• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १४ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १५ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १७ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १७ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १८ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १८ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १९ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • २० घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • २० घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

विराट शिक्षण अस्पतालमा सेवा विस्तार

  •  बुधबार, भदौ ११, २०८२ मा प्रकाशित

विराटनगर । मोरङको बूढीगङ्गा गाउँपालिका–२ स्थित विराट मेडिकल कलेज एवं शिक्षण अस्पतालले पूर्वी नेपालको स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण स्थान हासिल गरेसँगै आफ्ना सेवा विस्तार गरेको छ । अस्पतालले हालैमात्र स्त्री तथा प्रसूति सेवाका लागि दुई सय श्ययाको अत्याधुनिक भवन सञ्चालनमा ल्याएर सेवा विस्तार गरेको हो ।

मुलुकको अत्याधुनिक ल्याप्रोस्कोपिक (दुरविनको माध्यमबाट पेट नचिरिकन सानो सानो प्वाल बनाएर गरिने शल्यक्रिया) स्त्री तथा प्रसूति केन्द्रका रूपमा रहेको यस अस्पतालमा ‘अप्रेसन थिएटर’को सङ्ख्या २४ पुगेको छ ।

यसअघि विभिन्न शल्यक्रियाका लागि १९ वटा अप्रेसन थिएटर सञ्चालनमा रहेका अस्पतालका अध्यक्ष एवं प्रा डा ज्ञानेन्द्र मानसिंह कार्कीले बताउनुभयो । उहाँका अनुसार थप सेवा विस्तारसँगै स्त्री तथा प्रसूति सेवाका लागि पाँच वटा अत्याधुनिक शल्यक्रिया कक्ष, दुई सय श्यया क्षमताको वार्ड, ३० श्ययाको डिलक्स क्याबिन, छुट्टै गाइनो आइसियुलगायत विशिष्ट सुविधा थप गरिएको छ ।

सेवा विस्तार भएसँगै कोशी प्रदेश र आसपासका क्षेत्रका महिलाहरूका लागि गुणस्तरीय र सहज स्वास्थ्य सेवामा पहुँच बढाउने अपेक्षा गरिएको छ । सन् २०१४ मा स्थापना भएको विराट मेडिकल कलेज एवं शिक्षण अस्पताल छोटो समयमा प्रदेशको अग्रणी स्वास्थ्य संस्थाका रूपमा स्थापित भएको छ ।

स्त्री तथा प्रसूतिजस्तो संवेदनशील सेवालाई थप प्रभावकारी र व्यवस्थित बनाउन सम्पूर्ण अस्पताल समर्पित रहेको बताउँदै प्राडा कार्कीले भवन र अत्याधुनिक उपकरणसहितको सेवा विस्तारले गुणस्तरीय स्वास्थ्य उपचार उपलब्ध गराउने विश्वास व्यक्त गर्नुभयो । उहाँले यस कदमले महिला बिरामीहरूलाई अझै उत्कृष्ट र सुरक्षित उपचार प्रदान गर्न मद्दत पुग्ने बताउनुभयो ।

“अस्पतालमा एक सय श्यया क्षमताको इमर्जेन्सी विभाग सञ्चालनमा छ, जसमा स्त्री तथा प्रसूति आपत्कालीन सेवा पनि समावेश छ । यसका साथै, अस्पताल नेपालकै अत्याधुनिक ल्याप्रोस्कोपिक स्त्री तथा प्रसूति केन्द्रका रूपमा पनि परिचित छ । हाल अस्पतालमा २० जनाभन्दा बढी विशेषज्ञ स्त्री रोग तथा प्रसूति चिकित्सकको टोलीले सेवा प्रदान गर्दै आएका छन्, जसले बिरामीलाई २४ सैँ घण्टा विशेषज्ञ सेवा सुनिश्चित गरेको छ”, कार्कीले भन्नुभयो ।

अस्पतालका अध्यक्ष प्रा डा कार्कीले सरकारले लामो समयपछि मेडिकल कलेजहरूमा एमबिबीएस कोटा बढाउने निर्णय गरेर स्वास्थ्य क्षेत्रमा सकारात्मक सन्देश दिएकामा खुसी व्यक्त गर्नुभयो । उहाँले यसलाई १० वर्षपछिको ‘आइस ब्रेक’ को संज्ञा दिँदै भन्नुभयो, “निजी क्षेत्रले स्वास्थ्य क्षेत्रमा ठूलो लगानी र पूर्वाधार निर्माण गरेर फड्को मारेका छन् । राज्यले १० वर्षअघि गर्नुपर्ने कोटा वृद्धिको निर्णय अहिले गरेको छ, यो अत्यन्तै स्वागतयोग्य पक्ष हो । यस निर्णयले देशमा आवश्यक दक्ष जनशक्ति उत्पादनमा मद्दत पुग्नेछ ।”

अस्पतालले बिरामीका आफन्त, चिकित्सक र कर्मचारीहरूको सुविधालाई ध्यानमा राख्दै आधुनिक र सुविधा सम्पन्न ‘विराट क्याफे’ पनि सञ्चालनमा ल्याएको छ । अस्पताल भवनको तल्लो तलामा सञ्चालित यो क्याफेटेरियाले सबैलाई सहज र स्वच्छ खाजा तथा खानाको सुविधा प्रदान गरिरहेको छ । रासस

बुधबार, भदौ ११, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.