• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

आँखा शिविरबाट ज्येष्ठ नागरिक लाभान्वित

  •  शनिबार, भदौ २१, २०८२ मा प्रकाशित

महोत्तरी । पछिल्ला पाँच÷छ वर्षदेखि मोतीविन्दुले आँखा ढाकेपछि भङ्गाहा–७ मेघनाथ गोरहन्नाका ७० वर्षीय रहमान नदाफलाई अब फेरि सक्रिय जीवनमा फर्किउँला भन्ने आस नै थिएन । हालै दाहिने आँखाको शल्यक्रिया गरेर मोतीविन्दु फालिएपछि भने नदाफलाई फेरि काममा फर्कने आस जागेको छ ।

“आँखाको ज्योति गुम्दा अरु केही स्वास्थ्य समस्या नहुँदा पनि घरमा बस्नु परेको थियो, अब त्यो जालो हट्यो, फेरि काममा जुट्नसक्छु भन्ने लागेको छ”, उहाँ भन्नुहुन्छ, “डाक्टरले अब आँखाको पट्टी खुलेपछि राम्ररी देख्न सक्नुहुन्छ भन्नुभएको छ ।”

नदाफ जस्तै भङ्गाहा–७ कै ७५ वर्षीया बहुरीदेवी चौधरी थारुलाई फेरि पहिले जस्तै संसार हेर्न पाइने आसले रोमाञ्चित बनाएको छ । शुक्रबारमात्र उहाँको मोतीविन्दुको शल्यक्रिया भएको छ । थारुकै छिमेकी ६५ वर्षीय हरि साह पनि शल्यक्रियापछि आँखामा लगाइएको पट्टी खोल्ने पर्खाइमा हुनुहुन्छ ।

हालै यहाँ मोतीविन्दु र आँखामा मासु पलाएर ज्योति गुमेकाहरूका लागि निःशुल्क शल्यक्रिया शिविर सञ्चालन भएको थियो । सगरमाथा चौधरी आँखा अस्पताल लहानले सञ्चालन गरेका आँखा उपचार केन्द्र बर्दिवास, आँखा तथा कान उपचार केन्द्र लालबन्दी (सर्लाही) र आँखा तथा कान उपचार केन्द्र महेन्द्रनगर (धनुषा) ले यो अवसर मिलाएका हुन् । शिविरमा ५०० जनाको आँखाको शल्यक्रिया गर्ने तयारी छ ।

“हामीले छ ठाउँमा आँखा जाँचका प्रारम्भिक शिविरमा मोतीविन्दु, आँखामा मासु पलाउने जस्ता समस्या भएका व्यक्तिहरूको पहिचान गरेर यही (आँखा उपचार केन्द्र बर्दिवास) शल्यक्रिया गर्दैछौँ”, केन्द्रका प्रमुख अरविन्द राय भन्नुहुन्छ,“गत सोमबारदेखि आँखाको प्रारम्भिक जाँच शिविर सञ्चालन भएका र गत बिहीबारदेखि शल्यक्रिया सुरु गरिएको छ । शुक्रबार साँझसम्म एक सय बढीको शल्यक्रिया सम्पन्न भइसकेको छ ।”

विभिन्न ठाउँमा सञ्चालित शिविरमा पहिचान गरिएका बिरामीलाई पालैपालो बर्दिबास ल्याएर शल्यक्रिया गर्न थालिएको छ ।

शनिबार, भदौ २१, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.