• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

अफगान सीमा नजिक पाकिस्तानी सेनाको कारवाहीमा ३१ तालिबान लडाकूको मृत्यु

  •  मङ्गलबार, भदौ ३१, २०८२ मा प्रकाशित

पाकिस्तानी सेनाले अफगानिस्तानसँगको सीमा नजिक दुई अलग कारबाहीमा ३१ जना स्थानीय तालिबान लडाकू मारिएको दाबी गरेको छ । हाल ती क्षेत्रमा तालिबानको उपस्थिति बढ्दो क्रममा रहेको अधिकारीहरूले बताएका छन् ।

यो कारबाही शनिबार भएको आक्रमणपछि भएको हो । शनिबार भएको आक्रमणमा पाकिस्तानी तालिबान (टिटिपी) ले दाबी गरेअनुसार छिमेकी जिल्लामा १२ जना सैनिक मारिएका थिए ।

सेनाले सोमबार ढिलो सार्वजनिक गरेको विज्ञप्तिमा सप्ताहन्तमा ३१ जना ‘ख्वारिज’ मारिएको जनाइएको छ । ‘ख्वारिज’ शब्द हाल अधिकारीहरूले टिटिपी लडाकूहरूलाई सम्बोधन गर्न प्रयोग गर्दै आएका छन् ।

विज्ञप्तिमा पाकिस्तानले भारतमाथि आतङ्कवादीहरूलाई सहयोग गरेको आरोप लगाएको छ । दुई आणविक शक्ति भएका छिमेकी मुलुकहरू पाकिस्तान र भारतले लामो समयदेखि एकअर्कालाई आतङ्कवादी समूहहरूलाई समर्थन गरेर अस्थिरता सिर्जना गरेको आरोप लगाउँदै आएका छन् ।

सेनाले उक्त क्षेत्रमा ‘भारतद्वारा प्रायोजित अन्य आतङ्कवादीहरूलाई समाप्त गर्न सफाइ अभियान सञ्चालन भइरहेको’ पनि जनाएको छ ।

सन् २०२१ मा अफगान तालिबान काबुलमा सत्तामा फर्किएपछि अफगान सीमा क्षेत्रमा आतङ्कवादी गतिविधि बढेको हो । सुरक्षा अधिकारीहरूका अनुसार पछिल्ला दुई महिनामा टिटिपी लडाकूहरूको उपस्थिति अझै बढेको छ ।

टिटिपी अफगान तालिबानबाट अलग भए पनि नजिकको सम्बन्ध राख्ने समूह हो । यसले पाकिस्तानभित्रै सुरक्षा बलहरू विरुद्ध आक्रमण गर्दै आएको छ ।

इस्लामाबादले अफगानिस्तानमाथि उसका आतङ्कवादीहरूले पाकिस्तानमा आक्रमण गर्न अफगान भूमिको प्रयोग गरेको आरोप लगाउँछ । तर काबुलका अधिकारीहरूले यस्तो आरोप अस्वीकार गर्दै आएका छन् ।

एएफपीको तथ्याङ्कअनुसार यस वर्ष मात्रै उत्तरपश्चिमी खैबर पख्तुनख्वा र दक्षिणी बलुचिस्तान प्रान्तमा सशस्त्र समूहका आक्रमणमा चार सय ६० भन्दा बढी मानिस मारिएका छन् ।

इस्लामाबादस्थित सेन्टर फर रिसर्च एन्ड सेक्युरिटी स्टडिजका अनुसार गत वर्ष लगभग एक दशकयताकै सबैभन्दा घातक सावित भएको थियो । त्यस वर्षमा मात्र एक हजार छ सयभन्दा बढी मानिस मारिए । त्यसमा आधाभन्दा धेरै सैनिक र प्रहरी अधिकारीहरू परेका थिए। रासस

मङ्गलबार, भदौ ३१, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.