आधुनिक र सुविधा सम्पन्न ‘विराट क्याफे’ पनि सञ्चालनमा ल्याएको छ । अस्पताल भवनको तल्लो तलामा सञ्चालित यो क्याफेटेरियाले सबैलाई सहज र स्वच्छ खाजा तथा खानाको सुविधा प्रदान गरिरहेको छ । रासस

बुधबार, भदौ ११, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.