वीरगञ्ज । पर्सामा जापानिज इन्सेफलाइटिसका दुई बिरामी देखापरेका छन्। वीरगञ्ज महानगर र ठोरी गाउँपालिकामा पोथी लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिसका एक–एक बिरामीमा भेटिएका हुन्।
स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले भन्नुभयो,“पोथी लामखुट्टेले पशुपक्षी घोडा,सुँगुर,बङ्गुर,हाँस आदिलाई टोकेर मानिसलाई टोक्यो भने मानिसमा जापानिज इन्सेफलाइटिस रोगको सङ्क्रमण देखापर्छ।”यो रोगको जिवाणुले मानिसको मस्तिष्कमा असर पु¥याउँछ। यो रोगको लक्षण देखापर्नासाथ बिरामीलाई जतिसक्दो चाँडो नजिकको अस्पताल वा स्वास्थ्य केन्द्रमा लगी उपचार गराउनुपर्ने हुन्छ।
