• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

फोहोरमैला व्यवस्थापन गर्न सहकार्य

  •  शनिबार, भदौ १४, २०८२ मा प्रकाशित

विराटनगर । कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा स्वास्थ्यमन्त्री भुपेन्द्र राईले फोहोरमैला व्यवस्थापनका लागि अब अत्याधुनिक प्रविधिको प्रयोग हुने जानकारी दिनुभएको छ।

शुक्रबार मोरङ र इलामका ६ स्थानीयतहसँग मन्त्रालयले गरेको रणनीतिक साझेदारी सम्झौता कार्यक्रममा उहाँले फोहोर व्यवस्थापनलाई आधुनिक प्रविधिसहित दीर्घकालीन समाधानतर्फ अघि बढाइने जानकारी दिनुभयो । मन्त्री राईले भन्नुभयो, “प्रदेश सरकार केवल अनुदान दिने मात्र होइन, व्यवस्थापनलाई टेवा पुग्ने प्रविधि र उपकरण पनि उपलब्ध गराउँछ ।”

उहाँले यो रणनीतिक साझेदारी सम्झौता नेपालको लागि नौलो र नमूना कार्यक्रम रहेको बताउदै जवसम्म प्रत्येक गाउँ र नगरपालिका स्वस्थ्य र सम्मुनत बन्दैन तबसम्म प्रदेश सम्मुनत नहुने भएकाले सबैलाई अत्यन्त प्रतिबद्ध भएर काम गर्न आग्रहसमेत गर्नुभयो ।

सो अवसरमा भौतिक पूर्वाधार राज्यमन्त्री भूमीप्रसाद राजवंशीको उपस्थिति रहेको थियो । सम्झौतामा मोरङका रङ्गेली,सुनवर्षी, रङ्गेली नगरपालिका सहित धनपालथान र कानेपोखरी गाउँपालिका तथा इलामका सूर्योदय नगरपालिका र रोङ गाउँपालिकाका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतले हस्ताक्षर गर्नुभएको हो ।

रणनीतिक साझेदारी कार्यक्रममा रङ्गेली नगरपालिकाका प्रमुख दिलीप बगडिया (अग्रवाल)ले सम्झौताअनुसार फोहोरमैला व्यवस्थापनमा खर्च हुने कूल रकमको ५० प्रतिशत मन्त्रालयले व्यहोर्ने बताउनुभयो । उहाँका अनुसार १२ करोड रुपैयाँ बराबरको योजना अघि बढाउने स्थानीय तहले बढीमा पाँच करोड रुपैयाँसम्म, र आठ करोड रुपैयाँसम्मको योजना अघि बढाउनेले चार करोड रुपैयाँसम्मको सहयोग पाउने व्यवस्था मिलाइएको छ ।

प्रदेश सरकारसँग सहकार्यमा सुरु गरिएको यो रणनीतिक साझेदारी नेपालकै पहिलो प्रयास भएको बताइएको छ । साझेदारीपछि फोहोरमैला व्यवस्थापनलाई व्यवस्थित, दिगो र प्रविधिमुखी बनाउन सहयोग पुग्ने प्रदेश सरकारको विश्वास छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार यस सम्झौताबाट प्रदेश र स्थानीय तहबीच सहकार्यमा दिगो फोहोरमैला व्यवस्थापन कार्यक्रम सञ्चालन हुने अपेक्षा गरिएको छ । सम्झौतापत्रमा वातावरणमैत्री प्रविधिको प्रयोग, स्रोतमै फोहोर छटाई, पुनःप्रयोग र प्रशोधन प्रवद्र्धन गर्ने विषयमा प्रदेश र स्थानीय तह सहमत भएका छन । यसले दीर्घकालीन रूपमा नगर तथा गाउँपालिकामा देखिँदै आएको फोहोर व्यवस्थापनको समस्या समाधान हुने विश्वास गरिएको छ । कार्यक्रममा प्रदेशका जनप्रतिनिधि, नगरप्रमुख, गाउँपालिका अध्यक्ष तथा सरोकारवालाको सहभागिता रहेको थियो ।

शनिबार, भदौ १४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.