• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

भीमदत्त नगरपालिकामा प्रयोगशाला सञ्चालन

  •  सोमबार, भदौ ३०, २०८२ मा प्रकाशित

दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ स्थित सहरी स्वास्थ्य केन्द्रका प्रयोगशाला सेवा सञ्चालनमा आएपछि यहाँका स्थानीयलाई सामान्य उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता हटेको छ । गाउँकै स्वास्थ्य केन्द्रमा स्वास्थ्य परीक्षणसहितको सेवा पाएपछि यहाँका स्थानीयले सामान्य स्वास्थ्य परीक्षणका लागि महेन्द्रनगर सदरमुकाम जानुपर्ने बाध्यता अन्त्य भएको हो।

“गाउँमै प्रयोगशालासेवा सञ्चालन भएपछि हामीले सामान्य स्वास्थ्य परीक्षणका लागि महेन्द्रनगर बजार जानुपर्ने बाध्यताको अन्त्य भएको छ ।” भीमदत्त नगरपालिका–१६ का स्थानीय जयन्ती सामन्तले भन्नुभयो,“विरामी हुँदा धेरै स्वास्थ्य परीक्षण त यही हुन्छ यसले यहाँका स्थानीयलाई धेरै राहत भएको छ ।” सहरी स्वास्थ्य केन्द्रले मधुमेह, टाइफाइड, मलेरिया, खकार र पिसाबलगायत २९ प्रकारका रोगको परीक्षण गाउँमै उपलब्ध गराउँदै आएको छ । केन्द्रबाट ज्येष्ठ नागरिक र असहायलाई निःशुल्क सेवा समेत दिने गरिएको छ ।

गाउँ स्वास्थ्य केन्द्रमा प्रयोगशालासहितको स्वास्थ्यसेवा पाएपछि दीर्घ रोगी र ज्येष्ठ नागरिकलाई ठूलो राहत पुगेको यहाँका स्थानीय बताउँछन् । “वडामै स्वास्थ्य परीक्षण हुन थालेपछि यहाँका बिरामीले आठ किलोमिटर टाढा रहेको महाकाली प्रादेशिक अस्पताल जानुपर्ने बाध्यता हटेको छ ।” यहाँका स्थानीय मैनाबति चौधरीले भन्नुभयो–“बुढापाका र बालबालिकाका लागि एकदमै सहज भएको छ ।” विसं २०६८ मा स्थापना भएको स्वास्थ्य केन्द्रले स्थापनाको समय परिवार नियोजन र गर्भवती जाँच लगायतका आधारभूत सेवा प्रदान गर्दै आएको भए तापनि २०७२ सालमा बर्थिङ सेवा विस्तार गरेको थियो ।

विसं २०७९ मा प्रयोगशाला सेवा सञ्चालन गरेर विभिन्न रोगको परीक्षण तथा बिरामीलाई आवश्यक औषधि निःशुल्क उपलब्ध गराउन थालेको सहरी स्वास्थ्य केन्द्रका प्रमुख तोयराज भट्टले जानकारी दिनुभयो । “केन्द्रमा मधुमेह, टाइफाइड, मलेरिया, खकार र पिसाबलगायत २९ प्रकारका रोगको परीक्षण हुँदै आएको छ ।” उहाँले भन्नुभयो“हामीले २४ घण्टा सेवा दिइरहेका छौँ, यहाँका स्थानीयले सहज रुपमा स्वास्थ्य सेवा लिन सक्छन् ।” उहाँका अनुसार गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक र विपन्न अशहायहरुलाई केन्द्रबाट निःशुल्क सेवा प्रदान हुदै आएको छ ।

स्वास्थ्य केन्द्रमा दैनिक ४० देखि ५० जनासम्म यहाँ उपचारका लागि आउने गरेको उहाँले बताउनुभयो । केन्द्रलाई भीमदत्त नगरपालिकाले आवश्यक औषधि नियमित रूपमा उपलब्ध गराउँदै आएको छ ।

सोमबार, भदौ ३०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.