• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १३ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १३ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १५ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १५ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १६ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १६ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १८ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १८ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १८ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

बर्दिबासमा क्षयरोगीको सङ्ख्या उच्च

  •  शुक्रबार, भदौ २०, २०८२ मा प्रकाशित

महोत्तरी । महोत्तरीको सुदूर उत्तरवर्ती बर्दिबास नगरपालिका क्षेत्रमा क्षयरोगीको सङ्ख्यामा वृद्धि भएको छ । पछिल्ला १३ महिना अवधिमा यस नगर क्षेत्रमा एक सय ४५ जना नयाँ क्षयरोगी पहिचान गरिएका छन् । यो २०८१ साउन १ गतेदेखि २०८२ साउन मसान्तसम्मको आँकडा हो ।

नगर कार्यपालिकाको कार्यालयको स्वास्थ्य शाखाले बस्तीबस्तीमा सञ्चालन गरेको जाँच अभियानमा यसपालि एक सय ४५ जना नयाँ क्षयरोगी पहिचान गरिएका हुन् । नगरपालिकाका १४ वटा वडामध्ये यो रोगले वडा नं ८ लाई बढी प्रभावित गरेको पाइएको स्वास्थ्य शाखाका प्रमुख तथा वरिष्ठ जनस्वास्थ्य निरीक्षक सुरेश पासवानले जानकारी दिनुभयो । वडा नं ८ को हाथीलेटका टोलबस्तीमा यसपालि २२ जना नयाँ क्षयरोगी पहिचान गरिएका नगर स्वास्थ्य शाखाले जनाएको छ ।

बर्दिबास नगरपालिका–७ र ११ मा गरी केही दिनअघिमात्र तीन जनाको मृत्यु भएपछि यहाँ सघन जाँच (स्क्रिनिङ) अभियान सुरु गरिएको हो । यसपालि सबैभन्दा बढी क्षयरोगी पहिचान गरिएको बर्दिबास–८ मा सञ्चालित शिविरमा अत्याधुनिक प्रविधिबाट नयाँ एक सय २३ जनाको खकार, रगत परीक्षण गरिएको छ । जसमा २८ जनामा क्षयरोगको सङ्क्रमण भएको हुनसक्ने स्वास्थ्यकर्मीले बताएका छन् । थप जाँचबाट यसको एकिन हुने नगर स्वास्थ्य शाखाले जनाएको छ । शङ्कास्पद २८ जनाको खकार, रगत जाँचका लागि प्राथमिक स्वास्थ्य केन्द्र गौशाला पठाइएको छ । शिविर बागमती सेवा समाज र नगर स्वास्थ्य शाखा बर्दिबासले संयुक्त रूपमा चलाएका हुन् ।

क्षयरोगी बढी पहिचान भएका हाथीलेटमा मगर, तामाङ जाति समुदायको सघन बसोबासका बस्ती छन् । यहाँ घरेलु मदिराको अत्यधिक सेवन, स्वास्थ्य सचेतनाको कमी र पौष्टिक आहारको अभावले क्षयरोगी बढेका हुनसक्ने स्वास्थ्यकर्मीको आकलन छ ।

सरकारले सन् २०५० सम्म मुलुकलाई क्षयरोगमुक्त बनाउने सङ्कल्प लिएको छ । पहिलेका क्षयरोगीको उपचार गर्दै जाँदा रोग निको भए पनि नयाँ थपिने सङ्ख्या डरलाग्दो देखिएपछि सरकारको सङ्कल्प पूरा गर्ने पक्ष झन् चुनौतीपूर्ण बनेको स्वास्थ्यकर्मी नै बताउँछन् । शिविरको आयोजनाले रोग पहिचान गर्न सहयोग पुगेको हुँदा उपचार समयमै पाउने स्थिति बन्नु भने सकारात्मक भएको यहाँका बुद्धिजीवीको मत छ । रासस

शुक्रबार, भदौ २०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.