• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

बर्दिबासमा क्षयरोगीको सङ्ख्या उच्च

  •  शुक्रबार, भदौ २०, २०८२ मा प्रकाशित

महोत्तरी । महोत्तरीको सुदूर उत्तरवर्ती बर्दिबास नगरपालिका क्षेत्रमा क्षयरोगीको सङ्ख्यामा वृद्धि भएको छ । पछिल्ला १३ महिना अवधिमा यस नगर क्षेत्रमा एक सय ४५ जना नयाँ क्षयरोगी पहिचान गरिएका छन् । यो २०८१ साउन १ गतेदेखि २०८२ साउन मसान्तसम्मको आँकडा हो ।

नगर कार्यपालिकाको कार्यालयको स्वास्थ्य शाखाले बस्तीबस्तीमा सञ्चालन गरेको जाँच अभियानमा यसपालि एक सय ४५ जना नयाँ क्षयरोगी पहिचान गरिएका हुन् । नगरपालिकाका १४ वटा वडामध्ये यो रोगले वडा नं ८ लाई बढी प्रभावित गरेको पाइएको स्वास्थ्य शाखाका प्रमुख तथा वरिष्ठ जनस्वास्थ्य निरीक्षक सुरेश पासवानले जानकारी दिनुभयो । वडा नं ८ को हाथीलेटका टोलबस्तीमा यसपालि २२ जना नयाँ क्षयरोगी पहिचान गरिएका नगर स्वास्थ्य शाखाले जनाएको छ ।

बर्दिबास नगरपालिका–७ र ११ मा गरी केही दिनअघिमात्र तीन जनाको मृत्यु भएपछि यहाँ सघन जाँच (स्क्रिनिङ) अभियान सुरु गरिएको हो । यसपालि सबैभन्दा बढी क्षयरोगी पहिचान गरिएको बर्दिबास–८ मा सञ्चालित शिविरमा अत्याधुनिक प्रविधिबाट नयाँ एक सय २३ जनाको खकार, रगत परीक्षण गरिएको छ । जसमा २८ जनामा क्षयरोगको सङ्क्रमण भएको हुनसक्ने स्वास्थ्यकर्मीले बताएका छन् । थप जाँचबाट यसको एकिन हुने नगर स्वास्थ्य शाखाले जनाएको छ । शङ्कास्पद २८ जनाको खकार, रगत जाँचका लागि प्राथमिक स्वास्थ्य केन्द्र गौशाला पठाइएको छ । शिविर बागमती सेवा समाज र नगर स्वास्थ्य शाखा बर्दिबासले संयुक्त रूपमा चलाएका हुन् ।

क्षयरोगी बढी पहिचान भएका हाथीलेटमा मगर, तामाङ जाति समुदायको सघन बसोबासका बस्ती छन् । यहाँ घरेलु मदिराको अत्यधिक सेवन, स्वास्थ्य सचेतनाको कमी र पौष्टिक आहारको अभावले क्षयरोगी बढेका हुनसक्ने स्वास्थ्यकर्मीको आकलन छ ।

सरकारले सन् २०५० सम्म मुलुकलाई क्षयरोगमुक्त बनाउने सङ्कल्प लिएको छ । पहिलेका क्षयरोगीको उपचार गर्दै जाँदा रोग निको भए पनि नयाँ थपिने सङ्ख्या डरलाग्दो देखिएपछि सरकारको सङ्कल्प पूरा गर्ने पक्ष झन् चुनौतीपूर्ण बनेको स्वास्थ्यकर्मी नै बताउँछन् । शिविरको आयोजनाले रोग पहिचान गर्न सहयोग पुगेको हुँदा उपचार समयमै पाउने स्थिति बन्नु भने सकारात्मक भएको यहाँका बुद्धिजीवीको मत छ । रासस

शुक्रबार, भदौ २०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.